Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भवानी आधारभूत विद्यालयको ५१औं सभामा विद्यार्थीलाई पोशाक

प्रभातफेरी अनलाइन ३१८ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २९, शुक्रबार (२ साल अघि)
भवानी आधारभूत विद्यालयको ५१औं सभामा विद्यार्थीलाई पोशाक

काभ्रे । मण्डनदेउपुरकै अब्बल र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित भएरपनि कुनै समय बन्द हुने अवस्थामा पुगेर पुरानै लहमा फर्किने प्रयासरमा रहेको श्री भवानी आधारभूत विद्यालय मण्डनदेउपुर–८ धाईटारले आफ्नो गौरवमय ५१ औं बार्षिकोत्सव मनाएको छ ।
मण्डनदेउपुर नगरपालिका वडा नं ८ का अध्यक्ष निरञ्जन बिष्टको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सवमा स्थापनाकालदेखि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीसँगै शिक्षकलाई सम्मान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र सापकोटाको अध्यक्षमा भएको कार्यक्रममा प्रधानाध्यपक रुक्मणी पौडेलले विद्यालयको प्रगती विवरणको बारेमा आफ्नो प्रतिवेदन पेस गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष हरिप्रसाद पौडेलको छोरा केशव पौडेल, पूर्व अध्यक्ष गोपिकृष्ण पौडेल, पूर्व अध्यक्ष देवनारायण पौडेलको धर्मपत्नी दुधकुमारी पौडेल, भवदत्त सापकोटा, अच्युतप्रसाद पौडेल, रामहरि पौडेल, भोलानाथ पौडेललाई विशेष सम्मानले सम्मानित हुनुभएका छन्।
विद्यालयमा शिक्षण कार्यमा संम्लग्न रहनु भएको प्रअ तथा प्रशासक सोमनाथ सापकोटा, शंकर खड्का र खड्गप्रसाद सापकोटालाई सोही अवसर सम्मान गरिएको थियो । त्यस्तै, भरत बिष्ट, राममणि नेपाल, पारस काफ्ले, स्व पुरुषोत्तम नेपाल,बालकृष्ण चौलागाई, उमा प्रसास उप्रेती, शंकर बहादुर खड्का, ईश्वरी पौडेल, जानुका पौडेल कश्यपप्रसाद पौडेल, भिमप्रसाद पौडेल, खड्गप्रसाद सापकोटा, गोमा भट्टराई, मिरा सापकोटा, अञ्जना ढुंगाना, निर्मला श्रेष्ठ, रामहरि नेपाल र ईन्दिरा बुढाथोकीलाई सम्मान गरेको छ ।


आफूले कखरा सिकेको विद्यालयका विद्यार्थीलाई पढाईमा सहज होस् भन्ने हेतूले दाउरा चुल्हो रेष्टुरेन्ट भक्तपुर पलाँसेका प्रोपाईटर बिष्णुप्रसाद सापकोटाले सबै विद्यार्थीका लागि छालाको जुत्ता र मोजा उपलब्ध गराएका छन् ।
सामाजिक सेवामा दिलोज्यान दिएर लाग्ने सापकोटाले आफूले आम्दानी गरेको रकमबाट सामाजिक सेवा गर्न पाउँदा निक्कै खुसी लागेको बताउनुभयो । उहाँले सोही विद्यालयबाट कक्षा ५ सम्मको शिक्षा हासिल गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका पूर्व प्रअ सोमनाथ सापकोटा, समाजसेवी अनिल सापकोटा, पूर्व शिक्षक तथा गाविसका अध्यक्ष भरत बिष्ट, कार्यपालिकाका सदस्य विकास राई लगायतकाले मन्तव्य राख्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0