Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दक्ष जनशक्ति विदेशिनु राज्यको लागि चिन्ताको विषय भएको छः मन्त्री लामा

प्रभातफेरी अनलाइन २३८ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ९, मंगलबार (२ साल अघि)
दक्ष जनशक्ति विदेशिनु राज्यको लागि चिन्ताको विषय भएको छः मन्त्री लामा

काभ्रे । शिक्षाको क्षेत्रमा अतुलनीय योगदान रहेको काभ्रे बहुमुखी क्याम्पसको पाँचौं क्याम्पस सभालाई सम्बोधन गर्दै बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले उच्च शिक्षाको लागि युवा विदेशिनुपर्ने बाध्यता चिन्ताको बिषय भएको बताउनुभएको छ ।
काभ्रे बहुमुखी क्याम्पसको ५ औं क्याम्पस सभालाई सम्बोधन गर्दै उहाँले पढाइकै लागि टाढा–टाढा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने तर्क राख्दै पढ्न कै लागि विदेश जानुपर्ने, अन्य शहर जानुपर्ने चिन्ताको बिषय भएको मन्त्री लामाले बताउनुभएको थियो । विभिन्न संकायका विषय अध्यापन गर्न चाहने क्याम्पसलाई विश्वविद्यालयले स्विकृती दिनुपर्छ, अल्झाएर राख्नुहुँदैन बताउनुभएको थियो ।
कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले पूर्वाधार विकास हाम्रो प्राथमिकतामा पर्दै आएको भन्दै शिक्षा क्षेत्रको विकास नभइ अन्य क्षेत्रको विकास नहुने बताउनुभएको थियो । त्यस्तै बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले शिक्षा वा रोजगारीको लागि बढ्दो युवा पलायन रोक्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा बनेपा वडा नं ६ का वडाअध्यक्ष सचितानन्द केसी, पूर्व सभासद् शिला कतिला, काभ्रे बहुमुखी क्याम्पसका पूर्व प्रमुख कमला कायस्थ, चैतन्य बहमुखी क्याम्पसका प्रमुख जुजुभाइ मानन्धर, क्याम्पस सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थ, उपाध्यक्ष मोहन दुवाल, सदस्य राजाराम धौभडेल, उपप्राध्यापक कृष्णप्यारी नकर्मी लगायतले जिल्लाको पुरानो काभ्रे बहुमुखी क्याम्पसलाई सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको बताएका छन् ।
क्याम्पस प्रमुख केजी बैदारले विभिन्न संकायका ८ कार्यक्रम सञ्चालन गरिरहेको भन्दै विभिन्न कार्यक्रमका कक्षा सञ्चालनको लागि विश्वविद्यालयले अनुमति नदिएको गुनासो राख्नुभएको थियो । पढ्न नपाएर र पढ्न नसकेर विदेशिनेको संख्या बढेको भन्दै उनले पब्लिक क्याम्पसहरुलाई सहयोग गर्ने हो भने त्यो क्रम रोकिने बताएका थिए ।
सभाले बार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, बार्षिक कार्यक्रम तथा अनुमानित आय÷व्यय विवरण समेत पारित गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0