बिपशना शाक्य
काठमाडौं । चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् नेपालको आयोजनामा ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४’ आयोजना हुने पत्रकार सम्मेलन मार्फत् शुक्रबार जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार महोत्सवका लागि नेपाल ओभरसिज चाइनिज एसोसिएसन, लुम्बिनीस्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एसोसिएसनको सहआयोजना रहने बताइएको छ ।
शान्ति महोत्सव आगामी चैत्र २३ र २४ (अप्रिल ५ र ६ तारिख) गते हुने लुम्बिनी महोत्सवको अवसरमा लुम्बिनीमा शान्ति म्याराथन, योगा र लुम्बिनी शान्ति कन्सर्ट गरी तीनवटा कार्यक्रम हुनेछन् ।
लुम्बिनीलाई ’विश्व शान्ति र सांस्कृतिक पर्यटन गन्तव्य’ को रूपमा विश्वव्यापी रूपमा प्रवर्द्धन र स्थान दिनका लागि यो कार्यक्रम केन्द्रित रहने प्रेस नोटमा उल्लेख छ । कार्यक्रमले नेपाल र चीनबीचको जनस्तरमा सद्भाव र न्यानो सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।
प्रेस नोटमा दिइएको जानकारी अनुसार दुई दिनसम्म हुने कार्यक्रम विश्व सम्पदा स्थल परिसरमा हुनेछ । चैत्र २४ गते योग दिवस भएकाले योगा गराउने र साँझ ’विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस’ को अवसरमा वार्ता कार्यक्रम आयोजना हुनेछ ।
भोलिपल्ट बिहान लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन लुम्बिनी स्क्वायरमा सुरू भई समापन हुनेछ । म्याराथनमा शीर्ष १० भित्र पर्ने खेलाडीलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । त्यस्तै, हाफ म्याराथनमा शीर्ष तीनमा रहने महिला र विद्यार्थीलाई छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । सर्वसाधारणबाट एक पुरुष र महिलालाई पनि पुरस्कारको व्यवस्था गरेको छ । म्याराथनका लागि कुल १९ लाख १५ हजार रूपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । म्याराथनका लागि विधा छुट्याएको छ । जहाँ म्याराथन, हाफ म्याराथन, ओपन, स्कुललगायत समूह छुट्याइएको छ ।
यस कार्यक्रमले लुम्बिनीको प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने लुम्बिनी क्षेत्र विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले बताए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |