Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १४, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बनेपा नगरले मनायो अपाङ्ग दिवस

प्रभातफेरी अनलाइन ४१५ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २०, बुधबार (२ साल अघि)
बनेपा नगरले मनायो अपाङ्ग दिवस

बिपशना शाक्य
काभ्रे । ३२ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बनेपा नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अन्र्तराष्ट्रिय अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेत्तृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ अपाङ्गता भएका आफ्नो क्षमता प्रदर्शन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगरपालिकाका उप–प्रमुख बिमला सापकोटाले अपाङ्गता व्यक्तिहरुको क्षमताको सम्मान गर्नुको साथै उनीहरुलाई हौसला पनि प्रदान गर्नुपर्ने बताउनुभएको थियो । नगरपालिकाले पनि अपाङ्गता भएका व्यक्तिहरुलाई पहिलो प्रथामिकतामा राखेर कार्यक्रमहरु तयार गरिरहेको बताउनुभएको थियो । अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिबृद्धिका लागि नगरपालिकाले योजनाबद्ध रुपमा कार्यक्रम बनाउने नगरपालिकाका उप–प्रमुख सापकोटाले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी बनेपा नगरपालिकाको वडा नं ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले अपाङ्गता व्यक्तिहरुको अधिकार संरक्षण गर्नुपर्ने र यस कार्यमा आफू प्रतिबद्ध रहेको समेत कार्यक्रममा बताउनुभएको थियो ।
उक्त कार्यक्रममा अंपाग भएका व्यक्तिहरुले उत्पादन गरेको हस्तकलाका सामग्री र सांस्कृतिक प्रस्तुत गरेका थिए । प्रर्दशनमा स्पाइनल इन्जुरी पुर्नःस्थापना केन्द्र, काभ्रे बहिरा विद्यालय लगायत अपाङ्गता क्षेत्रस“ग आबद्ध ५ वटा संस्थाहरुका प्रतिनिधिहरुले आफूले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु नगरपालिकाको प्राङ्गणमा प्रदर्शनी गरेका थिए ।
कार्यक्रमको सुरुवात सचेतनामूलक प्रभातफेरी बनेपा नगरपालिकाको प्राङ्गणबाट सुरु भई बनेपा बजार परिक्रमा गरिएको थियो । सो अवसरमा नगरपालिको अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा श्री आर्दश बाल विकास केन्द्र, काभ्रे बहिरा विद्यालय, नेत्रहिन संघ, स्पाइनल इन्जुरी पुर्नःस्थापना केन्द्र, अपाङ्ग बाल अस्पताल तथा पुर्नःस्थापना केन्द्र, अपाङ्ग महिला संघ, मेरुदण्ड पक्षघात संघ काभ्रे, पोर्टेज पुर्नःस्थापना केन्द्र, सिफ नेपाल लगायत अपाङ्गताका क्षेत्रमा आबद्ध संस्थाहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0