Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चुरे तराईको बन क्षेत्रमै छ, जैविक मल र सिचाई जलको भण्डारण स्रोत

प्रभातफेरी अनलाइन ६४४ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २८, मंगलबार (२ साल अघि)
Post Thumbnail

टीकाराम गैरे
नवलपरासी । चुरे तराईको बन र खोलानाला मल र जलको भण्डार हुन सक्ने अपार सम्भावना बोकेको भए पनि सरकारी निकाय त्यस प्रति उदासिन देखिएको सरोकारवालाले बताएका छन् । चुरे तराईको बन संरक्षण र ब्यवस्थापन मात्र गरे तराई मधेशको भुमिलाई आवश्यक पर्ने जैविक मल र सिचाई जल आपुर्ति हुन सक्ने आधार बनाउन सक्ने सरोकारवालाले त्यस प्रति सरकारी उदासिनता अहिलेसम्म रहेको बताएका हुन् ।
किसानलाई पनि चुरेको मल र जलबारे जनचेतना बढाउन नसकि आयातित रासायनिक मल र भुमिगत जल प्रति अभिप्रेरित गर्नु दुर्भाग्य पुर्ण रहेको संघिय सँसद राष्ट्रियसभाका पुर्व साँसद रामलखन हरिजलले बताएका हुन् । राष्ट्रिय सिचाई जल उपभोतmा महासघका पुर्व महासचिव समेत रहेका पुर्व साँसद हरिजनले यसबारे आफुले सदनमा पटक पटक उठाउदै आएको तर संसद र सरकार एक कानले सुन्ने र आर्को कानले उठाउने प्रवृतिका कारण त्यसबारे समान्य खोज अनुसंधान समेत हुन नसकेको बताए । चुरेबाट बग्ने सयौ खेलानालाहरुबाट बर्षायाममा पर्ने पानी बगेर ठूला नदी हुदै बंगालको खाडी पुग्छ,तर ति जल भण्डार गर्न नेपाल सरकारले सामथ्र्य बनाउदैन् । बनजंगलमा भएका पात पतिगँरका कारण बनमा बन डढेलो लागेर हजारौ हजार हेक्टर बन नष्ट हुन्छ । अमुल्य जडिबुटी देखी बन्यजन्तु जलेर समुल नष्ट हुने गरेको छ । तर तिनै पात पतिगँरलाई कम्पोष्ट मल बनाउन सरकारले प्रोत्साहित गर्दैन् । कृषि क्षेत्रमा काम गर्ने सरकारी निकाय पनि आफ्नो मल र जलको स्रोत पहिचान गर्न छाडेर विदेशी रासायनिक मलको खोजमा लाग्छ । खेती गर्ने समयमा नत समयमा मल पुर्याउन सक्छ,नत जलको आपुर्ति गर्न सक्छ । कृषिमा आत्म निर्भर बन्ने खोक्रा नारा मात्र बोलेर आद्यानमा आत्म निर्भर त के दिन प्रति दिन झन आयात बढाउने कार्यमा सरकारी अधिकारी तल्लिन छन् । अवधारणा ल्याइयो भने त्यसबारे कहिलै पनि मनन नहुने हुदा नेपालमा पुराना नारा नारामा मात्रै सिमित हुन पुगेको उनको भनाई थियो ।
हरियो बन नेपालको धन,नेपाल कृषि प्रधान देश जस्ता पुराना नारा इतिहास बन्दै छन, उनले भने,तर अबका युवा पुस्ताले यसलाई पुनः मनन गरेर आत्म सात गरि आफ्नै भुमिमा कृषिका लागि आवश्यक मल र जलको भण्डार खोज्नु पर्छ । कृषिका लागि प्रमुख सर्त मल र जल भएको र प्रकृतिले नेपालको तराई मधेशका लागि अझै पनि प्रयाप्त मात्रामा ति मल र जलको भण्डार गर्न सक्ने अवस्था भएको हुदा त्यस तर्फ लाग्न आग्रह पनि गरेका थिए । बाली चक्रमा पनि हिउँदे र बर्षे दुई बाली परापुर्वकाल देखी लगाउदै आएको तर जनसंख्या वृद्धि बढदै जादा परम्परागत रुपमा दुई बाली चक्रले खाद्यान पुर्याउन नसक्ने हुदा तेश्रो चक्रको रुपमा गर्मियामका खेती पनि विकल्प बन्न सक्छ,उनले भने,तर त्यसका लागि मल र जलको प्रबन्ध मिलाउन आवश्यक छ । ति मल र जलको स्रोत चुरे तराईका जंगल र खोलानाला अझै पनि विद्यमान छन् । उनले बन क्षेत्रमा खस्ने रुख विरुवाका पात पतिगँर संकलन गरेर कम्पोष्ट मलको रुपमा जैविक मलको प्रयाप्तता बढाउन सकिन्छ । बर्षायामको अन्तिम समयमा चुरेबाट बग्ने खोलानालाका पानी खोलामा भण्डारण गरि गर्मियाम खेतीका लागि पानीको स्रोत पहिल्याउन सकिन्छ । त्यसमा थोरै सरकारी लगानी र युवाहरु जागरुक हुनु पर्छ । कृषि जन्य उद्योगका उद्योगी ब्यवसायिले पनि त्यस तर्फ ध्याउन पुर्याउनु पर्ने उनको तर्क थियो ।
प्रति कट्ठा यदि दुई क्वीन्टल पात पतिगँर संकलन हुन्छ । त्यसको पचास प्रतिसत एक क्वीन्टल कम्पोष्ट जसरी पनि तयार हुन्छ । यसका लागि नवलपरासी जिल्लामा मात्रै २१ हजार ८ सय ५७ हेक्टर बन क्षेत्र छ । त्यसबाट सरदर १३ लाख ११ हजार ४ सय २० क्वीन्टल पातपतिगँर संकलन हुन सक्छ । त्यसको ५० प्रतिसत कम्पोष्ट मल बन्यो भने ६ लाख ५५ हजार ७ सय १० क्वीन्टल कम्पोष्ट मल बन्छ । कम्पोष्टको जैविक मल बन्छ । जैविक मल नै बजारमा ३० रुपिया देखी ५० रुपिया प्रति केजीको दरले पाउने गरिएको छ । त्यो मलको मुल्य नै सरदर ४० रुपियाले कुल २ करोड ६२ लाख २८ हजार ४ सय रुपिया हुन्छ । जुन कम्पोष्ट गर्मियाममा बनको पातपतिगँर डढेलो लागेर नष्ट हुने गरेको छ । बेलामै ति पातपतिगँर संकलन गराउन सकियो भने हजरौले रोजगारी पाउने करोडौको मल हुने र बन डढेलोबाट बन जोगाउन सकिने अवस्था हुन सक्ने तथ्य उनले सुनाएका थिए । यो अवस्था नवलपरासी पश्चिमको हो,अझ यो भन्दा ठूल्ठूला जिल्ला छन् । बन क्षेत्र पनि धेरै छ । त्यहा यो भन्दा बढि पनि जैविक मलको स्रोत भएको उनले औल्याए । बनको पातपतिगँर जैविक मलको स्रोत बन्न सक्ने सम्भावना सही भएको डिभिजन बन कार्यालय नवलपरासीका सहायक बन अधिकृत डिलाराम पौडेलले बताए । यसका लागि ठोस योजना बनाएर बन डिभिजन कार्यालय र सामुदायिक बनसँग समन्वय गरि गर्न सक्ने उनको भनाई थियो ।
मल मात्रै होईन उनले खोलानालाको जल भण्डार गर्न सकियो भने एउटा खोलामा मात्रै करोडौ लाखौ घन लिटर पानी भण्डारण गर्ने क्षमता रहेको छ । ति जल भण्डारलाई असोज महिना देखी नदीमा भण्डारण गरि राख्ने र पुर्वपश्चिम राजमार्ग जोड्ने उत्तर दक्षिणको प्रत्येक सडकको किनारबाट पाईपलाईन मार्फत तराईको भारतिय सिमावर्ति क्षेत्रसम्म पुर्याउन सकिन्छ । सतही जलको रुपमा प्रयोगमा उतm जल भण्डार ल्याउन सकिन्छ । सतह मिलेन भने लिफ्ट मार्फत पनि ति पानी लैजान सकिन्छ । सरकारले स्रोतको पहिचान र ब्यवस्थापनको लागि सामथ्र्य जुटाउनमा लाग्नु पर्छ । मल र जलको प्रबन्ध मिलाइयो भने तराई मधेशका भुमिमा दुई बाली मात्रै नभई तिन बालिको लिन सक्ने प्रबल सम्भावना रहेको उनको भनाई थियो । सुनवलको भुमही खोलाको पुर्वपश्चिम राजमार्ग नजिकै यदि दुई मिटर अग्लो बाँध बनाईयो भने त्यसमा मात्रै ५० हजार घनमिटर पानी भण्डार हुन सक्छ । बाँध लगाएको २ मिटर माथि पानी भयो भने सो पानी ओफर फ्लो भएर निरन्तर बगि नै रहन्छ तर ति खोलामा हजारौ घनमिटर पानीलाई लिफ्ट मार्फत नै भुमही भैरहवा सडकको किनारबाट पाईप मार्फत पानी परासीसम्म ल्याउन सकिन्छ । त्यसले भुमही देखी परासीको विचको भुमिमा सिचाई गर्न प्रयाप्त हुन्छ । यो एउटा उदाहरण मात्रै हो,उनले भने, यस्ता खोलानाला नवलपरासीमै दुई दर्जन बढि छन् । नेपालको तराई मधेशमा हजारौको संख्यामा यस्तो जल भण्डारका अवसरहरु छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0