Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जिल्ला प्रशासन कार्यालयको प्रयास सार्थक हुनेमा आशावादी छौं- प्र.जि.अ. पौडेल

प्रभातफेरी अनलाइन ९२७ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन ४, बिहिबार (३ साल अघि)
जिल्ला प्रशासन कार्यालयको प्रयास सार्थक हुनेमा आशावादी छौं- प्र.जि.अ. पौडेल

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेमा जिल्लाबासिले पाउने सेवामा देखिएको बेथितिको दीर्घकालीन समाधानका लागि टाइम काड र टोकन प्रणाली सार्थक हुने प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले पत्रकार सम्मेलनमा बताउनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले राहदानीलगायतका सेवा प्रवाहमा देखिएका समस्या समाधानका लागि ५ वटा अभियान सुरु गरेको जानकारी गराउनु भएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले केही दिन असुविधा जस्तो देखिए पनि दीर्घकालीन रुपमा राहदानी वितरणमा सहज हुने गरी कार्य प्रारम्भ गरिएको बताउनु भएको छ । बिहिबारदेखि राहदानी प्राप्त गर्न आउने सेवाग्राहीहरूका लागि टोकन प्रणाली सुरु गरिएको बताउँदै पौडेलले टाइम कार्ड र टोकन एकै पटक वितरण गरे पछि राहदानीका लागि फाराम भरिदिने कार्य पनि कार्यालय आफैले गरिदिने जानकारी दिनु भएको छ । यसले नागरिकहरूले अन्यत्र फाराम भर्दा लाग्ने अतिरिक्त शुल्क तथा प्रक्रियामा पनि सहज र सरलीकरण हुने उहाको भनाइ छ । हाल राहदानीको फाराम भर्दा फाराम भरे बापत सेवाग्राहीले २ सय देखि ५ सय रुपैयाँसम्म राहदानी भर्नेलाई बुझाउँदै आएकोमा अब भने त्यो अनावश्यक खर्च ब्यहोर्नु नपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा फोटो खिच्ने, राजश्व बुझाउने र अन्य प्रक्रिया झन्झटिलो हुने गरेकोमा अब प्रक्रियालाई सहज र सरल बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेले पहिलो पटक टाइम र टोकन एकै पटक वितरण गरेको हो । सेवामा सरलीकृत गर्ने उद्देश्यले राहदानीबाट सुरु भएको यो प्रक्रिया नागरिकता र राष्ट्रिय परिचयपत्रमा समेत लागु गरिने जनाइएको छ । राहदानीका लागि सेवाग्राहीले नागरिकता, विवाह गरेको अवस्थामा विवाह दर्ता, राष्ट्रिय परिचय पत्र खिचेको कागज तथा पुरानो राहदानी भए त्यसको सक्कलै र हराएको अवस्थामा त्यसको फोटोकपी सहितका कागजात पेश गर्नु पर्नेछ । प्रशासन कार्यालयका अनुसार टोकन र टाइम लिएको व्यक्ति घण्टौँ लाइनमा बस्नु पर्ने छैन । पहिलो दिन समय नपाएको अवस्थामा प्राप्त गरेको दिन र समयमा आएर आफ्नो कार्य गर्न सक्नेछ । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयले बिदाको दिनमा समेत कार्य गर्ने गरी योजना बनाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भएको छ । राष्ट्रिय वाणिज्य बैकको काउन्टर पनि बिदाको अवधिमा समेत खोल्ने गरी प्रशासन कार्यालयले व्यवस्था गरेको छ ।

अब बिदाको दिनमा पनि जिल्ला प्रशासन कार्यालय काभ्रे ले सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको हुँदा जिल्लबासिले सम्यमित भएर सेवा लिन आग्रह समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0