Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अहिलेको राजनीतिक समिकरण जनचाहना अनुरुप भएको छः पूर्व सभामुख सापकोटा

प्रभातफेरी अनलाइन ४९६ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र १३, मंगलबार (२ साल अघि)
अहिलेको राजनीतिक समिकरण जनचाहना अनुरुप भएको छः पूर्व सभामुख सापकोटा

सन्दर्भः प्रथम जिल्ला परिषद्

बनेपा । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको राजनीतिक समिकरण जनचाहना अनुरुप भएको छ भन्नुहुँदै यो समिकरण दक्षिण पश्चिमतिर ढल्केको नभई नेपालतिर ढल्केको बताउनुभएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको प्रथम जिल्ला परिषद् तथा शिक्षक सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष सापकोटाले उक्त कुरा बताउनुभएको हो । नयाँ समिकरणबारे प्रश्न उठिरहेको बताउँदै उपाध्यक्ष सापकोटाले अहिलेको राजनीतिक दलहरुबीचमा भएको साझा सहयात्रा गठबन्धन नभएर समिकरण भएको बताउनुभयो । अहिलेको राजनीतिक समिकरणले नागरिकमा पहिलाको भन्दा अझ बढी खुशि र आशा पलाएको पाएको उहाँको भनाई छ ।
शिक्षकहरुले आफ्नो व्यावसायिक दक्षतामा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै उहाँले विद्यार्थीको व्यक्तित्व विकासका लागि उसको मनोविज्ञान, सर्वाङ्गीण विकास र परिवारको अवस्था बुझेर ज्ञान दिन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
अहिले विश्वभरिनै नैतिक शिक्षाको खडेरी भएर शिक्षा क्षेत्रमा व्यापार र नाफामा केन्द्रित भएको बेलामा शिक्षकहरु उद्देश्यतिर केन्द्रित हुँदै नैतिकतामा सच्चा र वैज्ञानिक विचारधाराको विकास गर्न सक्नुपर्ने र नागरिकको मन जित्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘पाठ्पुस्तकमा भएको विषय विद्यार्थी आफैले अध्ययन गर्ने भएकाले शिक्षकहरुले नैतिक शिक्षा र मनोवैज्ञानिक ज्ञान दिलाउन सक्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘त्यसको लागि शिक्षकहरुले समयको व्यवस्थापन ठीक ढंगले गर्न सक्नुपर्दछ ।’ बालबालिकाहरु विश्वविद्यालय जस्तै भएकाले केस्राकेस्रा केलाएर अध्ययन गरी नयाँ ज्ञान आर्जन गर्दै अरुलाई प्रदान गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
न्याय र स्वतन्त्रताका लागि हाँसी हाँसी मर्न हिडेका माओवादीले पछिल्लो समयमा वास्तविक पहिचान गुमाउन खोजेको त हैन ? भन्ने अवस्थामा पार्टीलाई पुर्याएको भन्दै पुनःजनताको मन जितेर विचारको विकास गर्न लाग्नुपर्ने आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो । अब पार्टीले अभाव भन्दा पनि असमानताको विरुद्धमा लड्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।


नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला ईञ्चार्ज तेज बहादुर मिजारले संगठनलाई मजबुद बनाउने काममा केन्द्रित हुन शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । प्रथम जिल्ला परिषद्ले अब नयाँ ढंगले शिक्षकहरु अगाडी बढ्ने खालको कार्यदिशा र कार्ययोजना ल्याउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश कमिटीका सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङले राष्ट्रिय उत्पादनमा केन्द्रित हुनको निम्ति र नेपालीको भविश्य नेपालमा नै छ भनेर दिशानिर्देश गर्नका लागि शिक्षकहरुले भूमिका खुल्नुपर्नेमा जोड दिनुभयो । कतिपय शिक्षक, कर्मचारी, नेताहरुले नै देशभित्र भविष्य नदेखेर विदेश पलायन हुने अवस्था रहेको भन्दै अब नयाँ पिँढीहरुले यही भविष्य देख्ने र समृद्धिको बाटोमा उहाँहरुलाई डोर्याउने जिम्मा अहिलेका शिक्षकहरुको काँधमा आएको उहाँले बताउनुभयो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष चेतबहादुर लामाले पालिकास्तरमा त्यहाँका नेतृत्वले शिक्षकहरुमाथि राजनीतिक दृष्टिकोणले हेर्ने र विभेद गर्ने अवस्था भोग्नु परेको भन्दै त्यसबाट मुक्त हुन आवश्यक रहेको बताउनुभयो । जुन पालिकामा जुन पार्टीको नेतृत्व छ, त्यही पार्टीको शिक्षकलाई मात्रै नियुक्ती गरिदिने प्रवृत्ति बढेकाले त्यसखालको अवस्थाले शिक्षामा विकास र गुणस्तरमा बृद्धि गर्न नसक्ने अवस्था सिर्जना हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा संगठनमा आवद्ध भई शिक्षण पेशामा लागेर सेवा निबृत्त हुनुभएका र दीर्घसेवा प्रदान गरिरहनुभएका १०७ जना शिक्षकहरुलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0