Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कर्माचार्य समाजको प्रथम राष्ट्रिय सम्मेलन पनौतीमा

प्रभातफेरी अनलाइन ७४९ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २८, मंगलबार (२ साल अघि)
कर्माचार्य समाजको प्रथम राष्ट्रिय सम्मेलन पनौतीमा

काभ्रे । कर्माचार्य समाजको प्रथम ऐतिहासिक सम्मेलन पनौती घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले चण्डेश्वर कर्माचार्यको अध्यक्षतामा २९ सदस्य राष्ट्रिय समिति चयन गरेको छ भने वरिष्ठ सल्लाहकारमा ३ जना, सल्लाहकारमा ४ जना र वैदेशिक प्रतिनिधिको रुपमा २ जना चयन गरेको छ ।


उक्त सम्मेलनमा कर्माचार्य समाजका केन्द्रिय समन्वय समिति बरिष्ठ सल्लाहकार तथा इवामुरा हस्पिटलका डाइरेक्टर प्रा.डा. उत्तमकृष्ण कर्माचार्यको कथन थियो– आजको आवश्यकता भनेको पहिचानको हो । पहिचानलाई स्थापित गर्नका लागि कर्माचार्यहरुको खोज अनुसन्धान, जनजातिय घटनाशास्त्रीय बैज्ञानिक र व्यवस्थीत ढंगले अध्ययन विश्लेषण हुनुपर्ने र भाषा संस्कृति एवं कर्माचार्यको पहिचान लगायत संस्कार जोगाउन यस सम्वन्धि अनुसन्धान केन्द्र निर्माण गर्नुपर्ने धारणा राख्नुहुँदै परम्परा, संस्कृति, संस्कार बोकेका कतिपय धरोहरहरु भत्केका छन् तिनको पुनस्थापना गर्नुपर्ने आजको आवश्यकता छ । यो सम्बन्धमा सम्बन्धित धर्म, संस्कृतिसँग सरोकार राख्ने वर्ग, समुदायले यसको उत्खनन्का लागि पहल गर्नुपर्ने बताउनुभएको छ ।


देशभरका करिव ६० जिल्लामा फैलिएका कर्माचार्य समाजको प्रथम ऐतिहासिक सम्मेलन धार्मिक रुपमा स्थापित नगरी पनौतीमा चैत्र २५ र २६ गते भएको सम्मेलनले पनौती घोषणा पत्र जारी गरेको छ । उक्त सम्मेलनबारे कर्माचार्य समाज केन्द्रिय समन्वय समितिले फागुन २३ गते विज्ञप्ति जारी गर्दै पनौतीमा सम्मेलन गर्ने घोषणा गरेको थियो । सोहि अनुसार पनौतीमा रहेका कर्माचार्य समाजले यसको व्यवस्थापन र संयोजन गर्ने जिम्मेवारी बहन गरेको समाजका केन्द्रिय सहअध्यक्ष विजयराम कर्माचार्यले जानकारी गराउनुभएको थियो । सो सम्मेलन सफल गर्नका लागि केन्द्रिय संयोजक गोवर्धन कर्माचार्यको अध्यक्षतामा १५ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको थियो ।
कार्यक्रममा कर्माचार्य समाज केन्द्रिय समन्वय समितिका संरक्षक रामकृष्ण कर्माचार्यबाट दिप प्रज्ज्वलित गरी शुभारम्भ गरिएको उक्त सम्मेलनमा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, स्याङ्जा भिरकोट नगरपालिका प्रमुख गोविन्द कुमार कर्माचार्य, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, बरिष्ठ सल्लाहकार ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के.के कर्माचार्य, समाजका उपाध्यक्ष बालकृष्ण कर्माचार्य लगायतले कर्माचार्य समाजको आवश्यकता र औचित्यता प्रष्ट्याउनुहुँदै नवनिर्वाचित कार्यसमितिको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

१८ जिल्लाका ४ सय भन्दा वढि प्रतिनिधिहरुको सहभागी भएको उक्त सम्मेलनले भावी रणनीति सहित सम्मेलन सम्पन्न गरेको थियो । उक्त कार्यक्रमको सञ्चालन समाजका केन्द्रिय सचिव मिलन कर्माचार्यले गर्नुभएको थियो भने सहयोगी भुमिका कर्माचार्य समाजको प्रथम राष्ट्रिय सम्मेलन व्यवस्थापन समिति पनौतीका सचिव हरिभक्त कर्माचार्यले गर्नुभएको थियो । पनौतीले आतिथ्यता गर्न पाएको अवसरमा आफ्नो पहिचान झल्किने विभिन्न वाद्यवादन, भेषभूषा, बासुरी धिमेबाजा, विशेष झांकिका साथ नगर परिक्रमा गरि ¥याली सम्मेलन स्थलमा सहभागी भएको थियो । बन्द सत्रमा केन्द्रिय उपाध्यक्ष तथा काभ्रे जिल्ला अध्यक्ष सिद्घिबहादुर कर्माचार्यले कर्माचार्यको उत्पत्ति र विकास, प्रा.डा. त्रिचन्द्र क्याम्पसका पूर्व प्रमुख तलेजु पुजारी नाईके सिद्घिवीर कर्माचार्यले कर्माचार्यहरुको तान्त्रिक पूजापाठ, कर्मकाण्ड र बद्रीनाथ कायस्थद्वारा लिखित केन्द्रिय समितिका अध्यक्ष चण्डेश्वर कर्माचार्यले कार्यपत्र प्रस्तुत भई उठेका प्रश्नको विचार विमर्शका साथ कार्यक्रम समापन भएको थियो । उक्त सम्मेलनमा ८० वर्ष र सो भन्दा माथिका जेष्ठ नागरिक अग्रजहरुलाई पनौती अजम्बर परिवार अक्षय तृतीया गुठी कर्माचार्य परिवारबाट दोसल्ला ओढाई सम्मान गरिएको थियो ।


सम्मेलनले वैदेशिक प्रतिनिधिमा वन्दना कर्माचार्य अमेरिका, जोन कर्माचार्य अष्ट्रेलिया, वरिष्ठ सल्लाहकारमा प्राडा उत्तमकृष्ण कर्माचार्य, प्रा.डा सिद्धिवीर कर्माचार्य, के.के कर्माचार्य रहनुभएको छ भने सल्लाहकारमा मनमोहन कर्माचार्य धरान–सुनसरी, बद्रीकुमार कर्माचार्य चिसापानी रामेछाप, गोविन्दकुमार कर्माचार्य भिरकोट स्याङ्जा, दिलिप कर्माचार्य चैनपुर संखुवासभा, यदुवरनाथ कर्माचार्य काठमाडौं, ईश्वरी कर्माचार्य बेनि म्याग्दी र बालकृष्ण कर्माचार्य पनौती काभ्रे चयन हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0