Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सिमसार क्षेत्र बनाउँदै वर्दघाट नगरपालिका

प्रभातफेरी अनलाइन ८०० पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन १८, बिहिबार (३ साल अघि)
सिमसार क्षेत्र बनाउँदै वर्दघाट नगरपालिका

टीकाराम गैरे
नवलपरासी । जिल्लाका अधिकाँस स्थानिय तहले सिमसार पोखरीहरु पुर्ने र पुर्वाधार बनाउने तर्फ केन्द्रित भए पनि जिल्लाको वर्दघाट नगरपालिकाले सिमसार बन्ने स्थानलाई सिमसार बनाउनमा लागेको छ । सिमसारको महत्व सम्झदै विगत बर्ष देखी नै बन जंगल होस वा सार्वजनिक स्थल यदि पानी जम्ने स्थानलाई सिमसारको रुपमा विकास गर्दै लैजाने कार्यलाई निरन्तरता दिदै आएको हो ।
सिमसारको जलचक्र र जैविक विबिधता मात्र नभई मावन जिवनलाई पनि सहज बनाउने उदेश्य राखी सिमासार बनाउने र संरक्षणमा नगरपालिकाले चाँसो देखाउदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पहिलो कार्यकालका तत्कालिन नगरप्रमुख धिरज शर्मा बस्यालकै बेला देखी सिमसारलाई महत्वका साथ नगरपालिकाले संरक्षण ब्यवस्थापनमा काम गर्दै आएको छ । सो सिमसार ब्यवस्थापनमा अहिले पनि नगरपालिकाले निरन्तरता दिदै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । सिमसार संरक्षण कार्यले प्रत्यक्ष फाईदा कम भए पनि परोक्ष रुपमा मानिसको जिवनमा ठूलो योगदान पुर्याउदै आएको उनले बताए । सिमसार संरक्षण,ब्यवस्थापन र बनाउने संक्ने स्थानमा थप सिमसारको विस्तार कार्य वर्दघाट नगरपालिकाले गर्दै आएको छ,उनले भने,यस्तो कार्य अन्य नगरपालिका र गाउपालिकाले समेत गर्दै लैजानु पर्छ ।
सिमासारसँग मानिसको मात्र जिवन जोडिएको हुदैन,उनले थपे,पृथ्वीका हरेक प्राणीको जिवनसँग यसले सरोकार राख्छ । सिमासर एक आफैमा सम्पदा हो,यसको संरक्षण,विस्तार अति आवश्यक छ । उनका अनुसार अहिले धेरै सामुदायिक बन भित्र सिमासर बन्ने आधार देखिए त्यसलाई सिमसारको रुपमा विकास गर्नका लागि नगरपालिकाले प्रोत्साहित गर्दै आएको छ । केही सामुदायिक बन आफै पनि सिमसार बनाउदै आएका छन् । यसको प्रत्यक्ष उदाहरण समान्य खाल्टो भएको स्थानलाई पारिजात सामुदायिक बन समुहले पारिजात सिमसारको रुपमा विकास थालेको छ । त्यसै गरि चिसापानी सामुदायिक बनले पनि सिमसार बनाउदै आएको छ । वर्दघाट नगरपालिका भित्रै संसारकोट बाउन्नघोल सिमसारको रुपमा विकास गरेकोछ । यसले बन्यजन्तुलाई पिउने पानीको स्रोत बनेको छ । पिउने पानी बन जंगल भित्र भए पछि बन क्षेत्रमा बन्यजन्तुको संख्या पनि वृद्धि गर्दै गएको छ । सिमसारमा जम्मा हुने पानी भन्दा बढि सतहमा पानी जम्मा हुदा नहरको संरचना बनाई सिचाईका लागि पनि नगरपालिकाले जलको सदुपयोग गर्ने गरेको छ ।
यिनै सिमसारलाई आधार बनाई हाल नगरपालिकाले ‘खुल्ला चिडियाघर’को अवधारणा समेत अगाडी सारेको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जनाए । उनका अनुसार नगरपालिकाको पुर्वपश्चिम महेन्द्र लोकमार्ग देखी उत्तर तर्फको सामुदायिक बन क्षेत्र रहेको छ । उतm बन क्षेत्र पुर्व पश्चिम चार किलोमिटर र उत्तर दक्षिण ५ सय मिटर देखी ३ किलोमिटरसम्म फैलिएको छ । महेन्द्र राजमार्ग देखी ३ सय मिटर देखी ५ सय मिटर उत्तर तर्फ रहेको छ । वर्तमान अवस्थामा चिसापानी क्षेत्रमा ४ घिा ४ कट्ठामा पानी रहेको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट बन्यजन्तुलाई पानी खुवाउनका लागि पोखरीको निर्माण गरिएको तर सुदृणिकरण गर्न बाकी नै रहेको उनले बताए ।
पुर्वाधार विकासले तत्काल केही समयका लागि फाइदा पुर्याए पनि सिमसारले पुस्तौ पुस्तालाई फाईदा पुर्याउछ । भौतिक पुर्वाधारले मरुभुमिकरणको वृद्धि गराउछ । जलवायु परिवर्तनमा प्रतिकुल असर पार्छ । जैविक विविधतालाई ह्रास गर्छ । तर सिमसार संरक्षण र विस्तारले जलबायु अनुकुलनमा मद्दा पुर्याउछ । बर्षेनी बढदै जाने पृथ्वीको तापक्रमलाई नियन्त्रण र अनुकुलनमा मद्द पुर्याउछ । सिमासर ब्यवस्थापन कार्यमा नगरपालिकासँगै स्थानियबासी,सामुदायिक बन उपभोतmाले पनि चाँसो लिएर काम गर्दै आएको नगरपालिकाका इन्जिनियर किसोर चौधरीले बताए । तर सिमसार ब्यवस्थापन गर्दा पक्कि संरचना बनाएर उपयोग गर्नु भन्दा जैविक संरचनालाई प्राथमिकतामा राखे अझै उपयुतm र प्रभावकारी हुदै जाने उनको भनाई थियो । पानीको बहार रोकेर पानी जम्मा गर्दा बनाईने पर्खाल,बाँधमा ढुगाँको पर्खालमा सिमेन्टको प्रयोग भन्दा माटोबाटै जोड्ने,काठ बाँसको प्रयोग गरि अझै जैविक विविधताले स्थान पाउने उनले बताए ।
नेपालको संविधान २०७२ ले तीन तहका सरकारबाट सिमसार क्षेत्रको बुद्धिमानी र उचित उपयोगको परिकल्पना गरेको छ । यस सन्दर्भमा, जलस्रोत संरक्षण र बहुउपयोग नीति र मानक तथा सिमसार क्षेत्र, कार्बन सेवा तयार गर्ने अधिकार संघीय सरकारलाई छ । खानेपानी प्रयोग र जैविक विविधता अख्तियार प्रदेशलाई दिइएको छ । संघ र प्रदेशको समवर्ती सूची अन्तरराज्यीय पानीको उपयोग, खानेपानी, सीमा नदी, नदी मार्ग हो। जलाधार, खानेपानी र साना जलविद्युत, जैविक विविधता स्थानीय सरकारको मातहतमा छन् । संघ, प्रदेश र स्थानीय सरकारबीचको साझा सूचीमा विद्युत, खानेपानी, सिँचाइ, पानीको उपयोग र जैविक विविधता समावेश छ । नेपाल सरकारले सिमसार संरक्षणका लागि थुप्रै कानुनी र नीतिगत व्यवस्था बनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0