Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धनतेरस (धन्वन्तरी) जयन्ती

प्रभातफेरी अनलाइन ६४४ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक २४, शुक्रबार (२ साल अघि)
Post Thumbnail

मिती २०८० साल कार्तिक २४ गते शुक्रवार कार्तिककृष्णपक्ष द्वादशी तिथी बिहान ११ / ५० बजेसम्म त्यस उपेरान्त त्रयोदशी तिथी भएकोले यो दिन धनत्रयोदशी (धन्तेरस) र यम दीपदान हो भने २५ गते शनिबार धन्वन्तरि जयन्ती रहेको छ।
धनतेरस पूजा विधि
धनतेरसको दिन सबैभन्दा पहिले बिहान उठेर दिनचर्याको चिन्ता छोडेर धनतेरस पूजाको तयारी गर्न थाल्नुहोस्।यसपछि घरको उत्तर–पूर्व कुनामा भगवान धन्वंतरीको पूजा गर्नुहोस्।ध्यान राख्नुहोस् कि पूजा गर्दा आफ्नो अनुहार सधैं उत्तर, पूर्व वा उत्तर दिशामा राख्नुहोस्।
पूजा गर्दा पञ्चदेव अर्थात् सूर्यदेव, भगवान गणेश, माता दुर्गा, भगवान शिव र भगवान विष्णुको मूर्ति स्थापना गर्नुपर्दछ।यसपछि भगवान धन्वंतरीको षोडशोपचार पूजा गर्नुहोस्।पूजाको अन्त्यमा, सिद्धिको लागि निश्चित रूपमा दक्षिणा चढाउनुहोस्।पूजा समापन पछि भगवान धन्वंतरीको अगाडि धूप, दीप, बेसार, कुमकुम, चन्दन, अक्षत र फूल अर्पण गरी पूजा गर्नुहोस्।
यसपछि घरको मुख्य प्रवेशद्वार वा आँगनमा दियो बाल्नुहोस्।यम देवताको नाममा दीप अवश्य बाल्नु।त्यसैगरी यस दिन यमदीपदान गर्ने चलन पनि छ ।धार्मिक विधि अनुसार दिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्छ । यसो गर्दा मृत्युपछि यमराजले दिने यातना खप्नु पर्दैन भन्ने विश्वास गरिन्छ ।धनतेरसको दिन घरमा आफ्नो मनपर्ने देवताको पूजा गर्दा स्वस्तिक, कलश, नवग्रह देवता, पञ्च लोकपाल, षोडश मातृका र सप्त मातृकाको पूजा गर्न नबिर्सनुहोस्।
धनतेरसको पौराणिक कथा
भगवान धन्वंतरीलाई स्वास्थ्यका देवताको रुपमा पुजिन्छ ।पौराणिक कथा अनुसार सागर मन्थनका बेला भगवान धन्वंतरी अमृत कलश लिएर अवतरण गरेका हुनाले यस दिन भाँडाकुँडा किन्ने चलन प्रचलित भएको हो ।
अर्को किंवदन्ती अनुसार एक पटक भगवान विष्णुले श्राप पाएपछि लक्ष्मीले तेह्र वर्ष किसानको घरमा बस्नुपर्ने भयो ।माता लक्ष्मीको त्यो किसानको बासले गर्दा उनको घर धनसम्पत्तिले भरियो।तेह्र वर्षपछि भगवान विष्णु लक्ष्मीलाई लिन आउँदा किसानले लक्ष्मीलाई त्यहीँ बस्न अनुरोध गरे ।
यसबारे लक्ष्मीले किसानलाई भोलि त्रयोदशी रहेको भन्दै दीप सफा गरी दीप प्रज्वलन गरी पूजा गरेमा कृषकले ऐश्वर्य र धन दौलत प्राप्त हुने बताइन् ।यसपछि किसानले माता लक्ष्मीले भनेजस्तै गरे ।तब माताको कृपाले धन र वैभव प्राप्त हुन्छ।त्यसबेलादेखि धनतेरसको दिन लक्ष्मीको पूजा गर्ने चलन सुरु भएको जनविश्वास छ। धन्तेरसको दिन काैडी, कमलगट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको काैडी कमलगट्टा र सिङ्गो धनियाँ लक्षमी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्नेछ ।
पं-बालमुकुन्द देबकोटा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0