Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उच्च शिक्षा प्राप्तिका लागि विदेशिनु नै उचित विकल्प होइनः अभियान्ता तामाङ

प्रभातफेरी अनलाइन ६३७ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ५, मंगलबार (२ साल अघि)
उच्च शिक्षा प्राप्तिका लागि विदेशिनु नै उचित विकल्प होइनः अभियान्ता तामाङ

काभ्रे । नयाँ वर्ष २०८० को शुरुवाती दिन अर्थात वैशाख १ गते आर्दश विद्या मन्दिरको २० औं स्थापना दिवसलाई सम्बोधन गर्न काभ्रे आइपुग्नुभएका मानव बेचबिखन विरुद्धको अभियान्ता एवं अन्तर्राष्ट्रिय गोल्ड मेडलिष्ट चरिमाया तामाङले शिक्षा बिना सम्वृद्धि देख्नु हत्केलाले सूर्य छेक्नु जस्तै हो भन्नुभएको छ ।
पछिल्लो समय विद्यार्थीहरुको पढ्ने रुचि कम देखिएको छ । तसर्थ विद्यार्थी सञ्चालकहरुले मनोभावना अनुसार आफ्ना गतिविधिहरु चलाउन आवश्यक छ । मलाई विश्वास छ, यस एबिएम स्कूलले किशोरकिशोरीको भावना अनुसार शिक्षण सिकाईलाई अगाडि बढाउने छ र सक्षम उत्पादनशील र कर्मठ नागरिक जन्माउनेछ भन्ने विश्वास रहेको अभियान्ता तामाङले बताउनुभएको छ ।
विद्यार्थीहरुमा पछिल्लो समय विकास भएको पश्चिमा शैलीप्रति इंकित गर्दै कुशल नागरिक बन्नका लागि अनुशासनको महत्वपूर्ण भूमिका रहन्छ । जबसम्म हामी अग्रजहरुलाई सम्मान र आफूभन्दा तलकाहरुलाई स्नेह, माया दिन सक्दैनौं, हामी सबल नागरिक बन्न सक्दैनौं भन्नुहुँदै आफ्ना अतितका घटनाहरुका बारेमा विद्यार्थी, अभिभावक, शिक्षकहरुलाई सुसूचित गर्दै ति संघर्षपूर्ण दिनहरुका बारेमा प्रष्ट्याउनुभएको थियो । जसबाट कुशल र सक्षम नागरिकका लागि कस्तोसम्म संघर्ष गर्नुपर्छ भन्ने उदाहरणीय पात्रका रुपमा विद्यार्थीमाझ आफूलाई अभियान्ता तामाङले प्रस्तुत गर्नुभएको थियो ।
सम्बोधनकै क्रममा उच्च शिक्षाका नाममा विदेशिने किशोरकिशोरीहरुप्रति लक्षित गर्दै श्रमको उचित मूल्यांकन गर्न नसक्दा दिनप्रतिदिन विदेश भासिनेको संख्या बढिरहेको छ । त्यसका लागि यस विद्यालयले नमूनाको रुपमा आफूलाई विद्यार्थीमाझ उभ्याउने छ भन्ने विश्वास लिएको अभियान्ता तामाङले खुलासा गर्नुभएको थियो ।
कक्षा १२ उर्तिण हुने वित्तिकै विदेश जाने सोचाई गलत नभएको भन्दै आफ्नै देशमा सकेको काम गर्नु सबैभन्दा उत्तम रहेको उहाँले बताउनुभएको थियो । पढेलेखेकै मानिस आफ्नै पैसा खर्च गरेर बेचविखनमा परिरहेको सन्दर्भमा आफू जँहा जाने हो त्यहाँको सबै कुरा बुझेर मात्र जानका लागि सुझाव समेत दिनुभएको थियो । कामका लागि विदेश जानेमध्येकै धेरै जनाको लास ल्याउन पनि मुस्किल छ, पुरुषको भन्दा विदेश जाने विषय महिलाका लागि धेरै जोखिमपूर्ण छ ।
मानव बेचविखन आन्तरिक, समुन्द्रपार र सिमापार सबैतिर भएको उल्लेख गर्दै अभियान्ता तामाङले सानै उमेरमा आफूलाई भारतिय वेश्यालयमा बेचेर नेपाल फर्किएको घटना स्मरण गराउनुभएको थियो । मलाई बेच्ने मानिसले जेल सजाय त काट्यो तर मेरो जीवनमा भोगिएका शारिरिक, मानसिक र संवेगात्मक क्षति कहिल्यै पुरा हुँदैनन् भन्नुहुँदै भावविव्हलमा आफ्नो सम्बोधन टुंग्याउनुभएको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहोराले उर्तिण विद्यार्थीलाई शुभकामना दिँदै विद्यालय शिक्षा सकिँदैमा पढाई पुरा नहुने बताउनुहुँदै आफ्नै ठाउँमा रहेर नमूना काम गर्नका लागि विद्यार्थीहरुलाई प्रेरणा दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले गित र नृत्यहरु प्रस्तुत गरेका थिए भने विद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले हालसम्म विद्यालयले गरेका प्रगती विवरण सुनाउँदै विद्यालय शिक्षा सकाएर समुदायलाई असल र योग्य नागरिक हस्तातरण गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
स्थापना दिवसका सन्दर्भमा कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकमध्येबाट रामबाबु खत्री र अधिबक्ता तिर्थराज दाहाललाई सम्मान गरिएको थियो । गुरुकुलका बटुकहरूद्वारा स्वतिक वाचन गरि शुरु गरिएको कार्यक्रममा सहायक प्रिन्सिपल ललिता बन्जाराले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा मानव अधिकारकर्मी भोजराज तिमल्सिना, अधिवक्ता रामशरण घिमिरे, राष्ट्रिय पोशाकका अभियान्ता राजानन्द माण्ड्य र शिक्षक केशव दाहाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0