काभ्रे । काभ्रे जिल्ला बनेपा न.पा. वडा नं. ०७ स्थित सकुन्तला श्रेष्ठले संचालन गर्दै आएको जेनुन कस्मेटिक्स एण्ड फेन्सी पसल चोरी भएको छ ।
दोलखा जिल्ला भि.न.पा. वडा नं. ०७ बस्ने वर्ष ६३ की दुर्गा बि.क. र निजकै बुहारी वर्ष ३५ की बिनिता बि.क.ले पसलमा रहेको कपडाहरू हेरी झुक्याएर पसलमा रहेको कुर्ता सुरूवाल १६ सेट, टप्स ६ थान लगायतका कपडाहरू चोरी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
मंगलबार बनेपा न.पा. वडा नं. ०९ स्थितबाट पक्राउ परेका निजलाई जिल्ला अदालत काभ्रेमा चोरी सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |