Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौतीका पाँच विद्यालयमा घुम्ती पुस्तकालय बुक बस सञ्चालन

प्रभातफेरी अनलाइन ७४१ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ३१, बुधबार (२ साल अघि)
पनौतीका पाँच विद्यालयमा घुम्ती पुस्तकालय बुक बस सञ्चालन

जीवन खड्गी/पनौती / पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किँदै गएको परिवेशमा देश विदेशमा रहनुहुने शुभचिन्तकहरुमा चासो बढेको छ । शैक्षिक स्तरोन्नतीका लागि विभिन्न प्रविधिहरुको प्रयोग सँगसँगै घुम्ती पुस्तकालय बुक बस सञ्चालनमा आएका छन् ।
जसको प्रत्यक्ष अनुभूति पनौती नगरपालिकाभित्र अध्ययन गर्ने बालबालिकाहरुले उपयोग गर्दैछन् । सामाजिक तथा धार्मिक महत्व बोकेको पनौतीका दुई नदि पुण्यमाता र रोशी अहिले प्रदुषित र संकुचित स्थितीमा रहेको छ । यी नदिहरु र वरिपरिको वातावरण बारे विद्यार्थीहरू माझ ध्यानाकर्षण र रुचि बढाउन काठमाडौंस्थित अमेरिकी दुतावासको सहयोगमा सतोरी सेन्टर फर द आर्ट्स ( Satori Center for the Arts) द्वारा संचालित बुक बसले पनौतीमा २०८० जेठ ३० देखि असार ९ गते सम्म विभिन्न शैक्षिक, सांस्कृतिक, र कलात्मक कार्यक्रमहरुको आयोजना गर्दैछ । कार्यक्रम अवधिभरि बुक बसले पनौतीका पाँच स्थानीय विद्यालय र १ पुस्तकालयमा विज्ञान, प्रविधि र संरक्षणबारे विविध कार्यशाला, तथा किताब पठनपाठनका कार्यक्रम आयोजना गर्दैछ । आयोजकले जानकारी गराएअनुसार बुक बसले भ्रमण गर्ने पुस्तकालय र विद्यालयहरु तपसिल बमोजिम उल्लेख गरिएको छ ।

जेठ ३० र ३१ गते श्री पनौती (पाठशाला) आधारभूत विद्यालय, जेठ ३२ र असार १ गते श्री पुण्य माध्यमिक विद्यालय, असार ३ र ४ गते इन्द्रेश्वर माध्यमिक विद्यालय, असार ५ र ६ गते सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, ७ र ८ गते सामुदायिक बोर्डिङ स्कुल र असार ९ गते ज्ञान विकास सामुदायिक पुस्तकालय (प्रदर्शनी) मा समग्र जानकारी दिनेगरी पाठकहरुलाई आमन्त्रण समेत गरेको छ । आफ्ना कार्यक्रम मार्फत बुक बसले विद्यार्थी तथा समुदायमा पठनपाठनको अभिरुचि वृद्धि गर्ने, सृजनात्मक सोचाइ तथा क्रिटिकल थिङ्किंगको (critical thinking) विकास गर्ने र विद्यार्थीहरुलाई अर्थपूर्ण तथा स्मरणिय शिक्षा प्रदान गर्ने अवसरको सृजना गर्दछ। यसको साथै किताब पठन र प्रदर्शनीद्वारा स्थानीय वातावरण प्रति विद्यार्थी र समुदायको ध्यान आकर्षण गरि सामुदायिक संलग्नता प्रोत्साहन गर्ने बुक बसको उदेश्य रहेको आयोजकले बताएको छ । यस बुक बस भ्रमणमा पनौतीमा गर्न लागेको कार्यशाला तथा क्रियाकलापहरु यस प्रकार छन् ः १. स्टीम कार्यशाला Science, Technology, Engineering, and Mathematics ( STEAM) Workshop यस कार्यशालामा विद्यार्थीहरुलाई परिचयात्मक रुपमा वैज्ञानिक प्रक्रियाको प्रयोग गरि सोच्न र ज्ञान प्राप्त गर्न प्रोत्साहन गरिनेछ । यसको अन्तर्गत इकोसिस्टम मोड्युल ( पनौतीका नदिहरू) प्रयोग गरिनेछ जस्मा विद्यार्थीहरुले आफ्नो वरीपरि रहेको रोसी र पुन्यमाता नदिमा भएका वातावरणको अन्वेषण गर्नेछन् र जैविक विविधता र खाद्य श्रृंखलाहरू जस्ता महत्वपूर्ण विषयहरुकाबारेमा जानकारी पाउनेछन् । विद्यार्थीहरुले चित्र र कोलाजहरू प्रयोग गरेर स्थानीय इकोसिस्टम बारे आफ्नो बुझाइ र स्थानीय बासिन्दाहरुको यी नदिहरु सँगको सम्बन्धलाई व्यक्त गर्नेछन् ।

२. पुस्तक पठन तथा कथा वाचनः विद्यार्थी सामु पुस्तक पठन गर्ने र पुस्तकबारे छलफल गरी कथामा आधारित सृजनात्मक क्रियाकलाप गर्न प्रोत्साहन गरिनेछ । अमेरिका र अन्य देशका लेखकहरूले लेखेका विभिन्न विषयका पुस्तकहरूको विविध संग्रह प्रयोग गर्दै भिन्न सत्रहरू जस्तै पुस्तक पाठन, कथा वाचन, र लेखन कार्यशालाहरूका मार्फत आलोचनात्मक सोच, रचनात्मकता, साक्षरता, अंग्रेजी भाषा सीपहरूलाई प्रोत्साहन गरिनेछ ।

३. ज्ञान विकास सामुदायिक पुस्तकालयमा प्रदर्शनीः बुक बसले विद्यालयहरुमा विद्यार्थीहरू सँग गरेको सबै कार्यशालामा विद्यार्थीहरूले बनाएका सबै सामाग्रीहरु प्रदर्शनीमा देखाइनेछ । प्रदर्शनी विद्यार्थी, शिक्षक तथा समुदायका सबै सदस्यहरुको लागि खुल्ला रहने छ । एक दिने प्रदर्शनी बिहान ११ बजे देखि साँझ ४ बजे सम्मको लागि खुल्ला हुनेछ ।
कार्यक्रम संयोजक रुबीना भन्नुहुन्छ, “बुक बसले प्रधान अन्तरक्रियात्मक शिक्षालाई प्रोत्साहन गर्दछ । सजिलै उपलब्ध हुने सामग्रीहरूको प्रयोग गरेर विद्यार्थीहरुलाई आफै वातावरण तथा परिवेश अवलोकन गरेर पढ्न र आलोचनात्मक सोच बढाउन तर्फ प्रवर्द्धन गर्दछ । उनीहरूको कल्पनाशक्ति बढाउँछ र पठन पाठन गर्नका लागि खुला वातावरणको सिर्जना गर्दछ।” र हामी यस कार्यक्रममा तपाईंको उपस्थितिको अपेक्षा गर्दछौं र पनौतीका विद्यार्थीहरूमा साक्षरता, पठन र स्टीम शिक्षाको महत्वलाई अगाडि ल्याउन तपाईंले प्रदान गर्नुभएको सहयोगको कदर गर्दछौं भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0