Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राष्ट्रपति रनिङ शिल्ड पार्वती र भूमिमाता माविको पोल्टामा

प्रभातफेरी अनलाइन ३४३ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १९, बिहिबार (२ साल अघि)
राष्ट्रपति रनिङ शिल्ड पार्वती र भूमिमाता माविको पोल्टामा

काभ्रे । बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ पार्वती माध्यमिक विद्यालय तथा छात्रातर्फ भूमिमाता माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्दै रनिङ शिल्ड आ–आफ्नो पोल्टामा पारेका छन् ।
विजयी विद्यालयका टिमहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार वितरण गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले स्थानीय स्तरमा हुने प्रतियोगिताले प्रतिभा उत्पादन हुने भएकाले प्रतियोगिताको विशेष महत्व रहेको बताउनुभयो ।
उहाँले सबै गतिविधि गाउँपालिकाको केन्द्रमा मात्र गर्नुहुन्न भन्ने मान्यताका साथ रनिङ शिल्ड प्रतियोगितालाई वडा नंं १ मा गरिएको र अन्य वडाहरुमा पनि यसरी नै विविध गतिविधि गर्दै जाने बताउनुभयो । गाउँपालिकाले खेलकुद, शिक्षा विज्ञान र प्रविधिको कार्यक्रमलाई प्राथमिकतामा राखेकोले विकास भनेको बाटो र अन्य पूर्वाधार मात्र नभई व्यक्तिको चौतर्फी विकास पनि भएको कुरा जीकिर गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले नयाँ प्रतिभाको खोजी हुनु, अवसर पाउनु र पुरानाहरू निखारिदै जानुले समग्र देशको खेलकुदमा योगदान बढ्ने भएकाले प्रतियोगिताको उद्देश्य प्रतियोगिताले नै पूरा गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मधुसुधन तिमल्सिनाले यस वर्षको प्रतियोगिता सम्पन्न गर्नका लागि वडा नं. १ लाई मौका दिएकोमा गाउँपालिकाप्रति आभार व्यक्त गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । बिजेता टिमहरुलाई स्थानीय संघ संस्थाले नगद पुरस्कारसमेत प्रदान गरेका छन् ।
समापन कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, वडा नं. ३ का अध्यक्ष कुबेर ढकाल, वडा नं. ४ का अध्यक्ष कृष्ण लामा, वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबा, वडा नं. ६ का अध्यक्ष विष्णु तामाङ, विभिन्न वडाका सदस्यहरु, सहभागी विद्यालयका शिक्षक प्रतिनिधि, प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो । बेथानचोक गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको संयोजन चक्रेश्वर माध्यमिक विद्यालयले गरेको थियो ।
गाउँपालिकाको वडा नं. १ को च्याम्राङबेंशीमा भएको प्रतियोगितामा छात्रतर्फ चक्रेश्वर माध्यमिक विद्यालयले र छात्रातर्फ सरस्वती माध्यमिक विद्यालय पार्थलीले दोस्रो स्थानमा चित्त बुझाए । तृतीय स्थानमा छात्रतर्फ भिमसिनेश्वर माध्यमिक विद्यालय तृतीय भयो भने चक्रेश्वर माध्यमिक विद्यालयले छात्रातर्फको तेस्रो स्थान आफ्नो पोल्टोमा परेको छ । गाउँपालिका भरीका १० वटै माध्यमिक विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0