काभ्रे । अक्षरमार्गको एघारौँ वार्षिकोत्सवको अवसरमा नेपाली साहित्य, संस्कृति, इतिहासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुहुने सात जना सर्जकहरुलाई सम्मान गरेको छ ।
सम्मान सर्मपण तथा पुस्तक लोर्कापण कार्यक्रममा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई कृष्णसुन अक्षरमार्ग पत्रकारिताबाट, विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कलाकार केके कर्माचार्य, वरिष्ठ कथाकार सनत रेग्मीलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मानबाट, गायत्री श्रेष्ठलाई अक्षरमार्ग नरबहादुर स्रष्टाबाट, साहित्यकार तथा भाषिक अभियन्ता श्रीकृष्ण महर्जनलाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट हुनुभएको छ भने दार्जलिङ निवासी साहित्यकार सुभद्रा बम्जनलाई ध्रुबमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानद्धारा सम्मानित हुनुभएको छ ।
यस्तै, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट साहित्यकार डा गोपाल पौड्याल मण्डने सम्मानित हुनुभएको छ उहाँहरूलाई कार्यक्रमका विशिष्ट अतिथिद्वय वरिष्ठ साहित्यकार तथा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल र नेपाल स्रष्टा समाजका अध्यक्ष श्री ॐ श्रेष्ठ रोदनले सम्मान अर्पण गर्नुभएको छ । प्रल्हाद केसी, ध्रुबनारायण जोन्छे, राजेश श्रेष्ठ, ध्रुवकृष्ण ताम्राकारबाट सम्मानित सर्जकहरुलाई माला, टीका, मायाको चिनो तथा नगद प्रदान गरिएको थियो । अक्षरमार्गले हरेक वर्ष वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, साहित्यकार श्री ॐ श्रेष्ठ रोदन, मोहन दुवाल, पवन आलोक, सूर्य लाकोजू, विजय कर्माचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा साहित्यकार सूर्य लाकोजूद्वारा लिखित सिर्जना लेखन कला र अक्षरका स्वरूप नामक दुई कृतिको लोकार्पण समेत गरिएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |