Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सङ्घर्षशील साधक ः महानन्द सापकोटा

प्रभातफेरी अनलाइन ५०६ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २६, बिहिबार (३ साल अघि)
सङ्घर्षशील साधक ः महानन्द सापकोटा

मोहन दुवाल

“अब साहित्य राजधानी वा नगरको पेवा भएर रहँदैन । गाउँ गाउँबाट लेखक–कवि, इतिहास र भाषाका विद्वान् र विविध विषयका विशेषज्ञहरुको धारो लाग्छ । नगरले ग्रामीणलाई हेप्ने र होच्याउने सामन्ती भावनाको निर्मूल हुन्छ । गाउँले सभ्यतामा भिज्न नसकेको नगरले ठालु हुने दिन गए । नेपाल बाहिर पनि दार्जीलिङ, सिक्किम, अरुणाञ्चल, आसाम, नागादेश, मणिपुर, मेघालय, देहरादून आदिबाट पुस्तक पत्रिकाहरु निस्कन लागेका छन्, कवि लेखकहरु देखिन लागेका छन् । ती सबै पत्रपत्रिकाको आयु लामो नहुन सक्छ । तर तिनीहरुले जुन भावनाको लहर चलाएर जान्छन् त्यो जनचेतनामा मडारिन थालेपछि छालमाथि छाल उर्लन थाल्छन् । जसका कारण जनजीवन आनन्द थै–थै गरेर नाच्न थाल्छ, बितेका युगको संस्मरण रहन्छ, आउने युगको आनन्द दिने दर्शन पाइन्छ अनि नेपाल बोल्छ, त्यस रमाइला युगको स्वागत गर्न सबैले हातेमालो गर्दै अघि सर्नु छ ।”


अब नेपाल बोल्छ लेखमा महानन्द सापकोटाले भाषा साहित्यको उद्घोष यसरी माथि उल्लेखित भएका शब्द शैलीमा २०२१ सालमा नै बोलेका हुन् । महानन्द गुरु राष्ट्रिय गौरवले ओतप्रोत चेतनाका धनी व्यक्तित्व थिए । नेपाली वाङ्मयका एउटा धरोहर, देशभक्त मनिषी, भाषाविद्, कर्मपुरुष, स्वाभिमानी लेखक आदि आदि विशेषणले व्याप्त नाम । कसैको परिभाषामा महान् महानन्द । नचिनेर पनि चिन्दै आएजस्तो नाम । सङ्गत गर्न नपाएर पनि आफ्नै नजिकको नातेदार जस्तो नाम । भाषा, साहित्य र शिक्षाका त्रिवेणी आँखा र मनमा राखेर आफूसक्दो गरेर मेचीकै माटोमा ऊर्जा रोप्दै कोशी भएर बागमतीसम्म मात्र होइन, टिष्टा, काँगडासम्म नै फिँजिएका नाम हुन् महानन्द सापकोटा । यिनको जन्म १९५३ वैशाख ३० गते देवानछाप, इलाममा पिता रामचन्द्र सापकोटा र माता सरस्वतीदेवीको कोखबाट भएको हो । नौ वर्षको छँदा यिनलाई पिताले छोडे । साधारण कृषक परिवारमा जन्मेका यिनको बाल्यकाल बाख्रा, गाई, भैंसीको गोठाला भई बिताएको देखिन्छ । परिस्थितिको विवशताले डो¥याएकै कारणले महानन्द र उनकी आमा आसामको जोरुहाटको गोरुमारा गाउँमा पुगे अर्थात् नेपालबाट बसाई सरे । आसाममा नै यिनले अक्षराम्भ गरे र १६ वर्षको उमेरमा मात्र यिनले एबीसीडी सिके ।
आसाममा कक्षा आठ पढ्दै गर्दा नै यिनले कविता लेख्न थालेका हुन् । पढ्ने मन र कविता लेख्ने उनको इच्छाले पनि यिनी दार्जीलिङ पुगे । त्यहीँ सरकारी हाइस्कुलमा आठौं कक्षामा यिनी भर्ती भए । धरणीधर कोइराला र हरिप्रसाद प्रधानको संरक्षकत्व प्राप्त गर्न सफल महानन्दको सार्वजनिक र साहित्यिक जीवन दार्जीलिङबाट नै शुभारम्भ भएको देखिन्छ । पछि पारसमणि प्रधान र सूर्यविक्रम ज्ञवाली जस्ता विद्वान् सर्जकहरुसँग पनि नजिक बस्न पाएकै कारणले नेपाली भाषा साहित्यको सेवामा यिनी संलग्न भएको देखिन्छ । सन्त ज्ञानदिलको पनि संगत पाए यिनले । कवि धरणीधर कोइराला यिनका विशेष प्रभाव परेको नाम हुन् । दार्जीलिङमा पढेर पनि यिनले प्रवेशिका परीक्षा दिन पाएनन् । धेरै दुःख खपेका महानन्दका यात्राहरु संघर्षमय छन् । २५–२६ वर्षसम्मको युवा जीवन आसाम, दार्जीलिङमा नै रहेर सङ्घर्षमा होमे ।
२८ वर्षको तन्नेरी भइसक्दा यिनी पराई देशका अनुभव मनमा सँगालेर स्वदेश फिर्ती भए । नेपालमा शिक्षा प्रचार गर्न पाए हुन्छ भन्ने भावना मनमा राखेर पछि यिनी विराटनगर पुगे । वि.सं. १९९४ सालको वैशाख ७ गतेदेखि धनकुटाको गोकुण्डेश्वर विद्यालयमा पढाउन थालेका यिनले धरानको विद्यालय बनाउने काममा सक्रिय हुँदै प्रजातन्त्रको पक्षमा र समाज सुधारको अभियानमा सक्रिय भएको देखिन्छ । जातभातको विरोधमा, बेवारिसे मृत्यु हुँदा संस्थापन गर्ने पक्षमा लागेर सामाजिक जागरण ल्याउने अभियानमा मात्र लागेनन् विद्यालय स्थापना गर्ने र शिक्षामा मान्छेहरुको ध्यान तान्ने क्रियाकलापमा लाग्दै निष्ठाको राजनीतिमा प्रजातान्त्रिक मन बोकेर त्यस क्षेत्रमा सक्रिय रहेकै कारणले २००७ सालको राजनीतिक परिवर्तनपछि उनी झापा इलाम सामयिक सरकारको शिक्षामन्त्री पनि भए । पछि यिनी राजनीतिक वातावरणमा सन्तुष्ट रहन सकेनन् र आत्मकथामा यिनले लेखे –“म राजनीतिदेखि अघाएँ ।” अनि भाषा, साहित्य, शिक्षा र समाजसेवामा मात्र यिनी मन फुकाएर लागेको देखिन्छ । नेपाली भाषा प्रचारक संघका संस्थापक कुलपति, करफोक विद्या मन्दिरका संस्थापकहरुमध्ये एक, पूर्वाञ्चलका शिक्षा प्रचारक रही यिनले सेवा पु¥याएको देखिन्छ । करफोकमा २००९ सालमा भएको बृहत् साहित्य सम्मेलनको आयोजना यिनकै सक्रियतामा भएको हो ।
महानन्द सापकोटाले प्रवासमा छँदा गोर्खा संचारमा कार्यरत रहेको देखिन्छ । नेपाल पुकार, हाम्रो मासिकको मात्र सम्पादन गरेनन् यिनले असमिया भाषाको चेतनाको सह–सम्पादनमा पनि सक्रिय रहे । त्याग, समर्पण, सेवा र भाषा साहित्यको सिर्जनामा यिनी निरन्तर लागेर आफ्नो व्यक्तित्वलाई भाषाशास्त्रीका रुपमा, कविको प्रवाहमा, असल शिक्षकको बिम्बमा, सक्षम सम्पादकको गौरवशाली नाममा, समाज सुधारका चेतनशील सूत्रधारमा परिणत गर्न यिनी सफल रहे । कट्टर राष्ट्रवाद यिनको सिद्धान्त बन्यो । क्रान्तिकारीपन यिनको स्वभाव बन्यो । समाजउन्मुख सुधारवादका यिनी हिमायती बने । प्रगतिवादका सचेतनता यिनको दृष्टि रह्यो । अन्धविश्वास र दुराचारले नेपालीको भविष्यमा अन्धकार छ्यापिदिन्छ भन्ने यिनको चेतनाले यिनी कवितामा यसरी बोल्न थाले ः
खाएर हुन्न लाएर हुन्न है बैनी हो
धर्म हो कर्म सत्य र निष्ठा पवित्र चित्तको
गहना लुगा लाएर ज्यादा शरीर सिंगारी
सन्तानलाई अब त कोही नपार भिखारी ।
पश्चिम जर्मनी र बेलायतसम्म पनि यात्राका क्रममा पुगेका यी कविले साहित्यका सम्बन्धमा आफ्नो दृष्टि यसरी पोखेका छन् –“साहित्यकार पनि नेता हो । सीमित संख्याका विद्वान्ले पनि परिश्रमसित बुझ्ने साहित्य आज जनताको लागि काम लाग्दैन । आफ्नो देशवासीहरुको बौद्धिक स्तरलाई विचार गरेर उनीहरुको आकांक्षालाई प्रतिबिम्बित गर्दै उनीहरुको भाषामा लेखिएको साहित्यको आज खाँचो छ ।
राष्ट्रवादविनाको अन्तर्राष्ट्रवाद हुँदैन भन्ने मान्यता राखेर साहित्यमा पनि अविछिन्न ढङ्गले समर्पित हुँदै आएका यिनका प्रकाशित पुस्तकहरुमा मनलहरी, आहुती, अपुङ्गो, विशाल नेपाल, अन्नु, आशा, आँसु, हाम्रो नेपाल, सुखको बाटो र नेपाल कस्तो हुनुपर्छ ?, आँटे, हाम्रो साहित्य (भाग १–५), ध्वनिको धन्दा, खस र खसभाषा, सरिशब्द, जनजिब्रो, चानचुन, हाम्रा क्रियान्वयी व्यञ्जना, नेपाली निर्वाचनको रुपरेखा, कीर्ति राना, सापकोटा निबन्धावली, पौराणिक कथा, आधुनिक प्रकाशमा फिँजाई हेर्दा, नेपाली शब्द परिचय, नेपाली धातु परिचय, नखाऊ, नेपाली व्याकरणमा प्रस्तावना आदि छन् । यी पुस्तकहरु झ्याउरे गीत, दार्शनिक कृति, गीतिकविता, चिन्तन, निबन्ध, भाषा विषयक कृतिका रुपमा वि.सं. १९८० देखि वि.सं. २०३४ सम्म प्रकाशित भएका देखिन्छन् । नेपाली शब्द निर्वाचन पुस्तकका लागि २०२७ सालमा नै मदन पुरस्कार प्राप्त गरेर आफ्नो साहित्यिक हैसियत देखाएका छन् । स्वाभिमानी संघर्षशील योद्धाको अवसान २०३५ साल असार १ गते ब्रेन ह्यामरेजबाट भएको देखिन्छ । सम्झना गर्न लायक नेपालका सपुत स्रष्टा महानन्द सापकोटा इतिहासमा सधैं बाँचिरहनेछन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0