काभ्रे । नेकपा माओवादी केन्द्रका केन्द्रिय उप—महासचिव जनार्दन शर्माले नेपाली जनताले पार्टीलाई गरेको विश्वास किन कायम गर्न सकेनौ भन्ने प्रश्न आफूले आफैलाई गर्न आवश्यक रहेको बताउनु भयो ।
नेकपा माओवादी केन्द्र धुलिखेल नगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि उप—महाँसचिव शर्माले उक्त धारणा राख्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले थप्नुभयो—नेपाली जनताले माओवादी पार्टीलाई विश्वास गर्दै गर्दा अपेक्षा पनि गरेका थिए । जनताले मुलुकको हितको खातिर जे अपेक्षा गरेका थियौं त्यो हामीले पुरा गर्न नसक्दा जनताको विश्वास कायम हुन सकेन । जनताको चाहना अनुसारको कार्य गर्नको लागि निरन्तर लागि रहेछ केही त पुरा भए तर पर्याप्त हुन सकेन । नेपाली जनताले गरेको अविश्वासलाई निरन्तरता दिदै नेपाली जनताको चाहना अनुसारको जन संविधानलाई १० वर्षे जनयुद्धको आडमा जारी भयो त्यसलाई अक्षरशः कार्यान्वयन हुनु पर्थ्यो । हामी सो विषयमा मसिनो ढंगबाट केलाउँदै कार्यान्वयन गर्ने पक्षमा लागिरहेको बताउनु भयो ।
शान्तिका पश्चात बनेको सरकारले ३० हजार सम्मको सम्मको ऋण मिनाहा, १ लाख सम्मको ऋणको व्याज मिनाहा भएको कुरा, समावेशी प्रणाली लागू गरेको कुरा, ठूला विकासको रुपमा मध्यपहाडी लोकमार्ग निर्माण प्रकृया अगाडि बढाएकै हो । १८ घण्टा सम्मको लोडसेडिङको मारमा रहेका नेपाली जनतालाई लोडसेडिङ मुक्त गरी उज्यालो नेपाल निर्माण गर्न सफल भएकै हो । यस्ता धेरै आमूल परिवर्तनको कार्यहरू भएको नेपाली जनतासमक्ष घाम जस्तै छर्लङ्गै छ तर पनि नेपाली जनताको लागि अपर्याप्त हो । जनताले यो उपलब्धि भन्दा धेरै छलाङ मार्न चाहन्थे । उप—महाँसचिव शर्माले थप्नुभयो ।
नेपाली जनताको चाहना भनेको तिव्र रुपमा समृद्ध नेपाल निर्माण गर्ने साथै मुलुकको प्रगतिको चाहना छ सो विषयलाई हामीले बुझेका छौं र चाहना पुरा गर्ने पक्षमा जुटाइ रहेका छौं । हामीले संविधान बनायौँ र यहाँ सम्म आँउदै गर्दा यो संविधानको स्वामित्व लिने अरु कोही भइदिएको भए, संविधानलाई कार्यान्वयन गर्ने अरु पार्टी पनि भैदिएको भए सायद माओवादी पार्टी नभएमानि ठिकै छ भन्ने हुन्थ्यो होला । हामीले यहाँ सम्म आएर हेर्दै गर्दा अन्य पार्टीसँग बहस गर्दै गर्दा संघीयता चाहिन्न भन्ने बहस सुरु गरेका छन् । यो देसलाई समावेशी बनाउनको लागि, आ—आफ्नो भाषामा शिक्षा हासिल गर्न पाउनको लागि आफ्नो परम्परा एवं ऐतिहासिकतालाई स्थापित गर्न पाउनको लागि , आफ्नो पहिचान स्थापित गर्न पाउने लगायतको विषय कम महत्वको हैन । उप—महाँसचिव शर्माले भन्नुभयो ।
संविधानमा लेखिएका कुराहरू अक्षरशः पालन नहुने हो भने फेरिपनि जनताको अधिकार कुण्ठित हुन्छ, दलित, ममिला, जनजाति लगायतले पाएका अधिकार खोसेर फेरी अत्याचार हुन सक्छ । सोही खालको सड्यन्त्र रच्दै मुलुकमा संघीयता आवश्यक छैन भनेर बहस चलाउँदै छन् यस्ता विषयमा नेपाली जनता सचेत हुन जरुरी छ । परिवर्तनबाट भएका धेरै ऐतिहासिक महत्वपूर्ण उपलब्धि हरू छ त्यस्ता उपलब्धिलाई बीचैमा छोडेर नेकपा माओवादी भाग्दैन । नेपाली जनताको ७० वर्ष लामो संघर्ष बलिदानी र त्यागलाई माओवादीले बिर्सदैन । हामी अभियानको रुपमा जनतासमक्ष पुगेका छौं, यसरी जनतासँग पुग्नको प्रमुख कारण हामीले के कस्ता कमिकमजोरीहरू गरेउ ? के कस्ता विषयमा सुध्रिनु पर्यो ? भन्ने विषयमा सोध्नको लागि आएका छौं जनताले दिएको सुझावको आधारमा अगाडि बढ्ने छौं, जनतालाई सिकाउन आएका छैनौ हामी जनतासँग सिक्न आएको हौं । उप—महासचिव शर्माले भन्नुभयो ।
राजनीतिक स्थायित्वको लागि बाम शक्तिहरु एकै ठाउमा रहने प्रयास नगरेको हैन । म कोही नेतालाई दोष दिन त चाहन्न धर्तीबाट विग्रियो आकाशबाट ! समिक्षा गर्न बाँकी छ तर जनताले रामैसँग बुझिसकेका छन् । जनताको समस्यालाई मध्यनजर गरेर आएका छौं हामी हरेक घरमा हरेक टोलमा पुगेर सुझाव संकलन गछौँ । अभियानको क्रममा प्रचण्ड पनि वडा वडामा पुग्नुभएको छ उहाँ जनताको साथमा हुनुहुन्छ सुझावको लागि । जनता जनता बिचमा के कस्ता समस्या छन् ? समस्याको समाधानको सम्भावना बुझ्नको लागि सबै नेता जनता समक्ष पुगेका छन् । यो माओवादीले गरेको अर्को आन्दोलन हो, यो आन्दोलनलाई निश्चित उचाइ सम्म नपुगे सम्म पूर्ण विराम लाग्दैन । उप—महाँसचिव शर्माले ठोकुवा गर्नुभयो ।
धुलिखेल नगर समितिका अध्यक्ष दिन दयाल श्रेष्ठको सभापतिमा सम्पन्न उक्त शुभकामना आदान प्रदान कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार दिल शुन्दर श्रेष्ठ, केन्द्रिय सदस्य कृष्ण अधिकारी, केन्द्रिय सदस्य एवं सांसद मुक्ति प्रधान, केन्द्रिय सदस्य अनिल शर्मा, बागमती प्रदेश सचिव एवं खानीखोला गाउँ पालिका अध्यक्ष इन्द्रबहादुर थिङ, नेकपा माओवादी केन्द्र जिल्ला पाटी समिति काभ्राको संयोजक भोला अर्याल लगायतका वक्ताहरूले आ—आफ्नो धारणा राख्नुभएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |