संस्मरण:
वर्तमानमा उभिएर विगत १५ वर्ष अघिको समय चियाउदैछु । आजको दिन मेरो लागि यमराजको ढोका बन्द र अन्य सहयोद्धाको लागि खुल्ला भएको दिन । आकस्मिक हमला भएको दिन । हामीले असिना वर्षीएसरि गोली र चट्याङ परे सरि बमको धमका अनि बारुदको कालो मुस्लोले दिउँसै सूर्य अस्ताएको जस्तो अन्धकारको सामना गरेको दिन । म सम्झिदै छु त्यही कहाली लाग्दो घटना सिन्धुपाल्चोक जिल्ला ठोकर्पाको । जुन घटनाले आज सम्म मेरो मथिङ्गल हल्लाएको छ । सम्झँदा पनि आँखा रसाउन पुगेको छ । साँच्चै भन्नु पर्दा १५ वर्ष कति चाँडै बितेछ । म आज पनि ती बितेको पल सम्झिदै वास्तविकतामा हराउदैछु ।
सोच्नेले सोच्लान कसैले नलडेको युद्ध लडेछ । कसैले भन्लान कति युद्धको कुरा गर्न सकेको । सँधै उही कुरा भन्लान् । जसले जे सुकै सोचून । जे सुकै भनून । जेसुकै देखून । मैले निर्मम भएर इतिहासको पाना पल्टाउनै पर्छ । भोगेको दुःख सुनाउनै पर्छ । पलपलमा बाँचेको जिन्दगीको कहानी सुनाउदै गयो भने दन्त्य कथा भन्दा कम छैन । आज म त्यही कहानी सुनाउदै छु । कहानी यो मानेमा सुनाउदै छु कि हिजो जनयुद्धको बेला बा-आमाको न्यानो काखमा बसी महङ्गो बोर्डिङ स्कुलहरुमा पढीरहेका । देश विदेश घुमिरहेका । एनजीओ आइ एनजीओमा जागिर खाइ रहेका मान्छेहरुले आज क्रान्ति सम्पन्न गरेको अनि सभा समारोहहरुमा कान्तिको ठूलो गफ हाँकेका देख्दा ताजुब लागेर आउँछ । उनीहरुलाइ के थाहा ? युद्ध भयानक, असोचनीय र अकल्पनीय हुन्छ भनेर । युद्ध सिनेमा हेरेको जस्तो पक्कै हुन्न । लडाइँ सिनेमाको पर्दामा देखे जस्तो सरल थिएन । बाहिरबाट देखेको जस्तो पटक्कै हुँदैन । हो ! आज यिनै युद्धहरु मध्येको एक आकस्मिक युद्धको कुरा गर्दैछु ।
रणनैतिक प्रत्यक्रमणको दोस्रो चरण । देशभरी नै जनयुद्धको आगो बलिरहेको थियो । २०६२ साल चैत्र आठ गते काभ्रे जिल्लाको दाह्रेगौंडा दाप्चामा योजनाबद्ध ढंगले भकुण्डे आर्मी ब्यारेकको सेनालाई ब्यारेक बाहिर बोलाएर बेथान स्मृती बृगेडले गरेको आश्चर्यजनक हमला । जहाँ बटालिएन कमान्डर चतुरमान वाइबा कमरेड अनिसको बलिदानीसँगै थुप्रै अत्याधुनिक हतियार कब्जा गर्न सफल भएको मोर्चा । जनमुक्ति सेनाले बिजय हासिल गरेको दिन । यो मोर्चाले जनमुक्ति सेनाको मनोबल उच्च भएको थियो । तर प्रिय कमान्डरको बलिदानीलाई पनि पचाउनै पर्ने बाध्यता थियो । युद्धमा होमिएको हरेक योद्धा कि मर्नुपर्छ कि मार्नुपर्छ भने युद्धको सिद्धान्त भित्रै रहनु पर्थ्यो । यही सिद्धान्त अनुसार क. अनिसलाइ सदाको लागि गुमायौं । उहाँको अभावमा हामी टुहुरा बन्यौं । त्यसपछि हामी तेमाल,दोलालघाट हुँदै कोसीपारिको भूमिमा पाइला टेक्दै अघि बढ्यौ । दिन-रात,भोक-तिर्खा र निद्राको परवाह नगरी अघि बढीरह्यौं । २०६२ साल चैत्र १३ गते हामी सिन्धुपाल्चोक जिल्लाको वाफलमा पुगेर सेल्टर लियौं । त्यहाँ ब्रीगेड कार्यालयले प्रोजेक्टरमा सामना परिवारको अपेरा देखायो । जुन अपेरामा शान्तिपूर्ण कार्यक्रम गरिरहेको कार्यक्रम स्थलमा हेलिकप्टरबाट आक्रामण गरेको । बम गोला बर्साएको । सर्वसाधारण जनता र साँस्कृतिक कलाकर्मिहरु तितरबितर भएको । जनसेनाका र कलाकारहरूले सशक्त प्रतिरोध गरेको । प्रतिरोध गर्दा योद्दाहरु ढलेको । रगतको खोलो बगेको । घाइते योद्धाहरुको दयनीय अवस्थको सजीव चित्रण थियो । ओहो! अपेरा हेर्दा त जीउ नै सिरिङ्ग हुने । आकस्मिक लडाइँमा बच्न र बचाउन साह्रै गाह्रो । (तर म चाहिँ ०५९ सालमा भूमिगत भएपछि योजनाबद्ध लडाइँ र सुरक्षामा ध्यान दिने जस्ता कार्यमा बढी अभ्यस्त रहें। दुश्मनले आकस्मिक आक्रमण गरे पनि बच्न सफल भै रहें ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |