काभ्रे । काभ्रे जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले आजबाट अरनिको राजमार्गअन्तर्गत धुलिखेल ३२ किलोमा अनशन सुरु गरेका छन ।
चार किलोमिटर धुलिखेल-खावा सडक खण्ड विस्तारको काम अत्यन्तै सुस्त भएको र जनताले दुःख पाएको भन्दै जिसस प्रमुख गौतमले अनशसन सुरु गरेका हुन् । निर्धारित समयमा काम सम्पन्न गराउन पटक-पटक जिल्लास्तरमा सरोकारवालाको छलफल भए पनि ठेकेदार कम्पनीले काम गर्न आलटल गर्दै आइरहेकोले समयमै काम सम्पन्न नहुँदा यस सडक भएर आवतजावत गर्ने यात्रुले सास्ती खेप्दै दैनिकजसो दुर्घटना हुने गरेको मैले हेर्न सकिनभन्दै प्रमुख गौतमले अनशन शुरु गरेको बताउनु भएको छ । अनशनका बारेमा थप प्रतिक्रिया दिदै जबसम्म सडकको स्तरोन्नतिको काम हुदैन तब सम्म म यहि बस्छु । संसदमा काभ्रेका सांसदहरूले बोल्दा प्रधानमन्त्रिको ध्यानाकर्षण गराउदा समेत राजमार्ग बन्दैन भने तेमाल, रोशी, महाभारतको कस्ले देख्ने र बोल्ने यो प्रतिनिधि घटना हो भन्दै जब सम्म काम शुरु हुन्न तबसम्म मेरो अनसन रोक्किन ! अब बोलेर काम नहुने भएकोले सरोकारवाला सबैलाई साथ र सहयोगका लागी अनरोध समेत प्रमुख गौतमले गर्नु भएको छ ।
वहाँको अभियानलाई साथ दिन आईपुग्नु भएका पुर्व मन्त्री एवं प्रदेश सांसद रत्न ढकालको प्रतिक्रिया छ – निर्माण कम्पनीको चरम लापरबाहीले ठूलो क्षति ब्यहोरनु परेको छ । पटकपटकको अनुगमन ,समन्वय , निर्देशन लाई लत्याउदै कमिकम्जोरी ढाकछोप गरेर जनतालाई गुमराह गर्ने प्रयत्नका विरुद्ध यो अभियानमा आफ्नो ऎक्यबद्द्ता सधैं रहिरहनेछ । यसका साथै सम्बन्धि सरोकारवाला निकायलाई दवाब शृजना गरि छिटोभन्दा छिटो सडक जिर्न अवस्था र त्यसले निम्त्याएको चुनौतीका बारेमा ध्यानाकर्षण गराउन आफू प्रतिबद्ध रहेको समेत नेत्ता ढकालले बताउनु भएको छ ।
जिल्ला समन्वय प्रमुखले चालेका अभियान प्रती फेरि पनि समर्थन गर्दै यो अभियानलाई छिटै टुंगोमा पुर्याउन सशक्त भुमिकामा रहने र कसैको दवाबबाट बिचलित नहुने प्रण समेत नेता एवं सांसद ढकाल प्रतिबद्धता जाहेर समेत गर्नु भएको छ ।
चार किलोमिटर लामो धुलिखेल-खावा सडक खण्ड विस्तारको काम अत्यन्तै सुस्त भएको भन्दै पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले संसदमा बाटो निर्धारित समयमा नबने अनसनमा बस्ने घोषना गरेका थिए तर काभ्रे जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले कुरा होइन ब्याबहारमै देखाइदिनु भएको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धुलिखेल- खावा सडकका बारेमा पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्क शिलान्याश कार्यक्रममा बोल्दै छिटोभन्दा छिटो बाटो बनाउन पहल गर्ने बताउदै निर्माण व्यवसायीलाई बोलाएर निर्माण व्यवसायीको केहि समस्या छ भने सम्बोधन गर्ने नत्र भने छिटो भन्दा छिटो बाटो बनाउनका निर्देशन भएको समेत सार्वजनिक भएको थियो ।
सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा सडक खण्ड विस्तार एवम् स्तरोन्नतिको काम सक्ने गरी २०७९ साल जेठ २० गते सम्झौता भएको थियो । तर कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेको छ । कम्पनीले आउँदो चैत १९ गतेसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको पुर्वाधार कार्यालयले बताएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |