Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आसन्न उपनिर्वाचनमा पार्टीले उम्मेदवार दिनेछः पूर्व प्रम नेपाल

प्रभातफेरी अनलाइन ५४० पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र १३, मंगलबार (२ साल अघि)
आसन्न उपनिर्वाचनमा पार्टीले उम्मेदवार दिनेछः पूर्व प्रम नेपाल

बनेपा । नेकपा (एकीकृत समाजवादी) काभ्रेको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको पदाधिकारी र सदस्यहरूलाई केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले सपथग्रहण गराउनु भएको छ ।
बनेपास्थित जिल्ला पार्टी कार्यालयमा आयोजित शपथग्रहण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु र सदस्यहरुलाई विधान अनुसार शपथ खुवाउनुभएको हो । शपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी संगठनलाई बलियो बनाउन जनताको मुद्दामा केन्द्रीत हुन नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्देशन दिनुभयो ।
अध्यक्ष नेपालले तत्काल पार्टी एकता कोहीसँग नहुने भन्दै मजबुद संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।‘ उहाँले पार्टी उपनिर्वाचन भाग लिने बताउँदै अरु दलसँग सहकार्य गरेर वा एक्लै चुनाव लड्ने तयारी रहेको जानकारी दिनुभयो। अरुसँग पार्टी एकता हुँदैछ भनेर गलत हल्ला फिंजाइएको छ । हामी तत्काल कुनै पनि दलसँग एकता गर्ने पक्षमा छैनौँ । जनताको मुद्दामा पार्टीलाई जोड्नुहोस् । सशक्त ढंगले लाग्नुहोस् ।’ माधव नेपालले भन्नुभयो ।
बागमती प्रदेश कमिटीका इन्चार्ज तथा पार्टी उपमहासचिव गंगालाल तुलाधरको अध्यक्षता र बागमती प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुषालले सञ्चालन गर्नु भएको कार्यक्रममा निर्वाचित पदाधिकारी र सदस्यहरूको सपथग्रहणसँगै पहिलो बैठक बसि विभिन्न निर्णय गरेको बताइयो।
यही चैत ३ र ४ गते बनेपामा सम्पन्न १० औँ अधिवेशनबाट ५७ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएका थिए । यसअघि २८४ सदस्यीय जिल्ला कमिटी थियो । अध्यक्षमा बसुन्धरा हुमागाई निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा रघुवर चौ प्रधान र पासाङ ढोल्मु लामाले निर्वाचित हुनुभएको छ । त्यसैगरी सचिवमा गोकुल गौतम निर्विरोध निर्वाचित हुनुभएको थियो । उपसचिवमा हरिगोपाल प्रधानाङ्ग, भेषराज शाही र कृष्ण बहादुर तामाङ निर्वाचित भएको हुनुभएको थियो ।
जिल्ला कमिटी सदस्यमा बनेपा नगरपालिकाबाट राजकृष्ण गिरी, शम्भुप्रसाद न्यौपाने र गीता मगर, धुलिखेल नगरपालिकाबाट टिकाप्रसाद हुमागाई, दयासागर श्रेष्ठ र सञ्जिता लामा, पनौती नगरपालिकाबाट सन्तनु केसी, डाक बहादुर कार्की र गिता अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।
नमोबुद्ध नगरपालिकाबाट राज कुमार तिमल्सेना, जानुका पौड्याल र पञ्च तामाङ, पाँचखाल नगरपालिकाबाट रणबहादुर बोहोरा, पुरुषोत्तम आचार्य र कल्पना श्रेष्ठ, मण्डनदेउपुर नगरपालिकाबाट पवित्रा भट्टाराई, डिल्लीप्रसाद आचार्य र माधवप्रसाद न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ ।
गाउँपालिका तर्फ रोशीबाट निशा लामा र जगत बहादुर तामाङ, बेथानचोकबाट विनु थापा मगर र मिठाई लामा, खानीखोलाबाट सीतादेवी तिमल्सिना र कृष्ण बहादुर दर्लामी मगर, महाभारत गाउँपालिकाबाट निर बहादुर वाईबा र चन्द्रकुमारी लुङ्गेली, तेमालबाट टिकालाल तामाङ र मनिषा तामाङ, भुम्लुबाट कालिका खरेल र मोतिलाल लामा निर्विरोध निर्वाचित हुनुभएको छ । चौंरीदेउराली गाउँपालिकामा भने निर्वाचन भएको थियो । निर्वाचनबाट ९२ मत सहित गोकुल गौतम विजयी हुनुभएको छ । खुल्ला क्षेत्रबाट ईश्वर बञ्जारा, चमारसिं तामाङ, चन्दा लामा र राजन प्रसाद पराजुली विजयी हुनुभएको छ । अल्पसंख्यक तर्फबाट विकास राई र कल्पना भुजेल विजयी हुनुभएको थियो ।
दुई जना दलित सदस्य पदमा मनिष वर्देवा र सम्झना विक जिल्ला कमिटीमा विजयी हुनुभएको छ । अपाङ्गता क्षेत्रबाट लोकेन्द्र कुमार सापकोटा निर्वाचित हुनुभएको छ । युवा सदस्य तर्फबाट विजय लामा (धनबहादुर), सन्तोष चौलागाई, रामेश्वर आचार्य, बुद्धलाल तामाङ, राज कुमार शाह, तुल बहादुर तामाङ, रिना वाईबा तामाङ, राम बहादुर तामाङ, अप्सरा न्यौपाने, कोपिला तामाङ जिल्ला कमिटीमा निर्वाचित हुनुभएको थियो ।
सपथग्रहण कार्यक्रममा उपमहासचिव गंगालाल तुलाधर, बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिव बहादुर देउजा, निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, केन्द्रीय सदस्य विदुर सापकोटा, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज टोक बहादुर वाईबा, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सहइन्चार्ज मुकुन्द गौतम लगायत सहभागि हुनुहुन्थ्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0