Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको उपयोग गर्नुपर्नेमा सरोकारवालाको जोड

प्रभातफेरी अनलाइन ५६६ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन १४, सोमबार (२ साल अघि)
Post Thumbnail

ललितपुर । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शनिबार ललितपुरमा भएको ‘जनप्रतिनिधिसँग प्रेस सेन्टर’ विषयक अन्तर्क्रियामा सहभागीले सूचना प्रविधिको प्रभाव रहेको वर्तमान समयमा सत्यतथ्य सूचना र घटनालाई चाँडो र प्रभावकारी रूपमा सम्प्रेषण गर्दै सुसूचित गराउने नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा जोड दिएका हुन् ।

अन्तर्क्रियामा कार्यपत्र प्रस्तुत गर्दै माओवादी केन्द्र प्रचार विभागका सहइञ्चार्ज महेश्वर दाहालले पत्रकारले नागरिकलाई केन्द्रबिन्दुमा राखेर पत्रकारिता गर्न सामाजिक सञ्जालको सही तरिकाले प्रभावकारी हुने गरी उपयोग गर्नुपर्ने बताए । ‘वेबसाइट, ब्लग र सामाजिक सञ्जाल प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास नागरिक पत्रकारिता हो, यसको व्यवस्थित जग भने दक्षिण कोरियाबाट निर्माण भएको हो । अहिले विश्वभरि इन्टरनेटले लाखौँ समाचार साइट र ब्लग जन्मिएका छन्, यसको सही प्रयोगबाट नै आजको युगमा प्रभावकारी रूपमा नागरिकमैत्री पत्रकारिता गर्न सकिन्छ’ दाहालले भने ।

कार्यक्रममा ‘सामाजिक सञ्जालको प्रयोग र प्रचार युद्ध’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले वेबसाइट, ब्लग र सामाजिक सञ्जाल प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास दक्षिण कोरियाबाट निर्माण भएको बताए । उनले सन् २००० देखि सामाजिक सञ्जालको प्रयोग र प्रचारले फड्को मार्दै आएको प्रस्ट पारे । दक्षिण कोरियाका अनलाइन उद्यमी ओह येओन–हो नेतृत्वको टिमले ‘सबै नागरिक रिपोर्टर’ का अवधारणा ल्याएको जानकारी गराउँदै उनले सात सय २७ जना नागरिक रिपोर्टरबाट सुरु भएको अनलाइन सूचना प्रणाली सन् २००७ सम्म आउँदा सय देशबाट ५० हजार नागरिक रिपोर्टरसहित विस्तार भएको र अहिले विश्वभरि इन्टरनेटले लाखौँ समाचार साइट र ब्लग जन्माएको बताए ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा अग्रज पत्रकार भवानी बरालले ‘प्रेस र जनप्रतिनिधिको भेट’ शीर्षकमा दोस्रो कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल नयाँ मिडिया र आमसञ्चारका विविध विषयमा सरल तरिकाले प्रस्तुतीकरण गरेका थिए । उनले विद्युतीय माध्यमको प्रयोगका सकारात्मक र नकारात्मक पक्षमा प्रकाश पार्दै लोकतन्त्रको रक्षार्थ पत्रकारिता प्रभावकारी ढङ्गले उत्रनुपर्नेमा जोड दिए ।

युनेस्कोले सन् २०२२ मे ३ विश्व प्रेस स्वतन्त्रताका अवसरमा अगाडि सारेको थिम ‘प्रविधिको घेराबन्दीमा पत्रकारिता’ विषयलाई व्यापक छलफलमा लैजान आग्रहसमेत गरे ।
कार्यक्रममा महालक्ष्मी–६ का वडाध्यक्ष धर्म महर्जनले वडामा धेरै राम्रो काम गरेको तर पार्टी सङ्गठनले सहयोग नगरेको दुःखेसो पोखे ।
ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले आफ्नो ऐतिहासिक बस्ती खोकनाको सवल पक्षको प्रचारप्रसारमा ध्यान दिन पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गरे ।
कोन्ज्योसोम– ५ का वडाध्यक्ष विजय लामाले राजधानीको कर्णालीका रूपमा वर्षौं दुःख खेपेको बताए । उनले अहिले भारदेउ राजधानीको नजिकको पर्यटकीयस्थल रहेको बताउँदै सोकाबारेमा उजागार गर्न पत्रकारलाई आग्रह गरे ।
बागमती गाउँपालिका–५, इकुडोलका अध्यक्ष नवराज तिमल्सिनाले जिल्लाका हरेक पालिकाका सम्भावनालाई उजागर गर्न पालिका तहमै पुगेर जनप्रतिनिधिसँग बहस र छलफलका कार्यक्रम चलाइनुपर्नेमा जोड दिए ।
माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले वडामा बसेर बजेट निर्माण गर्ने कामलाई आफूले बजेट विनियोजन गर्ने आश्वासन र पहल गर्ने प्रतिबद्धता जनाए ।
प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
उक्त कार्यक्रममा संविधानसभा सदस्य राजकाजी महर्जन, वागमती प्रदेश सभाका पूर्व सदस्य दिनेश महर्जन, माओवादी केन्द्र जिल्ला संयोजक शिव कट्टेल, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण अधिकारी, उपत्यका प्रदेश महासचिव टेनिस रोका, प्रेस सेन्टर उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञावाली, अध्यक्ष नवराज दाहाल तथा जनप्रतितिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0