Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तमुंज्याः कार्यक्रममा सहभागी हुन भक्तपुरमा

प्रभातफेरी अनलाइन ४३२ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक २१, मंगलबार (२ साल अघि)
तमुंज्याः कार्यक्रममा सहभागी हुन भक्तपुरमा

तमुंज्या कार्यक्रममा वर्षेनीजसो सहभागिता जनाउँदै आएको पनि धेरै वर्ष भयो । ४३ वर्ष पु¥याइसकेका छन् यस तमुंज्याः को वृहत् कार्यक्रम । यस वर्ष ल्यसिंख्यः रहेछ कार्यक्रम हुने स्थल । नेपाल मजदूर किसान पार्टीसँग सम्बन्धित मित्रहरुको आयोजनामा हुने यस कार्यक्रमले उनीहरुको सुन्दरता, सिर्जनशीलता र भद्रता राष्ट्रमा देखाउन सफल छन् । साहित्यको मञ्चबाट देशको समसामयिक विषयमा विचार राख्न दिने परम्परा पनि यस तमुंज्याले गरेर आफूलाई चिनाएका छन् । कविता, कथा, लेखनिबन्ध सुनाइने यस कार्यक्रममा नेपालभाषामा मात्र नभई नेपाली र देशका अन्य भाषाका लेख–रचना वाचन गर्ने पनि परम्परा छ । किसानहरुको बाहुल्य रहेको भक्तपुर नगरको नगरबासीहरु यस कार्यक्रममा अनुशासित ढङ्गले सहभागिता जनाउने गर्छन् । हजारौं जनमन जोडिएर हुने यस वृहत् गोष्ठीमा सिक्नुपर्ने धेरै कुराहरु छन् । कार्यक्रम ठीक समयमा हुनु, जनताको अत्यधिक सङ्ख्यामा उपस्थित रहनु, सबै विषयका विद्वतजनलाई विचार राख्न दिनु, सम्मान गर्नलायकका व्यक्तित्वहरुलाई मञ्चमा आसन गराउनु, आफ्नो संस्कृति, भाषाभेषलाई उजागर गर्नुका साथै अतिथिहरुका लागि उचित जलपानको व्यवस्थापन गर्नु निकै सौहार्दमय र अरुले पनि अनुकरण गर्नलायकका छन् ।
उद्घाटनको दिन कार्तिक ९ गते नै पुग्ने समय मिलाइएकोले कृष्णकुमार वैद्य, सत्यनारायण भालु श्रेष्ठ, कान्ति अवासँग भक्तपुर जान बनेपा, चारदोबाटोबाट १०ः३० तिर बस चढ्यौं । आदर्शमा ओर्लिएर हामी कार्यक्रमस्थलतर्फ लाग्दा कार्यक्रमको थालनी हुन लागिसकेको रहेछ । ल्यसिंख्यमा व्यवस्थित ढङ्गले राखिएका सबै मेचहरु श्रोताजनले भरिभराऊ भइसकेका रहेछन् । अतिथिका रुपमा मलाई पनि आमन्त्रण गरेको कारणले पहिलो पङ्क्तिमा प्रेम सुवालसँग मलाई डो¥याएर लगे । केहीक्षण पछि नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा जनमतका सम्पादकका रुपमा मलाई आसनग्रहणका लागि मञ्चमा डाके ।
योगेन्द्रमान बिजुक्छेँको सभापतित्वमा भएको उक्त कार्यक्रममा करिव ९ जना विभिन्न क्षेत्रका महानुभावहरु अतिथिका रुपमा रहने व्यवस्था मिलाइएको रहेछ । त्यस सत्रमा साहित्यकारहरु डा. रामप्रसाद ज्ञवाली, रामबिन्दु श्रेष्ठ, रोशन शेरचन र म मञ्चमा रहेका थियौं । स्वागतगानले स्वागत गरिसकेपछि आयोजक संस्थाका अध्यक्ष बलराम सिबन्जारले स्वागत मन्तव्य राख्दै सबै उपस्थितहरुको स्वागत गरे । कविता, कथा, गीतका करिव १२ वटा लेख–रचना पछि मेरो मन्तव्य हुने पालो आएकोले मैले आफूले नेतृत्व गर्दै आएको ‘नेपाल साहित्यिक पत्रकार संघ’ का तर्फबाट साहित्यिक पत्रकारहरुको व्यथा–कथा बताउँदै राज्यबाट सम्मान नभएको यो क्षेत्र महत्वपूर्ण रहेको भए पनि अपहेलित रहेका सन्दर्भहरु पोखेर नेपालका साहित्यिक पत्रकारहरुको इतिहास समेत राख्न पाएँ । सङ्क्षिप्तमा साहित्यिक पत्रिकाहरुको ऐतिहासिकता, परिचय, तथ्याङ्क र अवस्थालाई लिखित रुपमा नै प्रस्तुत गरें र ‘बुँख्याचा’ बारे लेखेको कविता वाचन गरेर मन्तव्य टुङ्ग्याई दिएँ ।
मञ्चमा रहेका सभापतिलगायत सबैसँग हात मिलाएर तल झ¥यौं र तल नै बसिरहेका नेमकिपाका मित्रहरु नारायणमान बिजुकछेँ, प्रेम सुवाल, सुनिल प्रजापति र सुरेन्द्रकुमार गोसाईंसँग विदा माग्यौं । जलपान गरेर जान खोजेको थिएँ । मोटरको व्यवस्था मिलाइएको छ भन्ने खबर बलरामजीबाट प्राप्त भएकोले जलपान पछि एउटा भ्यानमार्फत् सजिलै बनेपा पु¥याइदियो । र यस वर्षको तमुंज्याः कार्यक्रममा सहभागिता जनाउन पाउँदा खुसी लाग्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0