Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अपाङ्गताहरूलाई हस्तकला उत्पादन व्यवस्थापनको तालिम दिँदै काभ्रे बहुमुखी क्याम्पस

प्रभातफेरी अनलाइन ४२९ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १६, बिहिबार (२ साल अघि)
अपाङ्गताहरूलाई हस्तकला उत्पादन व्यवस्थापनको तालिम दिँदै काभ्रे बहुमुखी क्याम्पस

काभ्रे । काभ्रे बहुमुखी क्याम्पस, बनेपाको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग, सानोठिमीको सहयोगमा “काभ्रे जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्तिकण गर्न हस्तकला उत्पादन व्यवस्थापन” विषय अन्तर्गत कार्यक्रम प्रमुख अतिथि बागमती प्रदेशका प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादेले समुद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व उद्योगराज्यमन्त्री एवं बागमती प्रदेश, प्रदेश सभा सदस्य वादेले जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि यो कार्यक्रम उत्कृष्ट रहेको बताउनुहुँदै यसको दीगोपनाको लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रमको मुख्य उद्देश्य भनेकोअपाङ्गता भएका व्यक्तिहरूलाई हस्तकला उत्पादन र सोको बजार व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गर्ने क्याम्पसले जानकारी दिएको छ ।
काभ्रे जिल्लाभित्रका अपाङ्गता भएका सहभागीहरूलाई पहिलो चरणमा मंगलबारदेखि कागज र कपडाको हस्तकला तालिम सञ्चालन गरिने क्याम्पसका उपप्राध्यापक एवं कार्यक्रम प्रमुख कृष्णप्यारी नकर्मीले जानकारी दिनुभयो । उहाँले विभिन्न चरणमा सञ्चालन हुने उक्त कार्यक्रमको दोस्रो चरणमा पराल र बाँसको हस्तकला तालिम, तेस्रो चरणमा उत्पादनको रेकर्ड राख्ने र व्यवस्थापन सम्बन्धी तालिम र चौंथो चरणमा उत्पादनको प्रवद्र्धन र बिक्री सम्बन्धी तालिम सञ्चालन गरिने बताउनुभयो ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ६ का कार्यवाहक वडाध्यक्ष लालकृष्ण तिमल्सिनाले आफ्नै वडामा रहेको क्याम्पसले नै समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिका लागि यस किसिमको कार्यक्रम गर्न लागेकोमा गर्व गर्नुहुँदै आवश्यक सहयोग गर्न समेत प्रतिबद्ध रहेको बताउनुभयो ।
काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोकेले हस्तकला उत्पादन र व्यवस्थापन पछि बजार प्रबद्र्धनको कुरा आउने र जसका लागि काभ्रे उद्योग वाणिज्य संघसँग सहकार्य गरी अघि बढ्न सक्ने बताउनुभयो ।
नेपाल अपाङ्ग महिला संघकी महासचिव एवं जिल्ला अपाङ्गता संघ, संस्था समन्वय समितिका सचिव पम्फा पुर्काेटीले अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गर्न लागिएको यो कार्यक्रमले उनीहरूको आर्थिक तथा सामाजिक क्षेत्रमा प्रभाव पार्ने बताउनुभयो । उहाँले यस्ता किसिमको कार्यक्रमहरू एकपटक मात्र सञ्चालन नभई दीगो रूपमा सञ्चालन हुनुपर्ने बताउनुभयो ।


विश्वविद्यालय अनुदान आयोगको सहयोगमा काभ्रे बहुमुखी क्याम्पसले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउनुहुँदै क्याम्पस प्रमुख के.जी. वैदारले यो पटकदेखि क्याम्पसबाट समुदायमा पनि केही योगदानका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक र सामाजिक स्तरोन्नतिको लागि यस किसिमको कार्यक्रम सञ्चालन गर्न लागिएको र आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरू उहाँले बताउनुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं सुस्त मनस्थिति कल्याण संस्थाका केन्द्रीय अध्यक्ष लम्बोदर कायस्थले क्याम्पसले शुरू गरेको यस किसिमको कदमलाई स्वागत गर्नुका साथै उहाँले यस किसिमको कार्यक्रमलाई आगामी दिनमा अझैं प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य एवं सहायक क्याम्पस प्रमुख अर्चना हाडाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको छ । कार्यक्रममा जिल्ला अपाङ्गता संघ संस्था समन्वय समिति कोषाध्यक्ष एवं काभ्रे बहिरा विकास संस्थाका महासचिव धिरोज अधिकारी, क्याम्पस सञ्चालक समितिका सदस्य कृपेन्द्र श्रेष्ठ, इश्वरीप्रसाद ओझा, क्याम्पसका प्राध्यापकहरू, कर्मचारीहरू, विद्यार्थीहरू र तालिमका सहभागीहरूको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0