काभ्रे । धुलिखेल नगरपालकाका बारेमा केही महिनादेखि सार्वजनिक भएका उतारचढावहरुलाई लिएर पालिकाभित्र निकै रस्साकस्सी हुन पुगेको छ ।
यही बिचमा आएको नीति तथा कार्यक्रम र बजेटलाई लिएर सभासदहरुको असहमतिका बाबजुद सहमतिमा पुगेर नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । आ.व. ०८०÷०८१ का लागि १ अर्ब १५ करोड बजेट विनियोजन गरिएको सभासद्हरुले जानकारी गराएका छन् । पालिकाले पारित गरेका नीति तथा कार्यक्रममा प्रत्यक्ष रोजगारी श्रृजना गर्ने देखि दीर्घरोगीहरुको घर घरमा पुगेर स्वास्थ्य सेवा दिने सम्मका कार्यक्रम जोडिएका छन् । १३औं अधिवेशन बुधवार भएको नगर सभामा आगामी वर्षका लागि १ अर्व १५ करोड १५ लाख बजेट रकम विनियोजन गरेको छ । स्थानीय सरकारले असार १० गते भित्र नीति कार्यक्रम र बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था अन्तर्गत काभ्रे जिल्लाका १३ स्थानीय सरकारमध्ये पहिले बजेट ल्याउने धुलिखेल नगरपालिका भएको छ ।
दीर्घ रोगीहरुलाई घरघरमा औषधी, प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, एक वडा एक कार्यक्रम आर्थिक विकासको आधार उद्यमशीलता र रोजगारी मेयर गरीवी निवारण कार्यक्रम, उद्यमी युवा समूह धुलिखेल निर्माणमा टेवा जस्ता योजना निर्माण गरी नीति तथा कार्यक्रम प्रस्तुत गरी वजेट विनियोजन गरिएको थियो । आ.व २०८०÷८१ का लागि नीति तथा कार्यक्रम नगर प्रमुख अशोककुमार व्याञ्जुले प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख निराजन जंगमले बजेट प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत आर्थिक विधेयक र विनियोजन विद्येयक सर्वसम्मतले पास गरेको थियो । नगरसभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगरले पास गरेका विद्येयकहरु प्रक्रियागत रुपमा प्रमाणीकरण भएपछि कार्यन्वयन हुँदै जाने बताउनुभएको थियो ।
यसैबीच नगरपालिकाका बारेमा उठेका विवादित विषयहरुका सम्बन्धमा छानबिन समिति गठन भएको वडा अध्यक्ष बद्रीप्रसाद हुमागाईंले बताउनुभएको छ । हिजो के भए, त्यता नजाउँ नगर प्रमुखले अब कुनै किसिमका कमी कमजोरी हुनेछैनन् भनी प्रतिबद्धता जाहेर गरिसकेपछि त्यसलाई कोट्याइरहन आवश्यक छैन । स्थानीय सरकार सञ्चालन ऐनमा सत्ता पक्ष र प्रतिपक्ष भन्ने कल्पना पनि गरिएको छैन । त्यसैले हाम्रो नगरमा जे भएका छन्, ति सबै सर्वसम्मत ढंगबाट भएका छन् । सवाल, विवादित विषयको सम्बन्धमा छानबिन समिति गठन भएको छ । त्यसले निष्पक्ष ढंगबाट तपसिलका विषयहरुमा छानबिन गर्नेछ भन्ने विश्वास लिएका छौं ।
संचार माध्यम, सामाजिक संजालमा आएका सूचना, धुलिखेल नगरपालिका क्षेत्र भित्रका तीन राजनीतिक दलहरु तथा वडा अध्यक्ष बद्री प्रसाद हुमागाइबाट प्रस्तुत ध्यानकर्षण पत्रका सम्बन्धमा निष्पक्ष छानविन गर्न कार्यपालिका सदस्यहरु मध्येवाट समिति गठन गर्ने, कार्यान्वयन गर्ने, विषय सुधार गर्नुपर्ने निर्णय गरेको छ । नगर प्रमुख अशोक व्याञ्जूको अध्यक्षतामा बसेको बुधबारको बैठकले तीन जनाको छानविन समिति समेत गठन गरेको छ । धुलिखेल वडा नं ९ का वडा अध्यक्ष बद्रीप्रसाद हुमगाई, वडा नं ८ का अध्यक्ष विनोद गौतम र वडा नं १० का वडा अध्यक्ष गोविन्द प्रसाद उपाध्याय छानविन समितिको सदस्य रहनुभएको छ । सो छानबिन समितिले मुख्यतः यि तपसिलका विषयमा ध्यान पु¥याउनुपर्ने वडा अध्यक्ष हुमागाईंको जिकिर छ ।
एकैदिनमा लेखा समितिको बैठक नगरी बजेट पास गर्नुपर्ने अवस्था के आई परेछ ?
बजेट पास गर्नु नगर सन्चालन गर्न रोक लगाउनु हाम्रो अभिप्राय होइन तर विधेयक सम्बन्धी छलफल हुन नपाउनुमा दुःख लाग्नु स्वभाविक हो । लेखा समितिको बैठक नबसी बजारमा आएको विषयका सन्दर्भमा लेखा समितिको संयोजकलाई पत्तो नदिई यो काम भयो । सहमती बेगर यति काम चलाखीपूर्ण रुपमा गर्नु पछाडी दालमा केही कालो देखियो । बजार हल्ला र यहाँको यो स्थिती मिल्न आयो, उपमेयर, वडा अध्यक्ष वा मेयर भनेर कसैलाई छोड्नु पर्ने छैन तर बेथितीको पक्षमा हामी छैनौं । एक एक छानबिन होस् सत्य तथ्य बाहिर आओस् भनेरै समिति गठन भएको वडा अध्यक्ष बिनोद गौतमले बताउनुभएको छ । उपमेयरको टुरिष्ट इन्फर्मेसनले गरेको फोहोरमैला ठेक्काको बिषयमा उपमेयरको संस्था मात्र रहेको तर त्यो संस्थामा वडा अध्यक्ष गणेश आचार्य, मेयरका सचिब ओम श्रेष्ठ र नगरपालिकाका कर्मचारी सन्दिप श्रेष्ठ समेतको संलग्नतामा संचालित संस्था हो । उपमेयरको गाडी मर्मतको विषयमा मेयर, उपमेयर आफैं बसेर गाडी बनाउने होइन, त्यस्तो देखिए छानबिन र आवश्यक कार्वाही गरे हुन्छ भन्ने कुरा नगरसभामा सहमति भएको विषय हो । सूचना लिक गर्नेलाई कारवाही हुनुपर्छ भन्ने माग देखिएको छ । अखिल काभ्रेका अध्यक्ष मिलन गौतम, पूर्व अध्यक्ष हरिस घिमिरे, एमाले धुलिखेल महिला संघ अध्यक्ष सरस्वती श्रेष्ठसहित वडा अध्यक्ष गणेश आचार्यको नाम जोडिएको धुलिखेल साना किसान सहकारीको दूध अनुदानमा भएको अनियमितता तथा सेतिदेवी माध्यमिक विद्यालयको अनियमिततामा मुछिएका वडा अध्यक्ष अर्जुन न्यौपाने, कार्यबाहक वडा अध्यञक्ष गिता तामाङको कार्यकालमा बालबालिकाको रकम अनियमितताको बारेमा उठेका विषयहरु र सिङ्गो नगरकै बेथितिको बारेमा सामाजिक सञ्जालमा आएका सबै विषयवस्तुमाथि छानबिन हुने बताउनुभएको छ । यस विषयमा संचार माध्यम, सामाजिक सञ्जालमा आएका विषयवस्तुप्रति नेपाली कांग्रेस धुलिखेल नगर समिति, नेकपा माओवादी केन्द्र धुलिखेल नगरसमिति र नेकपा एकीकृत समाजवादी धुलिखेल नगरकमिटीबाट दिइएको संयुक्त ज्ञापन पत्र एवं गत जेष्ठ ३२ गतेको कार्यपालिका बैठकमा वडा अध्यक्ष बद्रीप्रसाद हुमागाई सहित ७ जनाले दिएको ज्ञापनपत्र सम्बन्धमा नगरपालिकाको ध्यानाकर्षण भएको पत्र, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापामगरद्वारा हस्ताक्षर गरिएको पत्र सार्वजानिक गरेका छन् ।
यता नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्य कानुनको आधारमा वितीत्य उत्तरदायित्व ऐन, २०७६ सहित प्रचलित कानुनको अधिनमा रही प्राप्ति अधिकार बमोजीम नगरपालिकाले कार्य सम्पादन गरेको पत्रमा उल्लेख गरेको छ । खाना, खाजा विभिन्न बैठक, कार्यक्रम अतिथी सत्कार लगायतका साथै गाडी भाडा प्रशिक्षण फिल्ड निरीक्षण, नाप जाँच योजना वडा अनुगमन अतिथी संघ प्रदेश (प्रशासनिक कार्य), इन्धन तथा मेशिनरी उपकरण. डोजर, एम्बुलेन्स, १३ वटा सवारी साधन एवं करीव ३ दर्जन जति कर्माचारीका मोटरसाइकलमा इन्धनमा भएको खर्चको भुक्तानी गरेको नगरपालिकाले जानकारी गराएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |