Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मानव कल्याण समाज (सेवाघर)

प्रभातफेरी अनलाइन ४३२ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक २१, मंगलबार (२ साल अघि)
मानव कल्याण समाज (सेवाघर)

बिहान ७ः३० तिर समाजसेवक त्रिरत्न रञ्जितकारले आफ्नो कारबाट डो¥याएर लाने भएको हुनाले चाँदनीचोकमा पुगें । साहित्यकार हरिप्रसाद चौलागाईं पनि हामीसँगै जाने भएकोले मभन्दा अगाडि पुगिसक्नुभएको रहेछ चोकमा । त्रिरत्न आइपुगे मोटरमा चढ्यौं । गफ गर्दै अगाडि लाग्यौं । ढलमले, पनौतीमा रामसुन्दर देउजा पर्खिराख्ने भनेकोले एकक्षण ढलमले रोकियौं । सर चढ्नुभयो; हामी हिँड्यौं । हामीलाई बाटो थाहा थिएन देउजासरले डो¥याएर लानुभयो ।
बाटोको उकालोमा रहेछ हामी पुग्न लागेको सेवाघर । सेवाघर भित्रको प्राङ्गणमा छि¥यौं । लम्पसार घाम उदाएको बेला छ । सेवाघरमा रहेका दीन–दुःखी, असहाय, अशक्तहरु पनि घामसँगसँगै छरपष्ट फिँजिएका छन् प्राङ्गणभरि । राम्रो घर बनाइएको रहेछ; ठाउँ–ठाउँमा छेउछाउ मिलाएर फूलहरु फुल्न दिएका छन् । धुलिखेल नगरपालिकाको सहकार्यमा बागमती प्रदेशको सहयोगमा बनाइएको उक्त घर शङ्खुक्षेत्रका लागि राष्ट्रमा देखाउन सकिने सुन्दर घरको रुपमा देखा प¥यो । उक्त घरमा विभिन्न कारणले सडकपेटी तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन निर्वाह गर्न वाध्य तुल्याइएका अशक्त, अनाथ, अपाङ्ग, मनोरोगी र बेवारिसे जेष्ठ नागरिकहरुलाई गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षाको व्यवस्था गरी राखिएको पाइन्छ । यस्तै दुःख पाएका मान्छेहरुको थलोमा आज सयपत्री प्रतिष्ठान नेपाल, जनागाल, बनेपाका समाजसेवीहरुसँग पुग्न पायौं । सयपत्रीको आयोजनामा सयपत्री प्रतिष्ठानका संरक्षक तथा समाजसेवी कृष्णकुमार के.सी.को सम्झनामा आज हामीहरु यस सेवाघरमा पुग्न पाएका हौं । यस घरमा रहेका अशक्तजनहरुका लागि केही खाद्य सामग्री, भाडावर्तन र रु.३४,०००।– जति नगद सहयोग गर्न हामी त्यहाँ पुगेका हौं ।
जनागालसँग मेरो आत्मिय सम्बन्ध भएको पनि धेरै वर्ष भयो । मेरो कार्यदक्षता र साहित्यिक सेवालाई मन पराइदिएर प्रतिष्ठानले मलाई विशेष सल्लाहकारका रुपमा मान्यता दिंदै आएको धेरै वर्ष भयो । यसै प्रतिष्ठानबाट राष्ट्रका र जिल्लाका थुप्रै साहित्यिक दम्पतीहरुको सम्मान, प्रत्येक वर्षजसो देवकोटा जयन्ती मनाउने चलन चलाइएको पनि धेरै वर्ष भयो । सम्मानित र प्रमुख अतिथिजीहरुलाई चिनाउन सयपत्री प्रतिष्ठानले स्मारिका पनि प्रकाशन गरेको जसको प्रधानसम्पादक भई अक्षर–यात्रामा सहभागी हुन पाएको पनि गौरवपूर्ण सन्दर्भ बिर्सिपठाउन गा¥हो छ ।
आज सेवाघरमा पुगेर अनाथहरुको सेवामा प्रमुख अतिथि भएर पुग्ने मौकामात्र होइन कार्यक्रममा आफ्नो विचार पनि राख्न पायौं । सेवाघरका बहिनीले आफ्नो मार्मिक भावना पोखेको उक्त कार्यक्रममा आफ्नो विचार राख्दै भनेका थिएँ – “सेवाघर हुनु महत्वपूर्ण कुरा हो ।
यसको साथै सेवा गर्ने भावनाले यस घरमा पुग्ने कार्य पनि महत्वपूर्ण छ । तर विडम्बनाको कुरो; यस्ता अनाथहरु जो सडकमा बेवारिस फ्याँकिएका छन् उनीहरुको तथ्याङ्क गाउँपालिका, नगरपालिकाहरुले राख्नु पथ्र्यो मात्र होइन यस खालका जघन्य अपराध गर्नेहरुलाई सजायको भागिदार पनि बनाई दिनुपर्छ । धाराबाट शुद्ध पानीको आशा गर्ने हो भने मुहान सफा राख्नुपर्छ ।” राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको उद्घोषण रामसुन्दर देउजाले गर्नुभएको थियो ।
उक्त समारोहमा अतिथिका रुपमा कृष्णकुमार के.सी.का पिताजी, त्रिरत्न रञ्जितकार र सूर्यनारायण नापितहरु थिए । सेवाघरलाई सहयोग हस्तान्तरण गरियो र मनमनै यी कविताका हरफहरु राखेर फर्कें –
सेवा गर्ने कर्म ठूलो; सेवा नै धर्म हो;
अरुलाई दिंदै गर्दा आफूले पाउने हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0