Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामुदायिक विद्यालयमा अध्यापन गर्ने विद्यार्थीहरु अब्बल छन् भन्ने पुष्टि गरेको छः अध्यक्ष कोजू

प्रभातफेरी अनलाइन ३६२ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १९, बिहिबार (२ साल अघि)
सामुदायिक विद्यालयमा अध्यापन गर्ने विद्यार्थीहरु अब्बल छन् भन्ने पुष्टि गरेको छः अध्यक्ष कोजू

काभ्रे । सञ्जीवनी नमूना माध्यमिक विद्यालयबाट +२ गरेका छात्राहरुले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरी छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएको खुशीयालीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदप्रसाद कोजूले सञ्जीवनी विद्यालयमा अध्यापन गर्ने विद्यार्थीहरु अब्बल छन् भन्ने कुराको पुष्टि यो परिणामले दिएको बताउनुभएको छ ।
विज्ञान संकायले आयोजना गरेको सम्मान कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै आज जति पनि राष्ट्र सेवक योद्धाहरु हुनुहुन्छ, ति सबै सामुदायिक विद्यालयको उपलब्धी हो । आफूले ४४ वर्ष यही विद्यालयमा सेवा गरेको स्मरण गर्नुहुँदै सामुदायिक विद्यालयमा अध्यापन गर्ने बालबालिकाहरु कति अब्बल हुन्छन् भन्ने कुराको लेखाजोखा गर्न नसकिने बताउनुभएको छ ।
सञ्जीवनी नमूना माविमा अध्ययन गरेर १०+२ विज्ञान संकाय धुलिखेलबाट उत्तीर्ण मेधावी छात्राहरु शर्मिला तामाङ्गले नेपाल सरकार चिकित्सा शिक्षा स्नातक तह कार्यक्रममा काठमाण्डौं विश्वविद्यालय धुलिखेल अस्पताल धुलिखेलमा स्नातक तह ःद्यद्यक्, सम्पदा काफ्ले ल्बतष्यलब िब्अबमझष्अ या ःभमष्अब िक्अष्भलअभ बीर हस्पिटल काठमाण्डौँमा द्य.क्अ. ल्गचकष्लन र सकिला सुवाल प्बलतष्उगच ब्अबमझष्अ या ज्भबतिज क्अष्भलअभ कान्तिपुर हस्पिटल काठमाण्डौमा द्य.क्अ. ल्गचकष्लन पूर्ण छात्रवृति प्राप्त गर्न सफल हुनु भनेको सामुदायिक विद्यालयमा अध्यापन गर्ने छात्रछात्राहरुका लागि प्रेरणाको स्रोत पनि हो । उहाँहरुको लगनशीलता, त्याग र बलिदान अध्ययनरत विद्यार्थीहरुका लागि प्रेरणा बन्नेछ । यस्ता कुराहरुमा प्रत्येक संकाय अध्ययन गर्ने विद्यार्थीहरुका लागि यो एउटा अनुकरणीय पाठशाला पनि हो । जसको आयोजना गरेर विद्यालय र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि महत्वपूर्ण गुण विज्ञान संकायका डिन हरिश चन्द्र श्रेष्ठले लगाउनुभएको छ । उहाँबाट अन्य संकाय प्रमुखहरुले पनि सिक्नुपर्ने आशय व्यक्त गर्दै सफल मेधावी छात्राहरुको बाँकी शैक्षिक यात्राको सफलताको कामना समेत प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोजूले गर्नुभएको छ ।
त्यसैगरी उक्त बधाई तथा शुभकामना कार्यक्रमलाई सञ्जीवनी नमूना माविका प्राचार्य लोकेन्द्र ढकालले विद्यालयको शीर मात्र उच्च भएको छैन, सिंगो काभ्रेको शैक्षिक क्षेत्रमा गौरवको निशानीका रुपमा मेधावी छात्राहरुले योगदान पु¥याउनुभएको छ । यसको जति नै प्रशंसा गरेपनि अपुग हुन्छ । त्यसैले उहाँहरुबाट विद्यालयमा अध्ययनरत भाइबहिनीहरुले आफूलाई रुपान्तरण गर्नुहुनेछ र अब्बल सावितका लागि सरिक हुनुहुनेछ भन्ने अपेक्षा समेत राख्दै मेधावी छात्राहरुलाई बधाई दिनुभएको छ ।
कार्यक्रममा विज्ञान संकायका डिन हरिश चन्द्र श्रेष्ठले बधाई तथा शुभकामना कार्यक्रमको औचित्यता पुष्टि गर्दै सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालय अनि अभिभावकहरुको सपना साकार बनाउँदै कर्तव्यनिष्ठ र अब्बल जनशक्तिको रुपमा स्थापित हुन अनुशासित रुपमा अध्ययन गर्नुको विकल्प नभएको जानकारी गराउनुभएको छ । सम्बोधनकै क्रममा सामुदायिक विद्यालयप्रति जुन किसिमको अभिभावकहरुको बुझाई छ, त्यस किसिमको सोचमा यस्ता किसिमको परिणामले परिवर्तन ल्याउनेमा आफू आश्वस्त रहेको डिन श्रेष्ठले खुलासा समेत गर्नुभएको छ ।
उक्त कार्यक्रममा इन्जिनियर संकायका इन्चार्ज जगदिश कार्की, विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय केपी बञ्जारा, प्रल्हाद शर्मा हुमागाईं लगायतका वक्ताहरुले मेधावी छात्राहरुलाई शुभकामना सहित सफल बन्नका लागि के–कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने सुझाव समेत दिनुको साथै मेधावी छात्राहरु शर्मिला तामाङ्ग, सम्पदा काफ्ले र सकिला सुवालले सफलता प्राप्त गर्नुको अनुभव कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0