Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

प्रभातफेरी अनलाइन ३६१ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन ९, मंगलबार (२ साल अघि)
जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

काभ्रे । रोशी गाउँपालिकाको गत आर्थिक बर्षको बार्षिक प्रगती समिक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पालिका अध्यक्ष दिनेश लामाले जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले जनप्रतिनिधि र कर्मचारीले आ–आफ्नो दायित्व सहि तरिकाले सहि समयमा पूरा गर्न सके समृद्धि आउने बताउनुभएको छ । जनप्रतिनिधि र कर्मचारी एक आपसमा मिलेर कार्यसम्पादन गर्नुपर्ने बताउनुहुँदै रोशीको विकास र समृद्धिको लागि कर्मचारी र जनप्रतिनिधि दुवै जोडदार लाग्नु पर्ने लामाको भनाई छ ।
त्यसैगरी उक्त समीक्षा कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबा “ज्वाला” ले गाउँपालिकाको विकासका लागि यो कार्यक्रमले टेवा पुग्ने बताउनुभएको छ । जनप्रतिनिधि र कर्मचारी दुवैले गुनासोरहित काम गर्नुपर्ने भनाई राख्नुहुँदै समृद्ध रोशी पालिका निर्माणको लागि आयोजनाहरूको अनुगमन कडाईका साथ गर्ने वाईबाले सो अवसरमा प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपालमै पहिलोपटक कर्मचारीले नै मध्यमकालिन खर्च संरचना तयार पारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी गराउनुभएको छ । यसले गर्दा लिजा र फ्ल्यापले गर्ने मूल्यांकनमा १० देखि १५ अंक बृद्धि हुने उहाँको दाबी छ । पहिला पहिला बजेट नीति तथा कार्यक्रममा मात्र समिक्षा हुने गरेकोमा यस बर्षदेखि गैरबजेट शाखाको पनि प्रगति प्रतिवेदनको समिक्षा गरेर नयाँपन दिएको तामाङले बताउनुभएको छ । यो कार्यक्रमले पालिकाभित्रका कमजोरीहरूलाई सुधारेर आगामी बर्षको कार्यसम्पादन चुस्त र दुरुस्त पार्नको लागि सहयोग पुग्ने बताउनुभएको छ ।
आर्थिक बर्ष २०७९÷०८० मा रोशी गाउँपालिका÷वडा कार्यालय मार्फत सम्बन्धित क्रियाकलापहरूको बार्षिक प्रगती समिक्षा २०८० मा गाउँपालिकाका सबै शाखाहरूले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । श्रव्यदृश्यको माध्यमबाट स्वास्थ्य शाखाको प्रगति प्रतिवेदन शाखा प्रमुख गंगालाल श्रेष्ठले प्रस्तुत गरेका थिए । शाखा मार्फत सञ्चालित १५ वटा स्वास्थ्य संस्थाबाट गत वर्ष २७ हजार ५ सय ४४ जनालाई सेवा प्रदान गरेको जनाएको छ । शिक्षा तथा खेलकूद शाखाका राजेन्द्र सिग्देलले ९३ दशमलव २४ प्रतिशत उपलब्धी हासिल गरेको जानकारी गराउनुभएको छ ।
त्यस्तै सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको प्रतिवेदन फिल्ड सहायक सिता श्रेष्ठले प्रस्तुत गर्नुभएको छ । पशुपञ्छि विकास शाखाको रघुनी साह, कृषि विकास शाखाको समिता तामाङ, रोजगार सेवा शाखाका चन्द्रकुमार पाख्रिन, पूर्वाधार विकास शाखा भूपेन्द्र अधिकारी, नापी शाखाका महेश काफ्ले, आयुर्वेद शाखाका सविता गौतम, न्यायिक तथा कानुन शाखाका वेवी डेजी गुप्ता, उद्यम विकास शाखाका मनिषा मोक्तान, महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाका रञ्जना चौलागाई, लेखा तथा आर्थिक प्रशासन शाखाका पेमा नाम्गेल लामा, आन्तरिक लेखा परिक्षण शाखाका चन्दावती श्रेष्ठ, प्रशासन तथा सूचना प्रविधि शाखाका प्रकाश पौडेल र जलस्रोत तथा जिन्सी शाखाका प्रगति प्रतिवेदन उक्त अवसरमा प्रस्तुत गरिएको छ ।
योजना शाखाका प्रमुख राम लामाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सोमबार गाउँपालिकाको सभाहलमा वार्षिक समिक्षा सम्पन्न भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0