काभ्रे । काभ्रे बहुमुखी क्याम्पसको ४३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथी एवं बागमती प्रदेश सांसद कण्चनचन्द्र बादे श्रेष्ठले युग प्रविधिमय भइसकेको अवस्थामा समय सापेक्षित शिक्षा आजको आवस्यकता भएको बताउनु भएको छ ।
बागमती प्रदेश सभा सदस्य एवं पूर्व उद्योग राज्यमन्त्री समेत रहेका नेत्ता कञ्चनचन्द्र बादेले शिक्षा क्षेत्र समय सापेक्षित हुन नसक्नु नै शैक्षिक बेरोजगार निम्तिनु हो । जबसम्म युवाहरूको चाहना र समयलाई बुझ्ने शिक्षा नीति हुन्न भौतिक सुबिधा मात्र भए गुणस्तरीय जनशक्ति उत्पादन हुने होइन । अहिले मुख्य समस्या भनेको युवा मस्तिष्कमा छाप छोड्ने नीति हुनुपर्यो । किन पछिल्लो समय राज्यको लगानिका शैक्षिक संस्था बिस्थापित भएका छन् ।हामी नीतिनिर्माता कहाँ चुक्यौं त्यस तर्फ सुक्ष्म अध्यन हुनुपर्छ । तब मात्र युग सुहाउदो शिक्षा नीति बनाउन सक्छौ । त्यसैले आज सरकारी स्वामित्व भएका क्याम्पसमा बिद्यार्थिको आकर्षण किन कमि भयो ? किन खोज्दैनौं यो गम्भीर बिषय भएको छ । यी यावत पक्षमा हाम्रो ध्यानाकर्षण हुनुपर्छ । तब मात्र अब्बल शैक्षिक संस्था सञ्चालन गर्दा सबैको बिस्वस्नियता लिन सकिने जिकिर गर्दै सांसद एवं प्रमुख अतिथी बादेले राम्रो टिम भयो भने शिक्षाको क्षेत्रमा अनुकरणीय कार्य गर्न सकिने उद्घोष गर्नु भएको छ । जिल्लाको पुरानो क्याम्पस यसमा यसक्षेत्रका बौद्धिकब्याक्ती साइनो जोडिएको कारण पनि गुणस्तरीय उत्पादन दक्षजनशक्ति सावित हुनुले पनि साख राखेको कार्यक्रममा पेसभएको तथ्यले पुष्टि गरेको छ ।यसका पछाडि ब्याबस्थापकिय सुजबुझलाई लिनु पर्छ । क्षमतावान प्राध्यापकहरु अथक मेहनत कै कारण पनि हामीले यो उपलब्धि हासिल गर्न सफल भएका छौ । अझै उदाहरणीय बनाउन अध्यापन गराउने टिम र हामी जनप्रतिनिधिहरुको पनि आ-आफ्नो ठाउँबाट लागिपर्नु पर्नेधारणा राख्नु हुँदै स्थानीय सरकारले शिक्षामा गुणस्तर दिनका लागि शिक्षा ऐन लागू गरेर आफ्नो नगरमा शिक्षा क्षेत्र उदाहरणीय बनाउन लाग्नुपर्ने सुझाव दिनु भएको छ । क्याम्पसले बिबिए, बिआइटी, बिएससी सञ्चालन गर्न राखेका प्रस्तावहरुमा आफू प्रदेशस्तरबाट हुनेसम्म लागी पर्ने प्रतिबद्धता समेत सम्बोधनका क्रममा व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्य, वडा अध्यक्ष सचितानन्द केसी, शिक्षासेवी भोला केसी, राजु सरकार, क्याम्पस प्रमुख केजी बयदार, स्ववियु अध्यक्ष युगेश्वर कायस्थ लगायतले मन्तव्य राख्नुभएको थियो ।
सोही अवसरमा भुजंग अंकको लोकार्पण गरिएको थियो । कार्यक्रममा चन्द्रराज हरिदेवी कायस्थ छात्रवृत्ति, रत्नकुमारी कायस्थ छात्रवृत्ति, रिनाकिरण कायस्थ छात्रवृत्ति, शिवराम भैल छात्रवृत्ति, आशाकाजी सेवक छात्रवृत्ति, केदारनाथ विद्वत्तवृत्ति, खिलकुमारी गणेश बहादुर दुवाल छात्रवृत्ति प्रदान गरिएको थियो भने त्रिविविबाट परीक्षाफल प्रकाशित नभएको हुँदा दिलगंगा छात्रवृत्ति र लिला-मध्यमार्ग छात्रवृत्ति पछि प्रदान गरिने क्याम्पस प्रमुख बयदारले जानकारी दिनुभएको थियो । छात्रवृत्ति पाउनेमा बिकाए तहमा रिया चौलागाईं, बिआइसिटीतर्फ मनिषा गौतम, एमबीएसमा जस्मिन श्रेष्ठ र केदारनाथ विद्वत्तवृत्तिबाट एमबीएसतर्फ सोनी लामा र सुदीप मानन्धर, एमए सोसल सञ्जीप कार्की, बीबीएसतर्फ रिया चौलागाईंलाई शोधपत्र कार्ययोजना छात्रवृत्ति प्रदान गरिएको थियो । सो कार्यक्रमको सभापतित्व क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्राध्यापक कृष्णप्यारी नकर्मीले गर्नुभएको थियो ।
क्याम्पसमा अहिले स्नातक तर्फ BCA, BICT, BA, BBS, BASW र B.Ed (Science ) त्यस्तै स्नातकोत्तर तर्फ MBS र MA (Sociology ) का अध्यापन भइ रहेका छन् भने भबिष्यमा BBA, BIT, B.Sc. (CSIT) र BSW का कार्यक्रम संचालन गर्ने जानकारी पनि गराइएको थियो ।
सो अवसरमा युनिभर्सिटी ग्राण्ट्स कमिसन नेपालको सहयोगमा सुस्तमनस्थितिभएका बिद्यार्थिहरुले तयार पारेका हस्तकलाका घरेलु सामानको प्रदर्शनी पनि राखिएको थियो ।
मञ्चमा अतिथिहरु लहरै बसिरहेका थिए, श्रोता एवं विद्यार्थीहरुको चासो पनि बढिरहेको थियो, यो पंक्तिकार समयको पावन्दीका कारण कार्यक्रमस्थलबाट निस्किँदै गर्दा निर्माणस्थलमा आउँदा नआउँदै टाई–सुटमा सजिएको युवा निर्माणस्थलबाट हस्याङफस्याङ्ग गर्दै च्याप्प हात समातेर त्यतिकै जान मिल्दैन नि सर ! भनी निकैबेर आग्रह गर्न पछि पर्नु भएन । एकछिन अल्मलिएँ, ति युवाको तलदेखि माथिसम्म हेरेँ चिरपरिचित पात्र पो रहेछन् । आफैंलाई अप्ठ्यारो लाग्यो, के भनौं, के भनौं भयो । होइन सर अन्त कार्यक्रम थियो, निस्किन खोजेको भनें । मान्नुभएन, पख्नुस् है सर भन्दै दौडेर कार्यक्रमस्थलतिर जानुभयो । सँगै फर्किन तयार रहेको भाइले जाउँ सर भनिरहँदा मलाई अनौठो अनुभूति भयो, म पर्खिएँ र त्यो अवधिमा वडा कार्यालय र क्याम्पसबिच विवादित मानिएको भूभागमा निर्माण कार्य भएको दृश्य नजिकबाट नियाल्न पुगें । काम गर्ने मजदुरहरुलाई प्रश्न गरें, यो त यस्तो थियो नि होइन ? भन्दा क्याम्पस र वडा अध्यक्षबीच सहमति भएर राम्रो काम अगाडि बढेको हो नि सर भन्दा नभन्दै उनै पात्र खाजाका झोला बोकेर आइपुग्नुभयो । त्यसपछि ममा त्यो निर्माणस्थलका बारेमा जिज्ञासा बढ्यो र सोधिहालें । अलिकति बताइदिनुहुन्छ मात्र के भनेको थिएँ, उहाँले धाराप्रवाह प्रष्ट्याइदिनुभयो । मनमनै मनन् गरें, केही गर्छु भन्ने हुटहुटिकै कारण यो उपलब्धी भएको रहेछ भन्ने महसुस गरें र धन्यवाद व्यक्त गर्दै क्याम्पसको अवस्थाको बारेमा जिज्ञासा राखें । युवा न हो, केही गर्छु भन्ने भावना बोकेर समर्पित भएको भाव उहाँको हाउभाउले प्रष्ट्याउँथ्यो । तामझाम सहित कार्यक्रमस्थल श्रृंगारिएको थियो, आमन्त्रितहरु आउनेजाने निरन्तर चलिरहेको थियो । उद्घोषकले कार्यक्रमका बारेमा प्रष्ट्याइरहनुभएको थियो, अतिथिको रुपमा मञ्चमा रहनुपर्ने पात्र निर्माणस्थलमा आवश्यक पर्ने सरसामग्री लगायत आगन्तुकहरुको जिज्ञासाहरु मेट्न तल्लीन ति युवाको गतिविधिले काभ्रे बहुमुखी क्याम्पसमा केही न केही फरक पक्कै विद्यार्थीहरुले पाउनेछन् भन्ने अपेक्षा यो पंक्तिकारलाई लागेर कार्यक्रमका बारेमा उनै क्याम्पस व्यवस्थापन समितिका सदस्य युवा कृपेन्द्र श्रेष्ठसँग जिज्ञासाको समाधान खोज्ने प्रयास गरें ।
जसलाई सदस्य श्रेष्ठले सारांशमा यसरी राख्नुभयो– सामुदायिक क्याम्पसलाई विद्यार्थीहरुको आकर्षकको शैक्षिक गन्तव्यको केन्द्र बनाउन अपनाउनुपर्ने सबै विधि अपनाएका छौं । यथार्थमा भन्नुपर्दा भक्तपुर पूर्व बिबिए पढाउने कुनै पनि सामुदायिक क्याम्पसहरु छैनन् । त्यसका लागि क्याम्पस व्यवस्थापन समिति र क्याम्पस प्रशासनले खेल्नुपर्ने भुमिकामा कुनै कसुर बाँकी राखेका छैनौं । बिडम्बना ! भौतिक देखि सबै आवश्यक पूर्वाधारहरु र जनशक्ति हुँदाहुँदै पनि काभ्रे बहुमुखी क्याम्पसले सम्बन्धन पाएको छैन । यो दक्ष जनशक्ति र शैक्षिक गन्तव्यको अड्चनका रुपमा क्याम्पसले लिएको छ । जस्तै BBA, CSIT जस्ता विषयमा विद्यार्थीहरुको आकर्षण बढेको छ । यस किसिमका संकायहरु राखेर पठनपाठन गर्ने हो भने दिनप्रतिदिन विदेशिँदै गएका युवा जनशक्तिहरुलाई रोक्न सकिन्थ्यो तर त्रिभुवन विश्वविद्यालयबाट यसतर्फ गम्भीरताका साथ चासो नदिनुले विद्यार्थीहरुमा निराशा छाएको छ । जसको परिणाम दिनप्रतिदिन युवा जनशक्ति पलायन हुँदै गएको छ । यसका लागि पनि क्याम्पस व्यवस्थापन समिति र क्याम्पस प्रशासन गम्भीर बनेको छ । त्यसैगरी त्रिभुवन विश्वविद्यालयले समयमा परीक्षा लिने तर नतिजा समयमा प्रकाशन नगर्ने संस्कारका कारण विद्यार्थीहरुमा त्रिभुवन विश्वविद्यालयप्रति नै वितृष्णा जागेको छ भने अर्काे, स्नातक तहमा ४ वर्षे अध्ययन अवधि राखेर बेलायत, भारत जस्ता मुलुकमा अझै पनि ३ वर्षमा स्नातक गर्न पाइन्छ । जसका कारण विद्यार्थीहरुले आर्थिक बोझ सँगसँगै विदेशिनुपर्ने बाध्यता यो परिपाटीले सिर्जना गरेको महसुस गरेका छन् । जसको फाइदा संस्थागत क्याम्पसहरुले लिइरहेका छन् ।
संस्थागत क्याम्पसहरुले लिने शुल्कभन्दा सरल र सहज ढंगबाट शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि सामुदायिक क्याम्पसहरुलाई त्रिभुवन विश्वविद्यालयले सम्बोधन नगर्ने हो भने अबको शैक्षिकस्तर पैसामा जोडिने भएकोले पलायन हुनुको विकल्प पनि छैन । त्यसैले केन्द्रीय सरकारदेखि स्थानीय सरकारसम्मले यस विषयमा गम्भीर रुपमा मनन् गरेर आजका विद्यार्थीहरुको चाहना र आवश्यकताहरुलाई सम्बोधन गर्न QAA प्राप्त गर्ने पूर्वीय क्षेत्रकै एक मात्र क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयबाट BSW, BEd (Science), BICTE, BCA जस्ता विषयहरु अध्यापन गराउनका लागि काभ्रे बहुमुखी क्याम्पसलाई तत्काल सम्बन्धन दिन सरोकारवाला निकायसँग जोडदार माग गर्दछु । यस विषयमा अतितमा धेरै किसिमका आरोह, अवरोहहरु आए, अब त्रिविले नयाँ उपकुलपति पाएको छ । विद्यार्थीको भावनाअनुसार जीवनोपयोगी शिक्षाका लागि त्रिविले सम्बन्धन हुनेछन् भन्ने अपेक्षा क्याम्पस व्यवस्थापन समितिले लिएको छ र त्यसका लागि आवश्यक पहल कदमी सबैले आ–आफ्नो ठाउँबाट गर्न पनि सबै दिग्गज वर्गहरुमा आग्रह समेत सदस्य श्रेष्ठले गर्नुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |