Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भैरहवामा पुष्प वृक्षारोपण, सौन्दर्यकरण तथा ब्याडमिन्टन कोर्ट शुभारम्भ

प्रभातफेरी अनलाइन ६३८ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १९, मंगलबार (३ साल अघि)
भैरहवामा पुष्प वृक्षारोपण, सौन्दर्यकरण तथा ब्याडमिन्टन कोर्ट शुभारम्भ

उर्मिला यादव यात्री
भैरहवा । कान्दु वैश्य युवा सेवा समिती सिद्धार्थनगर भैरहवाले पुष्प वृक्षारोपण, सौन्दर्यकरण तथा ब्याडमिन्टन कोर्ट शुभारम्भ कार्यक्रम आज भैरहवामा सम्पन्न गरेको छ । कान्दु वैश्य युवा सेवा समिती सिद्धार्थनगरका अध्यक्ष मनोज कान्दुको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले कान्दु वैश्य सेवा समितीको बिकास र संरक्षणको लागी प्रदेशबाट बजेट छुटयाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । कान्दु वैश्य युवा सेवा समितीका युवाहरु नया सोचका साथ अघि बढेकोले एकताका साथ नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ । उहाले आफुले गर्न सक्ने हरेक सहयोगहरु गर्न तयार रहेको उल्लेख गर्नु भयो ।


यस्तै गरी कार्यक्रममा कान्दु वैश्य समाज लुम्बिनी प्रदेशका प्रमुख आनन्द प्रसाद गुप्ताले कान्दु वैश्य युवा सेवा समितीले नमुना काम गरेको बताउनु भएको छ । गुप्ताले समाजमा पछि परेका ब्यक्तिहरुलाई समेत समितीमा जोडेर लैजानुपर्ने आग्रह गर्नु भयो । उहाले कान्दु धर्मशालाको बिकास र संरक्षणको लागी पाच हजार रुपैया दिने घोषणा गर्नु भएको छ । उहाले यसरी सबै समितीका पदाधिकारीहरुलाई पनि सहयोग गर्न अनुरोध गर्दै कान्दु वैश्य सेवा समितिका पदाधिकारीहरु संगठित भए मात्रै सफलता हासिल गर्न सकिने जोड दिनु भयो ।
यस्तै गरी कान्दु वैश्य युवा समितीका निर्बतमान अध्यक्ष गौतम गुप्ताले युवा समितीले एकताको साथ काम गरेकोले एकदमै उदाहरणीय कार्य गरेको बताउनु भएको छ । उहाले मन्दिर अगाडी फुल रोप्नु धेरै महत्वपुर्ण कार्य भएको बताउदै ब्याडमिन्टन कोर्ट शुभारम्भले हरेक ब्यक्तिको स्वास्थ्यलाई फाइदा हुने र खेल क्षमताको बिकासमा मदत पुग्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।


वृक्षरोपण कार्यक्रम संयोजक मनोज कुमार बनियाको स्वागत मन्तब्य रहेको कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघ उपाध्यक्ष तथा युवा समितीका सल्लाहकार दिलिप कान्दु, श्रीराम जानकी हनुमान मन्दिर सेवा समितीका अध्यक्ष नरेन्द्र प्रसाद रौनियार , कान्दु वैश्य सेवा समितीका पुर्व अध्यक्ष श्रीराम गुप्ता, कान्दु वैश्य सेवा समितिका जिल्ला अध्यक्ष मदनलाल कान्दु लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन युवा समितिका महासचिव दुर्गा प्रसाद कान्दुले गर्नु भएको थियो ।
कान्दु वैश्य युवा सेवा समिती सिद्धार्थनगर रुपन्देहीको आयोजनामा पुष्प वृक्षारोपण, सौन्दर्यकरण तथा ब्याडमिन्टन कोर्ट शुभारम्भ कार्यक्रम युवा समितीका अध्यक्ष मनोज कुमार कान्दुको अध्यक्षता, वृक्षरोपण कार्यक्रम मनोज बनियाको संयोजकत्वमा तथा ब्याडमिन्टन कोर्ट निर्माण अजय बनियाको संयोजकत्वमा शुभारम्भ गरीएको हो । मन्दिरको सौन्र्दयीकरण तथा पुजापाठमा सहज हुने उदेश्यले मन्दिर वरीपरी बिभिन्न प्रकारमा पुष्प बृक्षहरु रोपण गरीएको छ । कार्यक्रममा मुल समितीका पदाधिकारी, सल्लाहकार, युवा समितीका पदाधिकारी, सल्लाहकार, पुर्व अध्यक्ष लगायत सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0