Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १४, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काठमाडौं विश्वविद्यालयः हङकङ्गमा बुद्धिज्म अध्यापन गर्नेगरि आज दुइ सम्भौता

प्रभातफेरी अनलाइन ६८४ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २०, बुधबार (२ साल अघि)
काठमाडौं विश्वविद्यालयः हङकङ्गमा बुद्धिज्म अध्यापन गर्नेगरि आज दुइ सम्भौता

काभ्रे । काभ्रेस्थित नमोबुद्ध बुद्धिष्ट मेडिटेशन शिक्षा केन्द र हङकङमा अवस्थित थ्राङ्गु वज्रयाना बुद्धिष्ट मेडिटेशन केन्द्र बीच आगामी फेब्रुअरी २०२४ देखि बुद्धिष्ट अध्ययनका प्राज्ञिक कार्यक्रम चलाउनेगरी आज दुई सभझदारी पत्रमा हस्ताक्षर भएका छन् । यि संस्थाबीच भएको समझदारीपत्र (मेमोरेन्डम अफ अण्डरस्ट्याण्डिङ्ग) मा विश्वविद्यालयका ग्लोबल इन्गेजमेन्ट डिभिजनका कायमुकायम निर्देशक डा. उद्वव प्याकुरेल र नमोबुद्धस्थित गुम्बाका प्रतिनिधि खेन्पो चोंङ्गीले हस्ताक्षर गरेका थिए भने प्राज्ञिक कार्यक्रम संचालन गर्ने सन्दर्भमा भएको अर्को सम्झौता (डेफिनिटिस एग्रिमेन्ट) मा स्कुल अफ आर्टस का कायमुकायम डिन सुश्री एक्कुमाया पुन र हङ्गकङ्ग स्थित थ्राङ्गु बुद्धिष्ट मेडिटेशन केन्द्रका निर्देशक सेम्पो लामा दावा हिटीले हस्ताक्षर गर्नुभएको छ ।
उपकुलपति प्रा. डा. भोला थापा, विश्वविद्यालयका सल्लाहकार प्राध्यापक पन्ना थापा, योजना विभागका कायमुकायम निर्देशक डा. बिराज थापा, डा. राम लामा लगायतको उपस्थितिमा नमोबुद्धमा आयोजित उक्त हस्ताक्षर तथा सम्झौता आदानप्रदान कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै उपकुलपति प्रा. थापाले दलाई लामाको तस्विरका समीपमा बसेर सम्झौता गदैगर्दा थुप्रै सम्झौता गरिन्छ, तर कार्यान्वयनमा गर्न सकिएला कि नसकिएला भनेर पनि गम्भिर हुन परेको बताउनु भयो । “युवापुस्ताले पुराना पुस्तालाई विश्वास गर्छ कि गर्दैन, अनि हामीले गरेका कर्मले उनीहरुको भविष्यलाई जोड्ला कि नजोड्ला भन्नेमा चिन्तन गर्ने अवस्था आएको छ”, उहाँले थप्नुभयो । औपचारिक र अनौपचारिक शिक्षाको विषयको बहस बारे बोल्दै अहिलेको अवस्थाले कुन औपचारिक र कुन अनौपचारिक शिक्षा भन्नेमा यकिन गर्न गाहे भएको बताउदै गुम्बाले जस्तो सेवा दिएको छ, उस्तैउस्तै कार्य गरिरहेका विश्वविद्यालय शिक्षामा यो प्रकारको फरक बुझाई कति सान्दर्भिक छ भनेर पनि प्रश्न गर्ने बेला भएकोमा उहाँको जोड थियो । गुम्बाले जनजीवनसँग जोडिएर जुन कार्य गरिहेको छ, त्यो बिश्वविद्यायलयले आज गर्न नसकेको परिस्थितिमा गुम्बामार्फत औपचारिक शिक्षाको ढोका खोल्ने संयुक्त प्रयासकालागि यस प्रकारका सहकार्य भइरहेको बताउनु भएको थियो ।
आजको यस सम्झौतासँगै काठमाडौं विश्वविद्यालयले आफ्ना कार्यक्रम हङ्गकङ्गमा सुरु गर्ने वातावरण तयार भएको विश्वविद्यालयकि प्रवक्ता तथा डिन सुश्री पुनको भनाई छ । विश्वविद्यालय शिक्षाको अन्तराष्ट्रियकरण गर्ने उद्देश्य अनुरुप वर्तमान उपकुलपति प्रा. डा. भोला थापाले पदभार ग्रहण गरेसंगैआफ्ना कार्यक्रम देश वाहिरका शहरमा पनि लैजाने वाताबरण तयार गरिरहेकोमा गत अगस्त महिनादेखि काठमाडौं विश्वविद्यालयको स्नातक तहको योगिक साइन्स एण्ड वेल विइङ्गको कार्यक्रम भारतको तिरुपतिमा शुरु गरेको  र आगामी फेब्रुअरीबाट अस्ट्रेलियाको सिड्नीमा पनि शैक्षिक कार्यक्रम सुरु गर्नेगरी अगाडि बढिसकेको बताइन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0