Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रतापपुर गापामा चक्रपथ बन्ने

प्रभातफेरी अनलाइन २८७ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १२, मंगलबार (२ साल अघि)
Post Thumbnail

टिकाराम गैरे

नवलपरासी । नवलपरासीको प्रतापपुर गाउपालिकाले गाउपालिकाको सबै वार्ड जोड्ने गरि चक्रपथ(रिगँरोड)को विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने कार्य शुरु गरेको छ । यत्रतत्र झरिएर रहेका गाउपालिकाका सबै वार्डमा सहज र सुलभ तरिकाले पुग्न सक्ने र सजिलो गरि यातायात र सञ्चारको पहुँच पुर्याउने उदेश्यले चक्रपथको निर्माण कार्यलाई निरन्तरता दिनका लागि गाउपालिकाले सो चक्रपथको डिपिआर बनाउन लागेको हो ।
राज्यको पुर्नसंरचना अनुसार मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थामा जाने क्रममा साविक प्रतापपुर, गुठीसुर्यपुरा, गुठिप्रसौनी,बैदौली,सोमनी,जमुनिया र ठूलो खैरेटवा गाविसलाई मिलाएर ९ वटा वार्ड कार्यगरि प्रतापपुर गाउपालिका बनेको छ । साविक ७ वटा गाविसका कार्यालयहरु वार्ड कार्यालय रहेको र थप दुई वटा वार्ड केही थपिएका छन् । ति सबै वार्डमा सहज ढंगले पुग्नका लागि चक्रपथको आवश्यकता महशुस गर्दै चक्रपथ निर्माण कार्य अगाडी बढाइएको गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । सबै वार्डमा सडक र बाटोले नजोडिएको भन्ने होईन,उनले भने,तर सम्बन्धित सबै वार्डमा सहज ढंगले यात्रा गर्न मिलोस भनि यस्तो चक्रपथ बनाउने अवधारणा ल्याएको छ । जुन चक्रपथको मापदण्डमा एकरुपता कायम रहोस । चक्रपथ वरिपरि आर्थिक,समाजिक,साँस्कृतिक गतिविधिहरु जोडिन सकियोस । बाहिरबाट आउने यात्रु हुन वा आन्तरिक सबैलाई सहज ढंगले यात्रा गर्न सकुन भन्ने लक्ष्य अनुसार नै यो चक्रपथ निर्माण हुन्छ । ३२ किलोमिटर भन्दा लामो सो चक्रपथले गाउपालिकाको सबै वार्ड र अधिकाँश गाउटोललाई पनि जोड्ने छ ।
चक्रपथ बनाउदा केही पुरानै सडकसँग जोडिने छन् । केही नयाँ सडकहरु थपिने छन् । केही समान्य बाटोलाई पनि स्तरोन्तती गरि सडकमा एकरुपता कायम हुन्छ । एकै बर्षमा सम्भव नभए पनि चक्रपथको डिपिआर निर्माण भए पछि क्रमशः ति चक्रपथमा बजेट थप्दै बनाउने जाने कार्य हुन्छ । केही गाउपालिकाको बजेट विनियोजन गर्दै संघ सरकार र प्रदेश सरकारसँग पनि लागत सहभागितामा साझेदारीमा पनि काम गर्न सकिन्छ । यसले यो ग्रामिण क्षेत्रको अर्थतन्त्रसँग जोडिन्छ । अधिकाँस भाग ग्रामिण बस्तीसँग जोडिएको हुदा ति ग्रामिण बस्तीका कृषि उपजलाई सहज ढंगले उत्पादन बजारसम्म पुग्छ । गाँउलाई आवश्यकता हुने समाग्रिको पनि सहज ढंगले पुर्याईन्छ । प्रशासनियक रुपमा पनि एक वार्ड आर्को वार्डसँग यो चक्रपथले जोड्ने गरि काम भई रहेको गाउपालिकाले जनायो
गाउसभाले निर्णय गरि अवधारणा पास गरे पछि अहिले चक्रपथ निर्माणका लागि डिपिआर बनाउने कार्य भईरहेको जनाउदै प्राविधिक रुपमा सर्वेक्षण गर्ने कार्य भई रहेको छ । सर्वेक्षणबाट आएका सुझावलाई आधार मानी थप परिमार्जन सहित डिपिआर गाउकार्यपालिकाले स्वीकृति प्रदान गरे पछि अन्तिम रुप पाउने छ । तत पश्चात ति चक्रपथको वरिपरि विद्यालय, खानेपानी, स्वास्थ्य सस्था, बजार, उत्पादन क्षेत्रको निर्धाण हुन्छ । चक्रपथकै सेरोफेरोमा विद्युतीकरण कार्य पनि हुन्छ । चक्रपथमा सम्भाब्यताको आधार सिचाई क्षेत्रलाई पनि जोडेर लैजान सकिन्छ, भने,यो गाउपालिका अध्यक्ष यादवले आफ्नो कार्यकालमा गरिने प्रमुख पाँच काम मध्येको दोश्रो प्राथमिकतामा परेको पालिका गौरवको आयोजना हुनेछ ।
पहिलो काममा गाउपालिकाको ११ करोड लागतको प्रशासनिक भवन रहेको छ,उनले भने,सो भवन निर्माण प्रकृया अगाडी बढाई सकिएको छ । भवन निर्माणका लागि टेण्डर समेत भई सकेको हुदा भवन बन्ने स्थानमा केही पुराना स्वास्थ्यचौकीको जिर्ण भवन थियो । ति भवन भत्काउने र सफा गर्ने कार्य भई रहेको छ । त्यो सफाई हुने वित्तिकै भवनको शिलान्यास हुनेको भनाई थियो । त्यसै गरि चक्रपथको काम पनि डिपिआर पछि त्यसको शुभारम्भ गर्ने कार्य हुन्छ, उनले थपे,हालसम्म चक्रपथको अनुमानित लागत ३१ करोड हुन सक्छ । तर त्यो नै अन्तिम होईन् । कार्यपालिकामा प्रस्तुत गरिए पछि आएको सुझावको आधारमा रकम थपघट पनि हुन सक्छ ।
चक्रपथ निर्माणमा संघिय साँसद विनोद चौधरी र प्रदेश साँसद देवकरण जैसवाल समेतले चाँसो लिइने गरेका छन् । सडकमा आवश्यक बजेटका लागि संघ सरकार र लुम्बिनी प्रदेश सरकारबाट पनि लगानी ल्याउन सकिने आशमा गाउपालिकाले यो कदम चालेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0