काभ्रे । राष्ट्रिय सेवा दल (एनसीसी) अन्तर्गत तालिममा सरिक विद्यार्थीहरुको प्रदर्शन अवलोकन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं श्री सञ्जीवनी नमूना माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष वेदप्रसाद कोजूले विद्यार्थीहरुलाई तपाईं कस्तो बन्ने त्यो तपाईंहरुको लगनशीलताले तय गर्ने बताउनुभएको छ ।
७९ दिन लामो तालिमपश्चात् सहभागीहरुले आफ्नो तालिममा प्राप्त गरेको कौशलतालाई कलात्मक रुपमा प्रस्तुत गरेकोमा अध्यक्ष कोजूले प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई धन्यवाद दिँदै आफ्नो यात्राको गन्तव्य आफैंले सुरु गर्नुपर्ने बताउनुभएको छ । १ सय दिनको एनसीसी तालिम अन्तर्गत २१ दिन तालिमको लागि सैनिक शिविर जानुपूर्व प्रस्तुत गरेको कलाको उच्च सम्मान गर्दै सहभागी विद्यार्थी भाइबहिनीहरुले आफ्नो व्यक्तिगत जीवन र विद्यालयको नाम उच्च राख्ने अपेक्षा राख्दै बिदाइ गर्नुभएको छ । कार्यक्रममा नेपाली सेनाको तर्फबाट डब्लुओटु (WO2) नरेन्द्र अधिकारीले काभ्रे जिल्लाबाट सहभागी सबै विद्यालयका भाइबहिनीहरु प्रतिस्पर्धीको रुपमा आउनु नेपाली सेनाको लागि गौरवको विषय हो । जुन उद्देश्यसहित एनसीसी तालिम आएको छ, त्यसले आजको दिनसम्म सकारात्मक सन्देश प्रवाह गरेको स्मरण गराउँदै तालिममा सहभागी विद्यार्थी भाइबहिनीका अभिभावकहरुलाई सान्त्वना दिँदै तपाईंहरुका छोराछोरी नेपाली सेनाको आफ्नै सन्तानको एउटै अंग भएको हुँदा निसन्देह बस्न आग्रह समेत गर्दै समयानुकुल रहे सैनिक शिविरमा आएर आफ्ना सन्ततिहरुको कला कौशलताको अवलोकन गर्न पनि प्रशिक्षक अधिकारीले आग्रह गर्नुभएको छ ।
कुनै पनि तालिमका सहभागीहरु नेपाली सेनाको लागि राष्ट्रको सम्पत्तिको रुपमा रहने हुँदा यो प्लाटुन अन्तर्गत ५ सय ७६ जना विद्यार्थीहरुले उच्च स्तरको आफ्ना कला प्रस्तुत गर्नेमा नेपाली सेना आश्वस्त छ । यस दौरानमा तालिम गराउन सरिक रहनुहुने प्रशिक्षकहरुप्रति पनि म नेपाली सेनाको एउटा जिम्मेवार प्रतिनिधिको हैसियतले सम्मान व्यक्त गर्न चाहन्छु । नेपाली सेनाको शीर उच्च राख्नको लागि तपाईं शिक्षक, अभिभावक तालिममा सहभागी प्रशिक्षार्थीहरु सबैको उतिकै भूमिका रहेको नेपाली सेनाले महसुस गरेको छ । आशा छ, आगामी दिनमा पनि यसैगरी अझ उच्चकोटीको प्रशिक्षणमा यस विद्यालयका भाइबहिनीलाई सरिक गराउने अवसर मिल्नेछ भन्ने विश्वास नेपाली सेनाले लिएको छ । विद्यालय परिवारबाट एनसीसीका लागि देखाएको साथ र सहयोगप्रति हृदयदेखि कृतज्ञता ज्ञापन गर्न चाहन्छु । नेपाली सेनाले राज्यबाट प्राप्त गर्ने सुविधा अन्तर्गत विधिलाई अनुशरण गर्दा तालिममा सहभागीहरुप्रति जनु किसिमको चुनौती आएको थियो, त्यो चुनौतीलाई विद्यालयले सहजीकरण गरेकोमा नेपाली सेना विद्यालयप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा राख्दछ भन्न पछि पर्नु भएन डब्लुओटु (WO2) अधिकारी ।
उक्त बिदाई कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापकहरु देवीप्रसाद ढुंगाना, टंक थापा, अतिरिक्त क्रियाकलाप प्रमुख सुन्दर श्रेष्ठ, भिमा तामाङ, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु प्रल्हाद शर्मा हुमागाईं, केपी बञ् जारा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य लोकेन्द्र ढकालले गर्नुभएको थियो भने कार्यक्रमका बारेमा प्रशिक्षक एसजिटी मोहन बहादुर मल्लले सहभागीहरुको लगनशीलता र चाहनाकै कारण आज यो अवस्थामा टोलीलाई ल्याउन सफल भएकोमा साथ र सहयोग दिनुहुने विद्यालय परिवार, अभिभावक लगायत सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गर्दै विद्यार्थी भाइबहिनीहरुको उज्जवल भविष्यको कामना गर्दै कार्यक्रम समापनको उद्घोष गर्नुभएको छ । बाँकी २१ दिनको सैनिक शिविर बर्दिबासमा तालिममा सहभागी विद्यार्थी भाइबहिनीहरुको अभिभावकत्व ग्रहण गर्दै यो अवधिको जिम्मेवारी समेत विद्यालयका सहायक प्रअ टंक थापा र अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक सुन्दर श्रेष्ठलाई प्रदान गरिएको जानकारी विद्यालयले दिनुको साथै उहाँहरुले हिजैबाट आफ्नो जिम्मेवारी बहन गर्ने क्रममा विद्यार्थीसँगै बर्दिबासमा पुग्नुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |