Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“मुहान हेर्न” फिनल्याण्डको टोली भागवतेमा

प्रभातफेरी अनलाइन ३२१ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १८, बुधबार (३ साल अघि)
“मुहान हेर्न” फिनल्याण्डको टोली भागवतेमा

काभ्रे । जमिनलाई रसिलो बनाइराख्न खनिएका ‘रिचार्ज पोखरी’ का कारण पलाएका पानीका श्रोत (मुहान) हेर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली नमोबुद्ध –२, भागवते आएको छ । नेपालका लागि फिनल्याण्डका राजदुत रिना रिका हेका, फिनल्याण्डको परराष्ट्र मन्त्रालयका दक्षिण एसिया युनिट निर्देशक फेको किल्युनेन लगायत २४ सदस्यीय टोलीले इसिमोड र सिप्रेडको सहयोगमा नमोबुद्ध नगरपालिकाले सञ्चालन गरेको मुहान संरक्षण कार्यक्रम अवलोकन गरेको हो ।
पानीका मुहान सुक्दै गएपछि नमोबुद्ध नगरपालिकाले सो क्षेत्रका विभिन्न १३ स्थानमा पोखरी खनेको थियो । आ.व २०७८÷७९ को भदौ–असोजमा खनिएका पोखरीका कारण जमिन रसाएर मुल फुटेका थिए । सोही मुहानहरुबाट पानी संकलन गरी टंयाकी निर्माण गरेर स्थानीय १२–१३ घरधुरीलाई खानेपानी खुवाइएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए । टंयाकीमा संकलन भएर बढी भएको पानी स्थानीयले सिंचाईको लागि प्रयोग समेत गरेका छन् । हिउँदमा भने पानी केही कम संकलन भएको नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिए । उनका अनुसार, सोही वडाका अन्य ३ स्थानमा पनि यस्ता रिचार्ज पोखरी खनिएका छन् ।
राजदुत हेका, निर्देशक किल्युनेन लगायत टोलीका सदस्यले कार्यक्रम लागूभएपनि स्थानीय समुदाय लाभान्वित भएको बिषय बारे जानकारी लिएका थिए । स्थनीय अस्बिनकुमार श्रेष्ठले भुकम्पपछि सुकेका पानीका श्रोत रिचार्ज पोखरी खनेपछि पुन रसाएको प्रतिकृया दिए । स्थानीय पूर्णमान लामाले सो प्रविधी प्रयोग गरेपछि सुकेको मुहान पनि रसाएको बताए । स्थानीय लमिन माया लामाले पहिला आकाशे पानीको भरमा खेती हुने भएपनि अहिले पानी जमाएर तरकारी खेती र पशुपालन समेत गरेको बताइन् ।
टोलीलाई धन्यवाद दिँदै नगर प्रमुख कुनसाङ लामाले सिमित श्रोत र साधनको कारण विकासका सबै क्षेत्रमा नगरले काम गर्न सक्ने अवस्था नभएको भन्दै सबै क्षेत्रको सहयोग र सहकार्यका साथ अघि बढ्न चाहेको बताए । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले यस्ता कार्यक्रमले वातावरण सन्तुलन कायम गर्दै उत्पादन र उत्पादकत्व बढाउन फलदायी भएको भन्दै नगरपालिका यस्ता योजना सञ्चालन गर्न थप उत्साहित भएको बताए ।
कार्यक्रममा नगर प्रवक्ता टिकाबहादुर केसी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, नमोबुद्ध ३ का वडा सदस्य रेशमबहादुर दाहाल, कृषि प्राविधिक सहायक नविन अधिकारी लगायतको उपस्थिती थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0