Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शैक्षिक दरबन्दी मिलान नै चौंरीदेउरालीको विकराल समस्या होः अध्यक्ष चौलागाईं

प्रभातफेरी अनलाइन ४२८ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २०, बुधबार (२ साल अघि)
शैक्षिक दरबन्दी मिलान नै चौंरीदेउरालीको विकराल समस्या होः अध्यक्ष चौलागाईं

सीमा विवाद भुम्लुका लागि समस्या भएको छः अध्यक्ष भुजेल

काभ्रे । भुम्लु गाउँपालिका र चौंरीदेउराली गाउँपालिकाले संयुक्त रुपमा आ.व. २०८०÷८१ को त्रैमासिक समीक्षा सोमबार सम्पन्न गरेका छन् ।
काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको आयोजनामा भएको समीक्षा कार्यक्रममा दुवै गाउँपालिकाका जनप्रतिनिधिहरु, कृयाशिल राजनीतिक दल, सामाजिक संघ संस्था, सरोकारवाला र सेवाग्राहीको सहभागीता रहेको थियो ।
कार्यक्रममा भुम्लु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी र चौंरीदेउराली गाउँपालिकाका योजना अधिकृतले आर्थिक वर्ष २०८०÷८१ चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिको प्रगति प्रतिवेदनका साथै कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमका सहभागीहरुले भुम्लु गाउँपालिकाको सीमा विवाद देखि चौंरीदेउराली गाउँपालिकाको शिक्षक दरबन्दी मिलानसम्मका विषयवस्तु उठाएका थिए भने उपभोक्ता समितिको क्षेत्राधिकार, शिक्षा क्षेत्रमा भएको अनियमितता, कर्मचारी व्यवस्थापन, विकास योजनामा सूचना पाटी नभएको, निशुल्क औषधीको दुरुपयोग, करको दर र दायरा, अव्यवस्थित बसोबास, सुकुम्बासीको व्यवस्थापन, जग्गाधनी पूर्जा लगायतका बिषयमा गुनासो, सुझाव र जिज्ञासा राखेका थिए ।
पालिका अध्यक्षद्वय प्रेमबहादुर भुजेल भुम्लु, रेणुका चौंलागाईं चौंरीदेउरालीले जिज्ञासा र गुनासो सम्बोधन गरेका थिए । पालिका अध्यक्ष चौलागाईंले पदभार ग्रहण गरेदेखि पालिकावासीको हितको लागि विभिन्न कार्यहरु गरेको जानकारी गराउँदै चुनावको बेला जनताको घरदैलोमा पुगेर गरेको प्रतिवद्धता पुरा गर्दै लगेको जानकारी दिँदै यस किसिमको समीक्षा कार्यक्रमले आफूलाई सिक्ने अवसर पाएको स्मरण गराउनुहुँदै जति पनि सुझाव आए यि सबैलाई सकारात्मक रुपमा लिनेछु । समृद्ध चौंरीदेउराली गाउँपालिका बनाउन यस्ता कार्यक्रमहरु कोसेढुंगा सावित हुनेछन् । कार्यक्रममा उठेका जिज्ञासा, सुझाव र सल्लाहले पालिकाको मार्ग निर्देशनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसलाई उच्च सम्मानका साथ आफूहरुले ग्रहण गर्ने बताउनुभएको छ ।
सम्बोधनकै क्रममा पालिका अध्यक्ष चौलागाईंको थप कथन छ– पालिकाका अधिकांश चुनौतीहरुको सामना आफू एक्लैले गर्न नसक्ने यसका लागि उपाध्यक्ष लगायत सिंगो पालिकावासीले ऐक्यबद्धता जनाउनुपर्ने स्मरण गराउँदै शिक्षाका सवालमा पालिका गम्भीर रहेको बताउनुभएको छ । अहिलेको अवस्था रहिरहे अब एक वडा एक विद्यालयको विकल्प छैन । त्यसले गर्दा शिक्षक दरबन्दी समस्या विकराल रुपमा आउनेछ । पालिकाको निर्णयअनुसार ६२ जना शिक्षकहरुको दरबन्दी मिलानका क्रममा देखिएका अराजक प्रस्तुतीले आफूलाई दुखित तुल्याएको छ । आफूलाई पारदर्शिता र निष्पक्ष ढंगबाट दरबन्दी मिलान गर्दा जुन किसिमका आलोचनाहरु खेप्नुप¥यो, त्यसबाट प्रेरणा मिलेको छ ।
अहिले पालिकाभित्रका ५ वटा विद्यालय मर्ज गर्दा यो अवस्था आएको छ भने आफ्नो कार्यकालमा दर्जनांै विद्यालयहरु मर्ज अनिवार्य गर्नुपर्नेछ । त्यसले आलोचना र ईष्र्याबाट पछि हटियो भने चौंरीदेउरालीका नागरिकहरुप्रति न्याय हुनेछैन । गुणस्तरीय शिक्षा कागजमै सीमित हुनेछ । त्यो अवस्था आउने दिनेछैनौं । मर्जपश्चात जुन–जुन शिक्षकहरुले सत्तोसराप गर्नुभएको छ, त्यसले आफूलाई यात्रामा अझ मजबुत बनाएको छ । अहिले चौंरीदेउराली गाउँपालिकामा एक शिक्षक बराबर ७ विद्यार्थी भाग पर्छन् । यो अवस्थामा किन गुणस्तरीय शिक्षा प्राप्त भएन त ? आदरणीय शिक्षकहरुले यसको जवाफ दिन मनासिव ठान्दछु । यो सोचनीय विषय भएको छ । आफ्नो राजनीतिक यात्रामा विधि र नीतिभित्र बसेर जतिसुकै राजनीतिक र सामाजिक दबाब आओस्, विचलित हुनेछैन । शिक्षाभित्र रहेका तमाम समस्याहरुको समाधान गरेरै छाड्नेछु । यहाँ कुनै वाद रहनेछैन । विचार र वादभन्दा माथि गएर चौंरी पालिकावासीलाई न्याय दिनेछु ।
पालिका शैक्षिक, भौतिक संरचनाहरु फाइभ स्टार होटल चल्ने स्तरका छन्, तिनको संरक्षण नगर्ने हो भने राज्यको करोडौं रुपैयाँ खण्डहरमा परिणत हुनेछ । यो अर्काे चुनौतीको रुपमा आएको छ । हिजो भौतिक संरचना भएन भनेर रोइलो मच्चाउँदै गुणस्तरीय शिक्षा दिन सकेनौं भन्ने आदरणीय गुरुहरु आज ति संरचनामा अध्ययन गर्ने बालबालिकाहरु नभएर चुनौती थपिएको छ । यो अवस्थामा आफ्नो कार्यकालमा ति समस्याहरुको समाधान जटिल चुनौतीका रुपमा आएको छ ।
यथार्थ रुपमा भन्नुपर्दा, चौंरीका ९ वटा वडाहरुमा अब ९ वटै विद्यालय चल्न पनि मुस्किल हुने अवस्था छ । यसले शिक्षक दरबन्दी मिलान हाम्रा लागि ठूलो चुनौतीका रुपमा रहेको छ, अर्काेतर्फ बेरुजु । चौंरीदेउराली गाउँपालिकामा आर्थिक स्रोतको अभाव छ । मुस्किलले यो त्रैमासिकको अन्त्यसम्म आइपुग्दा २५ लाख देखिँदा हामीमा खुशीको सीमा छैन भने सैद्धान्तिक बेरुजु भनौं हाम्रा लागि विद्यालय नै देखिएको छ । आहिले जति बेरुजु देखिएको छ, त्यसको झण्डैं ६० प्रतिशत विद्यालयसँग जोडिएको छ । एउटै विद्यालयमा आजको मितिमा ८६ लाख बेरुजू छ । त्यो बेरुजू मिलानका लागि कागजात जुटाइदिन पटक–पटक आग्रह गर्दा पनि विद्यालयले आलटाल गरेकै कारण यो समस्याको रुपमा आएको छ भने यहाँ सञ्चारकर्मीहरुले मिडियालाई वास्ता नगरेको भनेर गुनासो राखिराख्दा गत आ.व.मा मात्रै २० लाखभन्दा बढी विभिन्न मिडिया सञ्चालकहरुले बुझ्नुभएको छ । तर उहाँहरुले गाउँपालिकामा भएका सकारात्मक कार्यहरुका बारेमा कतै सम्बोधन गरेको नपाउँदा आफू दुःखी भएको चर्चा गर्दै सञ्चारकर्मीहरुलाई चौंरीदेउराली गाउँपालिकाप्रति सकारात्मक दृष्टि लगाइदिन अध्यक्ष चौलागाईंले सम्बोधनका क्रममा आग्रह समेत गर्नुभएको छ ।
सम्बोधनकै क्रममा भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले गाउँपालिकाको समस्याको रुपमा रहेको सीमा विवादलाई सम्बन्धित सरोकारवाला निकायबाट सम्बोधन गरी समाधान खोज्न आग्रह गर्दै विकासको लागि प्रदेश र संघ सरकारसंग समन्वय भईरहेको भन्दै सिमित श्रोत भएकै कारण विकासका असिमित चाहना पुरा गर्न तत्काल नसकिए तापनि क्रमागत रुपमा पालिकाका समस्त समस्याहरु सम्बोधन गर्दै समृद्ध भुम्लु बनाउने प्रण सम्बोधनका क्रममा गर्नुभएको छ ।
उक्त समीक्षा कार्यक्रममा भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा), निवर्तमान भुम्लुका उपाध्यक्ष कल्पना श्रेष्ठ, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतले पालिकामा देखिएका समस्या, चुनौती र समाधानका बारेमा आ–आफ्ना जिज्ञासाहरु राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0