Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्य बीमा सहभुक्तानी कार्यविधि सार्वजनिक

प्रभातफेरी अनलाइन ३३० पटक पढिएको प्रकाशित मिति: २०८० पौष १५, आईतबार (२ साल अघि)
Post Thumbnail

“कहाँ कहाँ उपचार गर्दा पैसा तिर्नुपर्दैन ?”
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रममा सरकारी कोषको खर्च भार कटौती गर्न सह भुक्तानी सम्बन्धी कार्यविधि जारी गरेको छ। बोर्ड सञ्चालक समितिले स्वीकृत गरेको सहभुक्तानी कार्यविधि अनुसार बिरामीले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थाहरूबाट उपचार सेवा लिंदा तत्कालै १० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने भएको छ।
बोर्डले सार्वजनिक गरेको कार्य विधि बोर्डको सञ्चालक समितिबाट स्वीकृत भएको ३ महिनाभित्र लागू हुने उल्लेख छ। कार्यविधि कुन मितिमा सञ्चालक समितिले स्वीकृत गरेको भन्ने बारे बोर्डले प्रकाशन गरेको अपिलमा केही खुलाईएको छैन
यसअघि सुविधा थैली अन्तर्गतको रोगको उपचार र औषधी समेत स्वास्थ्य बीमा अन्तर्गत निःशुल्क उपलब्ध हुँदै आएकोमा अबदेखि बीमितले बीमाशुल्क बाहेक अस्पतालमा उपचारका क्रममा नगद पनि भुक्तानी गर्नुपर्ने भएको छ। बोर्डले बिहीबार जारी गरेको सार्वजनिक अपिलमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सुविधा उपभोग गर्दा अनावश्यकरुपमा चिकित्सकीय र निदानात्मक सेवाको प्रयोग भई रहेकाले लक्षित वर्ग र सरकारले तोकेका समूह बाहेकले उपचार सेवाका लागि लाग्ने रकमको १० प्रतिशत व्यहोर्नुपर्ने उल्लेख गरेको छ।
कहाँ र कुन कुन उपचारका लागि सहभुक्तानी गर्नुपर्दैनः
बोर्डले वेबसाइटमार्फत् सार्वजनिक गरेको कार्यविधिमा आकस्मिक उपचार सेवा, प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैय्या क्षमतासम्मको अस्पतालमा उपचार गराउँदा सह भुक्तानी लागू नहुने प्रावधान छ। यसैगरी २५ शैय्या क्षमताभन्दा माथिको सबै खाले अस्पतालमा उपचारका क्रममा सहभुक्तानीको प्रावधान लागू हुनेछ।

कार्यविधि अनुसार सरकारले निःशुल्क सेवा प्रदान गरेका कार्यक्रमहरु आमा सुरक्षा कार्यक्रम बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम क्षयरोगको निदान तथा उपचार कुष्ठरोगको निदान तथा उपचार औंलो रोगको निदान तथा उपचार र सरकारले निःशुल्क उपचारका लागि तोकेका विभिन्न सरुवा रोगको उपचारमा सहभुक्तानीको प्रावधान लागू हुनेछैन।
यसबाहेक खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व लगायत अन्य जनस्वास्थ्य सेवा अन्तर्गतका कार्यक्रमहरू, महामारी नियन्त्रण रोकथाम आपतकालीन सेवा सर्पदंश कुकुरको टोकाई, योग, पोषण शिक्षा, बानी व्यहोरा सुधार, मनोसामाजिक परामर्श जस्ता प्रवर्द्धनात्मक सेवा आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पर्ने औषधी र प्रकृयाहरुका लागि पनि सहभुक्तानी गर्नुपर्ने छैन।
कार्यविधिमा अति गरिबको परिचय पत्र प्राप्त परिवार, ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अति अशक्त अपाङ्गताको परिचय पत्र पाएका अपाङ्ग, एचआइभी एड्स, स‌ंक्रमित जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयमसेविका र सरकारले समय समयमा तोकेको समूह वा वर्गका लागि पनि सहभुक्तानी लागू हुनेछैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0