Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जहाँ विचारको मन्थन हुन्छ, त्यहाँ संगठन मजबुत हुन्छः महासचिव गुरुङ

प्रभातफेरी अनलाइन ५८५ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन ३०, मंगलबार (३ साल अघि)
जहाँ विचारको मन्थन हुन्छ, त्यहाँ संगठन मजबुत हुन्छः महासचिव गुरुङ

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), काभ्रेको संगठन तथा जनसम्वन्ध सुदृढीकरण अभियान एवं जननिर्वाचित सांसदहरुलाई सम्मानका लागि आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन गर्न काभ्रेको धुलिखेल आइपुग्नुभएका नेकपा माओवादी पार्टी महासचिव देब गुरुङले जहाँ विचारको मन्थन हुन्छ, त्यहाँ संगठन सुदृढ र मजबुत हुने बताउनुभएको छ ।
पार्टीमा दुई लाइन संघर्ष नौलो नभएको चर्चा गर्नु हुँदै त्यस्ता संघर्षले पार्टीमा उर्जा दिन्छ तर नेपालमा त्यो संस्कारको विकास हुन नसक्नु आफैंमा दुर्भाग्य भएको नेता गुरुङको दाबी छ । एजेण्डामा बहस हुनु अत्यन्तै राम्रो हो जसले पार्टीलाई मजबुत बनाउँछ । विचारमा बहस चलाउन पर्छ । यो नै कम्युनिष्टहरुको महत्वपूर्ण पक्ष हो । जसले संगठन सुदृढीकरणका लागि अनुकरणीय भूमिका निर्वाह गर्दछ । निःस्वार्थ भावले सेवा पु¥याउन सक्नु नै कम्युनिष्ट कार्यकर्ताको पहिचान हो । आज त्यस किसिमका योगदान दिने कार्यकर्ता पाउनै मुस्किल हुँदै गएको छ । तसर्थ संगठनलाई चुस्त, दुरुस्त बनाउने हो भने निःस्वार्थ भावनाले संगठनप्रतिको जिम्मेवारी पूरा गर्नु नै आम कार्यकर्ताहरुको दायित्व रहन्छ भन्नुहुँदै आफ्नो ४८ मिनेटको सम्बोधनमा अधिकांश समय राष्ट्रिय राजनीति र संगठन सुदृढीकरणमा कार्यकर्ताको भूमिकालाई लिएर प्रशिक्षण दिनुभएको थियो ।


अहिले राजनीतिक घटनातर्फ इंकित गर्दै नेता गुरुङको टिप्पणी छ– आज मुलुक अत्यन्तै संक्रमणकालिन अवस्थामा छ । बहुराष्ट्रिय कम्पनीको हित विपरित कुनै पनि निकायमा काम गर्न सक्ने अवस्था छैन । आज मुलुकमा पैसाको हाहाकार किन भएको छ ? भन्ने सवालमा सूक्ष्म ढंगबाट अध्ययन गर्न जरुरी छ । नेपालको सम्पूर्ण स्रोतहरु बहुराष्ट्रिय कम्पनीहरुले कब्जा गरेका छन् । जसका कारण आज मुलुक आर्थिक संकटको चरम उत्कर्षमा पुगेको छ । यसतर्फ बौद्धिक पक्षले चासो दिएको छैन । कलम चलाउनेहरुले कलम चलाइरहेका छैनन्, सामाजिक सञ्जाल भ्रमको खेतीमा व्यस्त छ । अनगिन्ती समस्याहरुको खाडलबाट सरकार चलाउन त्यति सहज छैन । त्यसैले यो मुलुकलाई उन्मुक्ति दिने हो भने साम्राज्यवाद र बहुराष्ट्रिय कम्पनीका सर्तहरु अस्वीकार गर्नसक्नु पर्छ । तब मात्र मुलुकले मार्ग प्रशस्त गर्नसक्छ भन्नुहुँदै नेता गुरुङ थप्नुहुन्छ– जनतासँगको सम्बन्ध सुदृढ गर्न र पार्टी भित्र सुद्धिकरण गर्नका लागि अभियान सञ्चालन गरेको बताउँदै अभियानमा स्वयंसेवक भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । अध्यक्ष प्रचण्ड विरुद्ध लगाएको मुद्दा परिवर्तन विरोधी र प्रतिगामीहरुको हर्कत बताउँदै यसको विरुद्धमा सबै माओवादीहरु एक ढिक्का भएर अहिलेको समस्या र चुनौतीसँग प्रतिवाद गर्न आवश्यक रहेको औंल्याउनु भएको छ ।
त्यसैगरि माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य सांसद सूर्यमान दोङले आत्मालोचना सहित जनता र कार्यकर्तामा जाने ठूलो अवसरको रुपमा अभियानलाई लिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । प्रतिक्रियावादी र साम्राज्यवादीहरुको अखडाको रुपमा हाम्रो मुलुक प्रयोग भइरहेको छ । शान्ति सम्झौतालाई चुनौती दिने किसिमबाट जुन गतिविधिहरु आरम्भ भएका छन्, त्यो दुःखद संकेत हो । त्यसैले साँच्चै राष्ट्रवादी परिवर्तनगामी शक्तिहरुले यो अवस्थाको गम्भीर अध्ययन गरेर त्यसका विरुद्ध आफूलाई अग्र मोर्चामा सार्न जरुरी छ । आजको संकटपूर्ण अवस्थाबाट आफूलाई माओवादी भन्नेहरु मोर्चाबन्दी हुन आवश्यक छ । अन्यथा आज प्रचण्डमाथि सल्किएको आगो भोलि बादललाई समेत नसल्केला भन्न सकिँदैन । घर डढाएर र खरानीको न्यानो लिनेहरुका लागि पनि चुनौती सिर्जना भएको छ । यो संकटको घडीमा परिवर्तनगामी शक्तिहरुले संयमताका साथ चुनौतीहरुको सामना गर्न जरुरी छ भन्नुहुँदै माननीय दोङको थप कथन छ– हामी जुन अभियान सहित जनताका माझ जाँदैछौं, त्यसका बारेमा पूर्ण रुपमा जानकार हुन आवश्यक छ । भ्रमको खेतीहरु चिर्दै १० वर्षे जनयुद्धको जगमा प्राप्त उपलब्धीहरुका बारेमा बस्ती–बस्तीमा सुसूचित गराउनु प्रत्येक कार्यकर्ताको दायित्व भएको समेत नेता दोङले कार्यकर्ता माझ राख्नुभएको छ ।


कार्यक्रममा केन्द्रीय सदस्य तथा संघीय सांसद मिना तामाङ, पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सांसदहरू रत्न ढकाल, रुकु चौलागाईं, केन्द्रिय सदस्यहरु कृष्ण अधिकारी, डा. भरत लामिछाने, तेजबहादुर मिजार, बैकल्पिक केन्द्रीय सदस्यहरु गंगाबहादुर तामाङ, दिननाथ गौतम लगायतका वक्ताहरुले राष्ट्रिय राजनीतिमा देखिएको अस्थिरतासँग रहेर कार्यकर्तालाई संयमित हुन आग्रह गर्नुभएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक भोला अर्यालले गर्नुभएको छ भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव दैवलाल घिसिङले गर्नुभएको थियो । कार्यक्रममा काभ्रे जिल्लाबाट प्रदेश तथा संघीय संसदमा निर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला समन्वय समितिको तर्फबाट सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0