Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धुवाकोटमा महादेव मन्दिर निर्माणार्थ महायज्ञ

प्रभातफेरी अनलाइन ३४४ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २९, मंगलबार (२ साल अघि)
धुवाकोटमा महादेव मन्दिर निर्माणार्थ महायज्ञ

चरंगेफेदी । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ६ धुवाकोट डाँडामा महादेव मन्दिर निर्माणार्थ महायज्ञ लगाएको छ । धुवाँकोट डाँडामा मन्दिर निर्माको लागि आर्थिक सहयोग जुटाउनको लागि भन्दै चरंगेफेदीमा शिवपुराण धान्याञ्चल ज्ञान महायज्ञ लागएका हुन् ।
कैलाशेश्वर महादेव मन्दिर निर्माण उपभोक्ता समितिको आयोजनामा पितृ मोक्ष एवं निर्माण शुभारम्भ भएको श्री कैलाशेश्वर महादेव मन्दिर निर्माणार्थ फागुन २५ गतेबाट यज्ञ शुरु भएको हो । यज्ञ ११ दिनसम्म चैत्र ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । महायज्ञमा उप-वाचक अच्युत त्रिपाटीको संयोजकत्वमा प्रमुख वाचक रमेश पौडेलसहित ११ जनाको प्रवचक टिम रहेका छन् ।
धुवाँकोट डाँडामा प्राचिन कैलाशेश्वर महादेवको मन्दिर रहेको छ । बुढापाका मानिसहरूका अनुसार यो मन्दिर धेरै पुरानो मन्दिर हो । मन्दिर पुरानो भएपनि भौतिक संरचना भने अहिलेसम्म निर्माण हुन सकेको छैन् । सोही मन्दिरको भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउनको लागि यज्ञ गरेको आयोजक बिदुर प्रसाद न्यौपानेले जानकारी दिए । सो मन्दिर निर्माणको लागि न्यौपानेले ६ आना २ पैसा २ दाम जग्गा दान गरेका छन् । मन्दिर निर्माणको लागि डिपिआरसहित करिब २ करोड जति आर्थिक आवश्यक पर्ने न्यौपानेले जानकारी दिए ।
प्रमुख वाचक रमेश पौडेलका अनुसार सतिवेदीले देह त्यागपछि सतिदेवीको मृत शरिर बोकेर महादेव पृथ्वी परिक्रमा गर्नेक्रममा पूर्वबाट पशुपति फर्कनेक्रममा त्यही स्थानमा बास बसेको किम्बदन्ती रहिआएको छ । जानकारहरुका अनुसार पशुपतिनाथ भन्दा पुरानो कैलाशेश्वर महादेव भन्ने छ । कथा वाचक रमेश पौडेलका अनुसार पशुपतिनाथको दर्शनपछि कैलाशेश्वर महादेवकोे दर्शन गरे मनले चिताएको पुरा हुने छ ।
आर्थिक पारदर्शीका लागि सबै सहयोग रसिद काटेर मात्र लिने गरेको आयोजक विनोद केसीले जानकारी दिए । आर्थिक सहयोग गरी पुण्य कमाउन केसीले अनुरोध गरे । दुई हजार देखि ५ हजारसम्म सहयोग गर्ने समाजसेवीलाई सम्मानपत्रसहित खादाले सम्मान गर्ने छ । त्यसरी नै ५ हजारदेखि २५ हजार सम्म दान गर्ने दातालाई सम्मान पत्रसहित शिलालेखमा नाम राख्ने, ५० हजारदेखि एक लाख सम्म सहयोग गर्ने दातालाई सम्मानपत्रसहित ताम्रापत्र र फोटो राखिने, एक लाखदेखि माथी सहयोग गर्ने दानबीरलाई सम्मानपत्र, ताम्रापत्र र फोटोसहित आजीवन सदस्य राखिने र सबैभन्दा बढी दान गर्ने दातालाई मन्दिर निर्माण पश्चात दानबीरद्वारा उद्घाटन गर्ने आयोजकले जनाएका छन् । पितृमोक्षका लागि फोटो राख्न न्युनतम ५ सय लिने गरेको पनि आयोजकले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0