Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अध्यक्ष सक्रिय नभए क्लब सुस्ताउँछ : लायन केसी

प्रभातफेरी अनलाइन ८२४ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २९, शुक्रबार (२ साल अघि)
अध्यक्ष सक्रिय नभए क्लब सुस्ताउँछ : लायन केसी

क्लब जन्माउनु ठूलो कुरा होइन, दीर्घकालिन रुपमा टिकाउनु ठूलो कुरा हो : लायन तिमिल्सिना
इच्छाशक्ति भए कुनै पनि कार्य असम्भव हुन्न : लायन हुमागाईं

काठमाडौं । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट चिफ एडभाइजर लायन सूर्य केसीले सम्बोधन गर्दै क्लबलाई निरन्तरता र दीगोपन कायम राख्नको लागि क्लबका अध्यक्षहरुलाई सक्रिय हुनुपर्ने बताउनुभएको छ । अध्यक्ष सक्रिय नभए क्लब सुस्ताउँछ भन्नुहुँदै क्लबबाट सेवाका कार्य गरिएन भने क्लबमा रहनुको पनि कुनै औचित्य नरहेको समेत बताउनुभएको छ ।

लायन केसीको थप कथन छ– क्लबको कुनै पनि कार्यक्रममा सहभागी हुँदा फर्मल रुपमा उपस्थित हुनुभयो भने नयाँ पुस्ता र समाजमा सकारात्मक प्रभाव जाने बताउनुहुँदै क्लबले सामाजिक कार्य गर्दा क्लबको गरिमा बढाउने कार्य गर्न समेत जोड दिनुभएको छ । साथै एक करोड बराबरको लागतमा तारकेश्वर नगरपालिका वडा नं. १ साङ्लास्थित कम्युनिटी अस्पतालको प्रोजेक्ट पारित भएको समेत कार्यक्रममा खुलासा गर्नुभएको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ अन्तर्गत लायन वर्ष २३–२४ को “इन्स्पायर टु लिड” नारालाई आत्मसाथ गर्दै जोन ३८ ले प्रि–एडभाइजरी कमिटी मिटिङ सम्पन्न गरेको छ । सो कार्यक्रममा जोन चियरपर्सन एमजेएफ लायन प्रल्हाद शर्मा हुमागाईंले सम्बोधनका क्रममा इच्छाशक्ति भए कुनै पनि कार्य सम्पादन गर्न गाह्रो नभएको बताउनुभएको छ । क्लबलाई कसरी दीर्घकालीन र पारदर्शी ढंगले अगाडि बढाउने भन्ने विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ । त्यसैगरी रिजन मेन्टर लायन संगीता थापा केसी, एडिस्नल कोअर्डिनेटर डिष्ट्रिक्ट बिल्डिङ्ग लायन रामहरी सिलवालले क्लबमा भएको कमी कमजोरीलाई सुधार्दै, समस्याको पहिचान गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।


कार्यक्रमको सञ्चालक जोन चियरपर्सन ३८ लायन उद्धव राज तिमिल्सिनाको कथन छ– क्लब जन्माउनु ठुलो कुरा होइन, क्लब दीर्घकालिन रुपमा टिकाउनु ठूलो कुरा हो भन्नुहुँदै आफ्नो क्बल पर्मानेन्ट गर्न सम्पूर्ण क्लबका अध्यक्षहरुलाई आग्रह गर्नुभएको छ । लायन तिमिल्सिनाले आवश्यक परेको खण्डमा जुनसुकै समयमा पनि आफू सेवा सुविधा प्रदान गर्न उपस्थित हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।


जोन ३८ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं तारकेश्वर प्लानेट, लायन्स क्लब अफ काठमाडौं तारकेश्वर बालाजु, लायन्स क्लब अफ काठमाडौं लिटिल बुद्ध र लायन्स क्लब अफ काठमाडौं कोअपरटिभका अध्यक्षहरुले आ–आफ्नो क्लबको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको छ । लायन्स क्लब अफ पूर्वक्षितिज काभ्रेका सचिव लायन बिपशना शाक्य लगायतको उपस्थिति रहेको सो कार्यक्रमको समापन जोन चियरपर्सन लायन उद्धव राज तिमिल्सिनाले गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0