Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

माघि पर्व र घ्यु चाकुको महत्व

प्रभातफेरी अनलाइन १०१२ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २४, मंगलबार (२ साल अघि)
माघि पर्व र घ्यु चाकुको महत्व

नेपाल पर्वै पर्वको मुलुकको रुपमा परिचित छ । त्यसमा पनि माघे संक्रान्ति, माघि पर्व र घ्यु चाकु, खित्रोको महिमाका बारेमा जति नै चर्चा गरेपनि अपूरो रहन्छ । यो वर्ष पनि अन्य वर्षमा जस्तै माघि पर्वका बारेमा विभिन्न महत्वका अभिव्यक्तिहरु आउने क्रम चलेको छ ।


यसै सेरोफेरोमा रहेर केही कोर्ने जमर्काे गरेको छु । जाडो महिना हिउँदको बेलामा बिहान पत्तो नपाईकनै काममा जाने समय भई सक्छ, सिरक अत्यन्त प्यारो हुने गर्दछ भने घामको महत्व ज्यादै हुन्छ ।
१२ वटा महिना, ४ वटा ऋृतुहरु अनि १२ वटै मसान्त र १२ वटै सङ्क्रान्तिहरू, विक्रम संवतका यी महत्वपूर्ण गणकहरू हुन् । वैशाखे सङ्क्रान्तिबाट सुरु भएका वर्षका दिनहरू क्रमशः विभिन्न मसान्त र सङ्क्रान्ति हुँदै चैत मसान्तमा पुगेर अन्त्य हुन्छ ।


माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् र यस दिनलाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथै मनाइने गरिन्छ । सनातन संस्कारमा तिलको विशेष महत्व छ, चाहे होम जाप गर्नलाई चरुको रूपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृ कर्म अनि शुभ कार्य, तिल अपरिहार्य छ । संक्रान्तिको दिन तिलको पकवानका लागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएका लड्डुहरू विशेष परिकार हो, त्यसै कारणले पनि माघे सङ्क्रान्तिलाई तिलुवा सङ्क्रान्ति पनि भनिन्छ । अर्कोतर्फ नर्थ पोल र साउथ पोल अर्थात् उत्तरी र दक्षिणी ध्रुवका बारेमा हामीले भूगोलमा पढेका छौ, सूर्य र पृथ्वीको दिशालाई पनि लगभग यस्तै ध्रुवको अवस्थितिका आधारमा गणना र मापन गरिन्छ, यस दिनबाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र हिउँद घट्दै जाने र वसन्तका साथै ग्रीष्म बढ्दै जाने मान्यता छ ।
अनि घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात् मुरैको लड्डु अनि च्यूराको लड्डु तैयार छन् त ? के मा बनाउनुभयो ? सख्खर, या चिनीको पाग या महमा ?


जाउलोसँग सम्बन्धित एउटा उखान तराईतिर ज्यादै प्रचलित छ, “खिचडी के चार यार, दही पापड घी आ अचार” । मैथिली भाषाको यो उखानका अनुसार खिचडीका चार साथीहरू हुन्छन्, दही, पापड घ्यू अनि अचार । अनि तैयार छन् त यी कुराहरू कि अन्य कुराहरूसँग खिचडी तात्तातो खाने सोचमा हुनुहुन्छ ?
जाडोको समयको यो न्यानो चाड माघे सङ्क्रान्तिले दैलोमा ढकढक्यायो । बिहान सबेरै नुहाई धुवाई गरेर, चोखो कपडा, ब्राह्मणलाई दान दक्षिणा दिइनुको साथै कतिपय घरमा त आजको दिन रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ । तिल र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ । यसर्थमा कति धेरै वैज्ञानिक अनि अर्थपूर्ण संस्कार नेपाली जनजीवनमा रहेको छ भन्ने पुष्टि हुन्छ । यस्ता पोसिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्म रोग र जोर्नीका समस्या आदीबाट समेत राहत मिल्दछ ।


मधेसमा भने मैथिल र थारुसमुदायहरुले बडो सद्भावका साथ यो चाड मनाउने गर्दछन् । थारु समुदायमा यस दिन येले दुगंका रूपमा लगभग नयाँ वर्षका रूपमा मनाइन्छ । सोही दिन किराँत वंशले काठमाडौँ उपत्यकामा आक्रमण गरी विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रूपमा किराँत संवत् शुरु भएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रूपमा धमार गीत गाँउदै रमाईलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ । आनन्दी नामक चामलको जाँड पश्चिमी थारु समुदायमा बहुत चर्चित छ । यसै गरी छोरीचेलीहरु माइत आउने र फर्कँदाखेरि ‘निसराउ’ अर्थात् उपहारहरू दिएर पठाउने चलन छ ।
नेवार समुदायमा ‘घ्यचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरूले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । काठमाडौँ उपत्यका नजिकैको पनौतीमा ऐतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरु भएको हो ।
माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरूको राष्ट्रिय पर्वका रूपमा मान्यता दिइएको छ । मगर समुदायमा तारो हान्ने खेल अत्यधिक प्रचलनमा छ । यस पर्वमा मगरहरूले धूमधामका साथ चेलीबेटी र पितृहरूको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरूको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरू सङ्क्रान्ति अघि नै जङ्गलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् । घरका पुरुषहरूले धनुष काँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरूले काठको फल्याकमा अङ्गारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तीतेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरू चैँ साँझमा जम्मा भई घरघरमा गई बासी आन्द्रा पाई कि नपाई भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटाकेटीहरूलाई बचेखुचेका खानेकुरा दिन्छन् अनि केटाकेटीहरू रमाउँदै अर्को घर जान्छन् ।
मकर स्नान आरम्भ
नदीनालाको देश नेपाल उद्गम बिन्दु भएको सनातन संस्कारमा जलाशयहरूमा गरिने स्नानको विशेष महत्व रहन्छ । यस्तै मध्य हिउँदको मकर स्नानको पनि विशेष महत्व रहन्छ । मकर सङ्क्रान्ति बाट सुरु हुने यस स्नान माघ महिनाभरि नै चल्दछ । यस दिनको धार्मिक र पौराणिक मान्यताका बारेमा चर्चा गरौँ, महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान थियो, रणभूमिमा अर्जुनका धनुष वाणहरूले शरीरमा सर्वत्र छेडेका भीष्म पितामहले आजकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा महाभारतमा उल्लेख छ । आजको दिन विभिन्न घाटहरू, नदिहरु अनि पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड रहन्छ । नवलपरासीको देवघाट, सुनसरिको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरूको घुँईचो रहन्छ । यसरी माघी नुहाइसकेपछि तिलको सुकेको वुट्यानलाई बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पाप मोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सीधा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपूराणमा उल्लेख गरिएको छ । सङ्क्रान्ति बाट सुरु हुने यस स्नान माघ महिनाभरि नै चल्दछ ।
उत्तरायण आरम्भ
वर्ष दिनमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने गरेको छ । ती दुई परिवर्तनलाई “उत्तरायण र दक्षिणायन” भनेर बुझिन्छ । ६ –६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सूर्य कर्कट राशि देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ ।
उत्तरायणको अवधिमा सूर्यको परिक्रमा मार्ग बिस्तारै उत्तरतर्फ लाग्दै गरेको हामीले देख्ने सक्छौ । शास्त्रको अनुसार उत्तरायणलाई सकारात्मकता तथा दक्षिणायनलाई नकारात्मकताको प्रतीक मान्ने गरिन्छ । शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरूको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरूको एक रात ।
पौराणिक भनाई के रहेको छ भने उत्तरायणको बेला मृत्यु भएका मानिसहरूले मोक्ष प्राप्त गर्छन् भने दक्षिणायनको बेला मृत्यु भएका मानिसहरूले पुनर्जन्म लिनु पर्छ, यसै कारण पनि सूर्यको यी दुई स्थितिलाई मानिसहरूको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको पाइन्छ ।
उत्तरायणको बेला दिनहरू लामो र रातहरू छोटो हुने गर्दछन् । उत्तरायणमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिन्छ । सबैको भलो होस् । मिठो खाने अनि सबैको भलो चिताउने यस पर्व माघीको स्वदेश तथा विदेशमा रहनुहुने सबैलाई शुभकामना, सख्खरजस्तै गुलिया अनि लड्डुजस्तै मिठा पलहरु यस वर्षभरि कायम रहुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0