Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एसईईको परिणामसँगै अभिभावक र विद्यार्थी कति सचेत बन्यौं ?

प्रभातफेरी अनलाइन ३१४ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ५, मंगलबार (२ साल अघि)
एसईईको परिणामसँगै अभिभावक र विद्यार्थी कति सचेत बन्यौं ?

के अझै पनि मोफसल काट्र्नैपर्ने बाध्यता कि फेशन !

काभ्रे । समय सापेक्ष र गुणस्तरीय शिक्षाको लागि काभे्र अग्र पंतिmमा रहेको तथ्य विभिन्न समयमा भएका अनुसन्धानहरुले बुझाएको छ ।
विगतमा गुणस्तरीय शिक्षाको लागि ठुलो धनरासी खर्च गरेर बिदेश धाउने परम्परालाई काभे्रले केही मात्रामा न्यूनिकरण गरेको यथार्थ हो । जिल्लाको कुनै पनि स्थानमा गुणस्तरीय शिक्षा हासिल गर्ने उचित वातावरण बनेकोले आफुलाई पायक पर्ने स्थानमै घरकै ढिंडो रोटो खाएर शिक्षा लिने अवसर पाएका छन् काभे्रली विद्यार्थीले । शिक्षाको लागि उर्वरा भूमिको रुपमा प्रख्यात काभ्रे राणाकालिन समयदेखि गणतन्त्रको स्थापनाकालसम्म आउँदा यी विद्यालयहरुको शिक्षा क्षेत्रमा राम्रो योगदान छ । पछिल्लो समय सामुदायिक विद्यालयले गुणस्तरीय आधुनिक शिक्षाको लागि राम्रो फड्को मारिरहेको अवस्थामा दक्षिण एशियामै परिचित तथा मुलुककै प्रतिष्ठित काठमाडौं विश्वविद्यालयदेखि विभिन्न प्राविधिक विद्यालय तथा स्कूल क्याम्पसले शिक्षालाई माथि उठाउन टेवा दिइरहेका छन् । जिल्लाको दुर्गम क्षेत्रहरुमा समेत गुणस्तरीय उच्च शिक्षाको लागि लगातार अनवरत ढंगबाट लागिरहेका विभिन्न विद्यालयहरुको ठुलो योगदान रहेको छ ।
हुन त जिल्लाको एसईई नतिजामा यो वर्ष पनि चित्त बुझ्दो परिणाम भने आएको देखिँदैन । तथापि पटक पटक उच्च परिणाम ल्याएका अनुभव जिल्लाका विद्यालयहरुसँग छ । अहिले एसईई पास गर्ने विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई एकनासको चिन्ताले सताईरहेको छ । त्यो हो कहाँ पढ्ने र के पढ्ने भनेर ? धेरै अभिभावकले आफ्ना सन्तानले बिज्ञान लिएर पढोस् र डाक्टर वा इन्जिनीयर बनोस् भन्ने चाहना राखेका हुन्छन् । आफ्ना छोराछोरिको चाहना र क्षमता के मा छ त्यसमा खासै ध्यान अभिभावकले अहिलेको समयमा पनि दिएको देखिएन । विद्यार्थीहरु पनि साथीले त फलानो क्याम्पसमा फलानो बिषय पढ्न लायो भनेर लहलहैमा लाग्ने गरेको देखिन्छ । यहाँनेर विद्यार्थी र अभिभावक दुवैले ध्यान दिन जरुरी छ ।
विद्यार्थीहरुले आफ्नो रुची के छ र भविष्यमा आफु के बन्ने भन्ने कुरा अहिले नै तय गर्न जरुरी थियो । अभिभावकले पनि आफ्नो सन्तानको रुची र क्षमतामा ध्यान दिन सक्नु आजको आवश्यकताभित्र पर्दछ । समाजले के भन्छ भन्दा पनि छोराछोरीले कुन बिषय पढ्न सक्छन र कुन क्षेत्रमा राम्रो गर्न सक्छन भन्ने कुरा महत्वपूर्ण विषय भएता पनि पछिल्लो आँकडालाई हेर्दा यसतर्फ विद्यार्थी अभिभावकले चासो दिएको पाइएन ।
विद्यार्थीको रुची र क्षमता साहित्यमा छ भने उसलाई बिज्ञान वा व्यवस्थापन पढ्न दवाव दिनु ठिक हैन । यसले गर्दा विद्यार्थीमा अनावश्यक मानसिक दवाव पर्छ र उसले कुनै विषय वा क्षेत्रमा राम्रो गर्न सक्दैन । उसलाई साहित्य नै पढ्न दिनु पर्छ । यदि उसलाई डक्टर पढ्न सक्छु भन्ने लाग्छ भने मात्र बिज्ञान तिर लगाउनु राम्रो हुन्थ्यो । अभिभावक, साथी र समाजको डर वा लाजले आफ्नो रुची र बिषय लिएर पढ्ने र पछि असफल हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यसले विद्यार्थीको समय र अभिभावकको लामो समय र पैसाको वर्वादी मात्र हुन्छ । विद्यार्थीहरुले पनि आफ्नो इच्छा र रुची बारे आफ्ना अभिभावकलाई राम्रोसंग भन्ने र उचित सरसल्लाह लिने गर्नु पर्दथ्यो । समग्र विश्लेषण गर्दा त्यो पाइएन ।
काभ्रेका धेरै अभिभावक राम्रो पढाई आफ्ना सन्तानहरुलाई हुने आशाले काभ्रेभन्दा बाहिर अध्ययनका लागि काठमाडौँ, भक्तपुरततिर पठाउने चलन अहिले पनि निरन्तर देखिएको छ । हुनेखानेले त पठाउन सक्लान तर कतिपयले ऋण काडेर भएपनि टाढा पठाउने गर्दछन् । यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने टाढा वा महँगो ठाउँमा पढाउदैमा छोराछोरिले राम्रो गर्न सक्छन भन्ने ग्यारेन्टी हुदैन । एसईई पछि प्लस टु पढ्ने बेला केटाकेटीहरु बरालिने र बिग्रने डर पनि धेरै हुन्छ । त्यसैले अभिभावकले आफ्ना सन्तान बाहिर पढ्न पठाउदा सकभर आफ्ना मान्छे नजिक भएको ठाउंमा राख्दा राम्रो हुन्छ । अर्को मुख्य कुरा जिल्लामा रहेका प्लसटु र क्याम्पसहरुको पर्फमेन्स हेर्दा अब साँगा भञ्ज्याङ्ग काट्नुपर्ने स्थिति थिएन । बिडम्बना ! त्यो रोक्न सकिएन । यसमा शिक्षासँग सरोकार राख्ने को, कहाँ, कति जिम्मेवार छौं, समीक्षा हुन आवश्यक छ ।
अहिलेका विद्यार्थी र अविभावकको मुख्य समस्या भनेको बिषय र क्याम्पसको छनौटमा समस्या हो । धेरै अभिभावकले आफ्ना सन्तानलाई बिज्ञान वा व्यवस्थापन नै पढ भनेर दबाब दिने गर्छन । आफ्ना सन्तानको रुचीमा ध्यान दिएर बिषयको छनौट गर्दा राम्रो हुन्छ । विद्यार्थीहरुले पनि आफ्नो परिवारको आर्थिक अवस्थालाई ध्यान दिएर बिषय र क्याम्पसको छनौट गर्नु जरुरी छ । घरमा बसेर नजिकको क्याम्पसमा पढ्नुको मजा नै अर्कै हुन्छ । परिवारको माया र घरको खानपिनबाट टाढा हुनु परेन भने पनि विद्यार्थीको ध्यान पढाईमा जान्छ । यो कुरामा विद्यार्थी र अभिभावकले ध्यान दिनु पर्छ । क्याम्पसको छनौट गर्दा पनि ठुला भवन र तडकभडक भन्दा पनि व्यवस्थापन र शिक्षकमा ध्यान दिन सक्नु पर्छ । बिषयगत योग्यता पुगेका शिक्षक छन् कि छैनन् वा अरु कर्मचारीहरु कस्ता छन् भन्ने कुरामा ध्यान दिन सके मात्र विद्यार्थीको पढाई राम्रो हुन सक्छ ।
जिल्लामा सक्षम र सम्पन्न उच्च माविहरु छाडेर साँगा भञ्ज्याङ्ग काटेर जान नपरेपनि हाल विभिन्न शैक्षिक संस्थाहरुमा अस्वभाविक हर्कतहरु पनि नदेखिएका भने होइनन् । यो कुरा अभिभावकले बुझनु जरुरी थियो । समुदायमा रहेका शैक्षिक संस्थाहरुमा समय सापेक्ष शिक्षा छ वा देखावटी मात्र हो, समय समयमा व्यवहारिक लगायतका विषयमा विषय विशेषज्ञबाट काउन्सिलिङ कक्षाहरु हुन्छ कि हुँदैन, पिउने पानी धारो तथा युभी प्रोटेक्टेड छ कि छैन, शौचालय रनिङ वाटरयुक्त छ कि छैन, इ लाइव्रेरी, पर्याप्त कम्प्युटर छ वा छैन ? कक्षा ११ मात्र छात्रवृत्ति दिने अनि १२ मा अन्त कतै जाँदैनन् भन्ने बुझेर १२ मा छात्रवृत्ति नदिने प्लस टुहरुको लामै ताँती अझै पनि छ । यी यावत कुराहरु बुझेर मात्र आफ्ना पाइला अगाडि बढाउन सकेको भए उत्तम हुने थियो । आलिशान भवन वा विज्ञापन राम्रा हुँदैमा शिक्षामा गुणस्तर हुन्छ भन्ने छैन । यसतर्फ हामी अभिभावक र विद्यार्थीले सूक्ष्म अध्ययन गर्न आवश्यक छ ।
अझै पनि जिल्लामा रहेका नेपालीको आयस्तरसँग मेल खाने सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्नमा अब्बल सावित भएको तथ्य त्यस विद्यालयहरुबाट आएको परिणामले पुष्टि गरेको छ । समयसँगै आफूलाई रुपान्तरण गर्ने सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको चासो जान जरुरी देखिन्छ । यसले मात्रै मुलुकको शिक्षा क्षेत्रको आवश्यकता परिपूर्ति गर्ने विश्वास शिक्षासँग सरोकार राख्ने विज्ञहरुले बताइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0