Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धाुलिखेल हस्पिटलमा एपेण्डेक्सको अप्रेसन गर्दा

प्रभातफेरी अनलाइन ३४६ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १९, बिहिबार (२ साल अघि)
धाुलिखेल हस्पिटलमा एपेण्डेक्सको अप्रेसन गर्दा

मोहन दुवाल, वरिष्ठ साहित्यकार
बिरामी परेर हस्पिटल भर्ना हुनेहरुको कथा–व्यथाहरु आ–आफ्ना ढङ्गका हुन्छन् । नर्स र डाक्टरसाहेबहरुको मुहार र व्यवहार पनि आ–आफ्नै खालका हुँदा रहेछन् । कोही व्यवहार गरिरहूँजस्ता, कोही अगाडि पर्नासाथ नै अप्ठ्यारो हुने खालका अनुहार देखिंदा छन् । चिकित्सा क्षेत्रमा काम गर्नेहरु जोसुकै होउन् उनीहरु ‘महान’ रहेकै कारणले उनीहरुको व्यवहार राम्रो हुनुपर्ने हो सोको अपेक्षा राख्नु बिरामीहरुको स्वधर्म हो । हुनत आफ्नै व्यवहारले नै आफूलाई महान बनाउने हो । बिरामीहरुको पनि आफ्नै खालका स्वकर्म हुनुपर्ने हो । आफ्नोजस्तै अरुको पनि सेवा होस्, डाक्टर नर्सहरु सबैका लागि उचित ढङ्गले प्रयोग होस् भन्ने चाहना सबैको हुनुपर्ने हो — म त त्यस्तो पो सधैं सोच्ने गर्छु ।
धुलिखेल हस्पिटलमा ४ दिन बस्दा र बिरामी पर्दाका अनुभूतिहरु मनमा तरङ्गीत गर्न पाइयो । चिकित्सक र नर्सहरुका आ–आफ्ना ढङ्गका थरिथरिका मुहारहरु छाम्न पाइयो । सँगै बसेका बिरामी मित्रहरुसँग पनि मन साट्न पाइयो । कष्ट केही भएन । सानो खालको अप्रेशन हो; दुःख महसूस गर्नुपरेन । परिवारका सबैजनहरुको सक्दो सेवा र माया पाएँ । आफ्नै जिल्लाको राम्रो हस्पिटलमा डा.रामकण्ठ, डा.राजेन्द्र, डा.सुमन, डा.यज्ञ लगायत थुप्रै डाक्टरहरु र थुप्रै नर्स बहिनीहरुसँग टाढाबाट र नजिकबाट सम्पर्क गर्न पाइयो । नजिकबाट माया साटेर स्वास्थ्यसेवा गर्न पाइयो । कसैको सेवा गर्दा आफ्नो कल्याण हुन्छको सोच बोकेर सधैं हिंड्दा राम्रो हुन्छ भन्ने दृष्टिकोणले डाक्टर, नर्स, बिरामी र आफूलाई समेत छाम्ने काम भयो ।
हस्पिटलमा आफू बिरामी भई भर्ना हुँदा परिवारका सदस्यहरुबाहेक कसैलाई खबर नगर्नु भनेको थिएँ जेठी छोरी सिर्जनालाई । तर कसै–कसैलाई कुरा चुहाइदिएछन् क्यार ! कोही–कोही माया बोकेर देखा परे । आफू बिरामी परेर अरुलाई दुःख नहोस् भन्ने चाहना मेरो, कोही कसैले यस खालको मेरो व्यवहारलाई कुरालाई अप्ठ्यारो ठान्नेहरु पनि देखाप¥यो । दुःख पर्दा, बिरामी हुँदा भन्नुपर्छ । आफन्त र नजिककालाई भन्न गा¥हो मान्नु हुन्न भन्नेहरु पनि भए । तर आफ्नो कुरालाई जीवन्त राख्न चाहें । आफू र परिवारले नै नसकेपछि गुहार माग्नु ज्यादति त होइन होला ! तर कसैको स्वाभिमानलाई उल्टो अर्थ राख्नु हुँदैन भन्ने गर्छु म त ।
आफू बिरामी परेर धुलिखेल हस्पिटल पुग्दा र त्यहीँ भर्ना हुँदाका कुराहरु यस आलेखमा समेट्ने प्रयत्न गर्दैछु । जीवनमा कहिले पनि रहरमा बाहेक बिरामी परेर हस्पिटल बसेको छैन जसले गर्दा हस्पिटलको सिङ्गो तस्विर मनमा राख्न पाएको छैन । यो पटक अनौठो भयो अचानक हस्पिटल जानुप¥यो । २०८० भाद्र २० गते ज्ञानकाजी मानन्धरसर दिवंगत भएको १३ औं दिनको शोकपूर्ण जलपान कार्यक्रममा पुग्ने मेरो सोच थियो । तर पेट ढुस्स फुलेको छ, केही खाँदा, केही पिउँदा पनि केही उपाय खुलेन । पेट दुखेको होइन, ढुस्स फुलेर अप्ठ्यारोले सताइएकोले शोकको कार्यक्रममा जलपान गर्न जाने मनै भएन । गइएन । घरमा सादा रोटी खाएँ तर पनि वायु खुलेन । भोलिपल्ट बिहान ४ः०० बजे पनि पेट जस्ताको तस्तै । अप्ठ्यारो पो महसूस भयो; पेट फुलेको क्रम घटेन । ५ः०० बजेतिर नै धुलिखेल हस्पिटल पुगेर जचाउन जाने सोच भएकोले राजाराम महर्जनलाई गाडी लिई आउन भनियो । उहाँ आइपुग्नु भयो; कान्छी छोरी सोनीसँग भएर धुलिखेल हस्पिटलमा पुग्यौं ।
५ः३० तिर धुलिखेल हस्पिटलको प्राङ्गणमा पुगें । डा.सुमनराज ताम्राकारसँग सम्पर्क भयो । सबै खालका स्वास्थ्य परीक्षण सिध्याइ राख्ने कुरा भयो । भिडियो एक्सरेमार्फत् थाहा लगाइएछ क्यारे डाक्टरले मलाई त एपेण्डेक्स भएको रहेछ भन्ने कुरा सुनियो । १ः०० बजेसम्म सबै जँचाइ सकें । मेरो चिनी रोग र प्रेसर पनि नभएको हुनाले आजै १ः१५ बजेतिर अप्रेसन गर्ने भयो । इमरजेन्सीमा रहेको रह्यै भयो १ः१५ बजेसम्म । डा. राजेन्द्र कोँजूलगायत उहाँका छोरा कोँजूले मेरो परीक्षण गरे । डा. यज्ञरत्न शाक्यले मेरो अप्रेशन गर्ने भयो । मलाई अप्रेशन कोठामा खाटमा सुताएर लिफ्टबाट लगे ।
२ः०० बजेतिर अप्रेशन थियटरबाट बाहिर कोठामा ल्याई पु¥याए । म सँगसँगैजसो अर्को खाटमा सुताइएका दुइजना महिला भक्कानिएर रोएको सुनियो । मलाई त कतै पनि दर्द भएजस्तो लागेन । तर पनि सुताइएको छ कोठामा । औषधी भएका सेलुनहरुबाट औषधीका बूँदहरु मेरो शरीरभरि खन्याई दिएका छन् । म बिरामी परेजस्तो भएको छु । इमरजेन्सी कोठामा अरु ४ वटा खाटहरु छन्, चारैवटा खाटहरुमा विभिन्न खालका रोग लागेका बिरामीहरु पल्टिराखेका छन् । कुरुवाहरु आ–आफ्नै खालका धुनहरुमा व्यस्त छन् । खाटपिच्छे १÷१ वटा मेच दिइएको छ; सुरक्षा गर्न गा¥हो छ । खाटपिच्छे आवश्यक भएर पनि ‘पिसाब÷दिसाबका भाँडा’ सिरीखुरी १ वटा मात्र भएकाले हारालूछ भएको देखिन्छ । सेवामा जुटेका नर्सहरु हस्याङफस्याङ गर्दै बिरामीहरुकहाँ पुगेर सेवा पु¥याउँदैछन् । कोही रुखो–रुखो क्षुद्रखालका पनि देखिन्छन् । नम्रताकै उदाहरण भएर आफूलाई देखाउनुपर्ने चिकित्सकहरु रुखो र क्षुद्र खालका भएपछि के लाग्नु !? सेवाका हातहरुले बिरामीका दर्दहरु सुम्सुम्याइ दिनुपर्नेहरु नै निकृष्ट खालका, अप्ठ्यारा ढङ्गका भएपछि ‘सेवाघर’ को ‘सौन्दर्य’ के रह्यो र ? कोही कोही अज्ञानताका कारणले अभद्र हुँदारहेछन् — यस्ताहरु हेरेर आफूलाई थम्थम्याइदिनु बाहेक उपाय छैन ।
सेतो लुगा लगाउने चिकित्सकहरुको मनमा सधैं नम्रता, सरलता, गाम्भीर्यता रहनुपर्ने हो कलुषितता मनमा राखेर जबरजस्ती सेवाको मुकुण्डो लगाएर दयनीय व्यवहार गर्न थालेर आफूलाई कालो बनाउनु हुँदैन । कममात्र यस्तो व्यवहार देखिंदाछन् । स–साना भूलहरुले ठूला–ठूला खालको अपराध जन्माउँछन् । सेवामा पुग्दो सेवा नदेखिएपछि अप्ठ्यारो हुँदा रहेछन् । म अस्पतालको बेडमा रहेर यस्तै खालका सोचहरु मनमा राखेर चिकित्सक हेरिरहें । बिरामी परेर बेडमा पल्टिएर औषधी गराइरहनेहरुको मनोविज्ञान एकखालको हुन्छ त्यस्तै बिरामी कुरुवाहरुका आ–आफ्ना समस्याहरु र दृष्टि हुँदारहेछन् । र त उनीहरुको चिन्ता र धुन आ–आफ्ना खालका देखिंदाछन् । मज्जा लाग्यो — हस्पिटलको बेडबाट जीवन गम्दा ।
जहाँ पनि भनसुन भएपछि मनसुन राम्रो हुँदाछन्; हस्पिटलहरुमा पनि भनसुनले मनसुन राम्रो हुने वातावरण सकेसम्म देखानपर्नुपर्ने हो तर पनि नेपालमा जहाँतहीँ यस्तै मौसम फुल्दो छ । मलाई पनि चिनिएका र नाम भएकै कारणले धेरैथोकको मौसम खुल्दो भयो । केही तकलिफ गर्नुपरेन । छोरी सोनी दौडधूप गर्न सिपालु भएकै कारणले केही कठिनाई भोग्नु परेन । भारतीले केही तकलिफ गर्नुपरेन दिनको एकपल्ट मात्र हेर्न आए पुग्ने भयो । ठूलो अपरेशन त थिएन, तर पनि छोरा÷बुहारी, जेठी छोरी, जुवाईंसाहेब सबै–सबै चिन्ता बोकेर मलाई हेर्न आइपुगे, समस्या केही छ कि भनेर बुझ्न आए । साथीभाई मित्रहरु पनि आ–आफ्नो ढङ्गले चिन्ता बोकेर मलाई हेर्न आए, घरमा पुगेर ल्यायो कि भनेर देख्न आए ।
भदौ २१ देखि भदौ २४ गतेसम्म जम्मा ४ रात धुलिखेल हस्पिटलमा बस्नुप¥यो । हस्पिटलका चिकित्सक, डाक्टर, नर्सहरुसँग हार्दिकता मनोरम ढङ्गले साट्न पाइयो । सँगसँगै कोठामा बसेका बिरामी मित्रहरुसँग आत्मियताको मित्रवत् व्यवहारमा आफू भुल्न पाइयो । घर परिवारका स्वजनहरुको स्नेहमय मायामा झुल्न पाएँ । कसैलाई खबर गर्नु पर्दैन; यो सानो अप्रेशन हो – कसैलाई दुःख नदिने भन्दाभन्दै पनि थाहा पाएर आउनुहुने मेरा प्रियजनहरुसँग पनि माया–मोह साट्न पाइयो । दुःख भएन, रोगसँग मुकाबिला गरेर घर फर्किन पाएँ । सानो नाती ‘ईथर’ बा–बा भन्दै मेरो अगाडि देखा परे । घाउ कता छ भनेर देख्न आए — उनी निकै खुसी देखिएको छ – मलाई पनि निक्कै नै आनन्द लाग्यो ।
००
हाम्रो जस्तो देशमा हस्पिटलमा भर्ना हुनु भनेको ठूलै दुर्घटना पो हो कि भनी सम्झनेहरुले ‘परेपछि गा¥हो हुन्छ’ भनेर धारेहात लगाएर आफू सधैं बाँच्ने त हो नि भनी सोच्नेहरु पनि होलान् ? म मन–मनमा त्यस्ता पात्रहरु राखेर पनि सोचिरहन्छु । जेष्ठ नागरिक भएपछि धेरै कुराले सताउँदै लग्ने रहेछन् – ती सबै कुराहरु पनि मन–मनमा राखेर आफैंलाई ‘ऐना’ मा हेरेर आफूलाई हेर्दै छु ।
धुलिखेल हस्पिटलमा चारदिन बास बसें । मलाई त ठीकै लाग्यो – हस्पिटलको व्यवस्थापन पनि राम्रै लाग्यो । कतै दुख्नुपरेन, नचाहिँदो झञ्झट केही भोग्नुपरेन — शान्तपूर्वक बसें । अभाव केही भएन ।
२५ गते साँझतिर भारतीसँगसँगै बहिनीहरु विन्दिया, प्रगति र छोरा सचेत र छोरी सोनीसँग भएर धुलिखेल हस्पिटलबाट हामी घर आइपुग्यौं । एउटा सानो दुर्दशाबाट मुक्त भएँजस्तो प्रतीत भयो ।
०००

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0