Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अनुशासनले नै राष्ट्रिय एकता कायम गर्छः बलाधिकृत रथी सिग्देल

प्रभातफेरी अनलाइन ५२४ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २२, मंगलबार (२ साल अघि)
अनुशासनले नै राष्ट्रिय एकता कायम गर्छः बलाधिकृत रथी सिग्देल

बर्दिबास । श्री राष्ट्रिय सेवा दल मध्य पुर्वी तालिम शिक्षालय बर्दिवास महोत्तरीमा माघ २ गतेबाट संचालन भएको सि.सं. ४९ जुनियर डिभिजन एनसीसी तालिमको वार्षिक सामुहिक क्याम्प (तेस्रो चरण) का विद्यार्थीहरुलाई दीक्षित गर्ने क्रममा प्रमुख अतिथि बलाधिकृत रथी अशोक राज सिग्देलले युवा बर्गलाई अनुशासित, नेतृत्व क्षमताको विकास, वफदारिता तथा ईमान्दारीता, राष्ट्रिय एकताको भावना, विकास तथा विपद उद्दार कार्यमा दक्ष स्वयंम सेवकका रुपमा अडिक रहन तालिममा सहभागी विद्यार्थीहरुलाई निर्देशन दिनुभएको छ ।


प्रमुख अतिथि बलाधिकृत रथी सिग्देलको थप कथन छ– अनुशासन ले नै राष्ट्रिय एकता कायम हुने स्मरण गराउँदै तालिम प्राप्त उच्च कोटीको यो जनशक्तिले सामाजिक सहिष्णुतालाई अक्षुण रुपमा स्थापित गर्न र धर्म, संस्कृति, परम्पराप्रति सद्भाव कायम गर्दै सबल र उत्तरदायी समाजको नेतृत्वकारी भूमिकामा आफूलाई स्थापित गराउँछ भन्ने पूर्ण विश्वास आफूले लिएको बताउनुभएको छ ।
एनसीसी तालिमको वार्षिक सामुहिक क्याम्प (तेस्रो चरण) को दीक्षान्त कार्यक्रम पूर्व तालिममा सहभागी क्याडेटहरुको सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि बलाधिकृत रथी सिग्देलले अवलोकन गर्नुभएको थियो ।


सो अवसरमा नृत्यमा प्रथम, द्वितिय र तृतिय हुने विद्यालयहरु क्रमश श्री शान्ती निकुन्ज मा. वि. काठमाण्डौ, श्री मंगल मा.वि.चन्द्रागिरी काठमाण्डौ र श्री ब्रेनल्याण्ड एकेडेमी, काठमाण्डौलाई शिल्ड तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रममा बलाधिकृत रथी सिग्देल, श्री मध्य पुर्वी पृतना हे.क्वा.का पृतनापति उपरथी सुदर्शन सिल्वाल, रथीवृन्द लगायतका बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । त्यसैगरी दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथि वलाधिकृत रथी सिग्देलले क्याडेटले अर्पण गरेको कवाजी सलामी ग्रहण गर्नुभएको थियो ।


एनसीसी तालिमको वार्षिक सामुहिक क्याम्प (तेस्रो चरण) को तालिममा सर्वोत्कृष्ट क्याडेट छात्रातर्फ श्री चुनदेवी मा.वि. थानकोट काठमाण्डौका क्याडेट प्रनिता तामाङ्ग तथा सर्वोत्कृष्ट क्याडेट छात्रतर्फ श्री मंगल मा.वि. थानकोट, काठमाण्डौका क्याडेट मनिष मगर र सहभागी १६ विद्यालयहरु मध्ये सबै विधाहरुमा उत्कृष्ट नतिजा हासिल गर्ने सुनसरी जिल्ला स्थित श्री सैनिक आवासिय महाविद्यालय धरान, सुनसरी से.मु. वेस्ट प्लाटुन (Best Platoon) हुन सफल भएको र Best Public Speaker मा श्री ब्राईट फ्युचर सेकेण्डरी स्कुलका कक्षा ९ मा अध्ययनरत वर्ष १४ की क्याडेट नीतिका भण्डारी हुनुभएको थियो भने Best Model Briefing मा श्री नेक्सस ईन्टरनेत्रल एकेडेमी पेप्सिकोला, काठमाण्डौका कक्षा ९ मा अध्ययनरत वर्ष १६ की क्याडेट स्वस्ती खड्का हुनु भएको थियो । उक्त उत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथि बलाधिकृत रथी सिग्देलले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।


श्री राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालयमा भएको साँस्कृतिक तथा दीक्षान्त कवाज समारोहमा नेपालका विभिन्न ७ जिल्लाका १६ विद्यालयहरुका ५ सय ७६ जना क्याडेट छात्र÷छात्राहरु सहभागी रहेको शिक्षालय प्रमुख लेफ्टिनेन कर्णेल शिवराम थापाले जानकारी दिनुभएको थियो ।
दिक्षान्त कवाज समारोहमा श्री मध्य पुर्वी पृतनाका पृतनापति उपरथी सुदर्शन सिल्वाल, श्री मध्य पुर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी हेमराज के.सी. श्री नं. २७ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी पूर्ण बहादुर खत्री, श्री नं. ९ वाहिनी अड्डाका बाहिनी पति स.र. प्रकाश बहादुर चन्द, श्री नेपाल विद्युत प्राधिकरणका कार्यालय प्रमुख जगन्नाथ झा, विभिन्न सुरक्षा निकायका प्रमुख, महोत्तरी जिल्लामा रहेका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक, समन्वय शिक्षक, अभिभावक लगायत करिव ७ सय जनाको सहभागिता रहेको शिक्षालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0