Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

प्रभातफेरी अनलाइन ३९९ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन ७, आईतबार (२ साल अघि)
नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

काभ्रे । उच्च रक्तचाप हुनेको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले थालिएको अभियानबारे नमोबुद्धमा जनप्रतिनिधीसंग छलफल गरिएको छ ।
नेपालमा नै पहिलो पटक जिल्लामा शुरु गरिएको ‘बागमती काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’ अन्तर्गत नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडाअध्यक्ष लगायत जनप्रतिनिधीसंग छलफल गरिएको हो ।  कार्यक्रममा नगरप्रमुख कुनसाङ लामाले मानिसको औषत आयू बृद्धि गर्नको लागि स्वास्थ्यसंग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले उच्च रक्तचाप हुनेको पहिचान र जोखिम नियन्त्रणका लागि यो अभियान सफल हुने विश्वास व्यक्त गरे । नमोबुद्ध नगरपालिका वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले अभियानको दायरा फराकिलो बनाउनुपर्ने बताए ।
काठमाडौं विश्वविद्यालयका तर्फबाट अनुसन्धानकर्ता विहङगम विष्ट, नमोबुद्ध नगरपालिका स्वास्थ्य शाखाका नर्सिङ अधिकृत नानीमैया विष्टलगायतले सरोकारवाला सबैको साथ र सहयोगबाट नमोबुद्धमा उच्च रक्तचाप र यसको जोखिम नियन्त्रण गर्न सकिने बताए ।  यसअघि नमोबुद्ध नगरपालिकाले १८ बर्ष माथिका सम्पूर्ण नगरवासीको स्वास्थ्य परिक्षण निशुल्क गरेको थियो । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाएको थियो । ४ हजार ६ सय ६१ जनाको परिक्षण गर्दा ५ सय ९७ जनामा उच्च रक्तचाप देखिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0