मेरा जीवनका क्षणहरु साहित्यमा खर्च भइरहेका छन् । खर्च भएअनुसार उपलब्धि पनि प्राप्ति भएको छ । प्राप्ति भन्नु नै देश–विदेशमा चिनिन पाएको छु । रचनात्मक र सिर्जनात्मक साहित्यिक, शैक्षिक, सामाजिक कार्यहरुमा समय बिताउन पाउँदा गौरवबोध गर्ने गर्छु । मेरा दिनचर्याहरु साहित्यिक अभियानमा, साहित्यिक सिर्जनामा र साहित्यको नाममा हुने गोष्ठी–सङ्गोष्ठीहरुमा बितिरहेका छन् । ४० वर्ष नाघ्यो जनमत पाक्षिक हुँदै जनमत साहित्यिक मासिकका रुपमा प्रकाशन भइरहेको । हाल नियमित मासिकका रुपमा जनमत प्रकाशित छन् । जनमत मासिकको प्रकाशनमा, लेख–रचना लेखनमा, साहित्यिक कार्यक्रमहरुमा लाग्दा–लाग्दै मेरा समयहरु खर्च भइरहेका हुन्छन् । अनावश्यक कतै समय खर्च गर्दिनँ । आवश्यक ठाउँमा र पुग्नैपर्ने कार्यक्रममा पुगिरहन्छु । समय मिलाएर कुदिरहन पाएको छु । यस आलेखमा २०८० सालको फागुन महिनामा कुन–कुन खालका रचनात्मक र सिर्जनात्मक कार्यहरुमा मेरा दिनहरु बिते, त्यसबारे चर्चा गर्न खोजिरहेछु ।
क्षितिज इङ्गलिश बोर्डिङ्ग स्कुल, बनेपा–६, भक्तेश्वरमार्गमा संचालित छन् । वि.सं. २०६३ देखि संचालित उक्त स्कुलको सल्लाहकार समितिको संयोजक मलाई बनाइएको छ । गोविन्दलाल प्रधानाङ्ग मेरो मनभित्र रहेका मेरा मायालु मित्र भएकै कारणले र उहाँको परिश्रममा सिर्जित स्कुल भएकोले सायद म सल्लाहकार समिितको संयोजक हुन पाएको हुँ जस्तो लाग्छ । आदरमा समेटिएकोले र वर्षको एकपल्ट हुने कार्यक्रममा समय मिलेको खण्डमा पुगिदिएमात्र पुग्ने भएकैले नाईं भनिनँ । संयोजकको धर्ममात्र निभाइरहेको छु । म झापामा छँदा नै मित्र गोविन्दजीले २०८० फागुन २ मा हुने स्कुलको कार्यक्रममा आइदिन अनुरोध गरेको हो । समय निकालेर अर्निको पार्टी प्यालेसमा फागुन २ गते बिहान १०ः३० तिर पुगेँ । प्रमुख अतिथि बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्य आइपुगिसकेका रहेछन् । त्यहीँ नगरप्रमुख रहेको पङ्क्तिमा मलाई पनि लगेर राखे । संचालक समितिका अध्यक्ष विकास श्रेष्ठ, गोविन्दजी र शान्तिरत्नजीसँग ‘नमस्ते’ को आदानप्रदान भयो । विद्यार्थीहरु खचाखच छन्, शिक्षक–शिक्षिकाहरु कार्यक्रममा खटिएका छन् । भव्य देखिंदो छ कार्यक्रम । हुन त सबै स्कुलका कार्यक्रमहरु यसै गरेर संचालन हुन्छन् । विद्यार्थीहरुको नृत्य–गायन, पुरस्कार वितरण, अंग्रेजीमा हुने जबरजस्ती देखिंदा भाषणहरु, मायाको चिन्ह वितरण, प्रमुख अतिथिलगायत विशष्टिका भाषणहरु । यहाँ पनि यस्तै–यस्तै भयो । आफ्नै स्कुल सम्झेर बसिदिएँ । विद्यालय स्मारिका सार्वजनिकरण गरिदियौं । कार्यक्रममा मन्तव्यको अनुरोध भयो । भाषण गर्ने मूड भएन, विद्यार्थीहरुको गनगन चिर्न गा¥हो छ । स्कुलको प्रगतिको कामना गर्दै एउटा कविता ‘घामसँग केको डर’ पढेँ । आजका मेरा जीवनका क्षणहरु क्षितिजका सल्लाहकार समितिका संयोजकको नाताले क्षितिजकै कार्यक्रममा बिताएँ — दिन बितेकै याद भएन ।
फागुन ४ गते शुक्रबार बिहान ८ः०० बजे काभ्रे बहुमुखी क्याम्पसको संचालक समितिको बैठकमा मित्र रामराजा धौभडेलसँग पुग्यौं । वि.सं. २०३७ सालदेखि क्याम्पसको सबै गतिविधिमा सङ्लग्न रही सेवा गर्दै आएको र हालसम्म पनि संचालक समितिको उपाध्यक्ष रहेको र क्याम्पसले मेरो सेवाको आधारमा क्याम्पसको विशिष्ट संरक्षकका रुपमा पदास्थापन गरिराखेको कारणले कतै जानुनपर्दा क्याम्पसको बैठकमा धाउने गर्छु । र आज बैठकमा सामेल भएँ । घरमा पुगेर खाना खाइसकेपछि आजै दिउँसो १ः०० बजे साहित्य सदन नेपालको आयोजनामा हुने साहित्यिक कार्यक्रममा पुग्नैपर्ने आवश्यकता ठानेर बस चढेर काठमाडौंको चाबेल झ¥यौं र एउटा ट्याक्सीबाट साहित्य सदन भवन पुग्यौं । रामप्रसाद ज्ञवाली, देविका तिमल्सिनालगायत थुप्रै मित्रजनहरुसँग हात मिलाइयो । ज्ञानगुनका शेषराज सिवाकोटीसँग हृदयचन्द्रसिंह प्रधानको स्मारिकाको दायाँ–बायाँ उभिएर फोटाहरु खिँच्यौं । २ः०० बजेतिर कार्यक्रम सुरु भयो । कवि प्रल्हाद पोखरेलले उद्घोषण गरी सुरु गरेको उक्त कार्यक्रममा साहित्यकार प्रा.डा. माधवप्रसाद पोखरेललाई रु.२५०००।– नगदसहितको सम्मान र साहित्यसदनका विशेष निर्माता अमीर थापाको अभिनन्दन भएको थियो । हृदयचन्द्र स्मृति प्रतिष्ठानका अध्यक्षको नाताले मैले हृदयचन्द्रसिंह प्रधानबारे जनमतबाट निकट भविष्यमा गर्न लागेको दुईटा सिर्जनात्मक कार्यहरु १) हृदयचन्द्रबाट लेखेको भूमिकाहरुको पुस्तकको प्रकाशनबारे र २) जनमत मासिकको हृदयचन्द्र विशेष अङ्क प्रकाशन हुन लागेको जानकारी दिंदै साहित्यसदनको यात्राको सफलताको कामना गरेँ । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. अभि सुवेदी, अन्य अतिथिहरुमा पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, माधवप्रसाद पोखरेल, अमीर थापा, मित्रलाल पंज्ञानी, रामप्रसाद ज्ञवालीले आ–आफ्नो विचार राखेका थिए । प्रा.डा. हेमनाथ पौडेलको सभापतित्वमा कार्यक्रम संचालित थियो । बनेपा पुग्नुपर्ने भएकोले कार्यक्रमस्थलबाट केहीक्षण अगाडि निस्केँ ।
फागुन ५ गते शनिबार ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षासेवीका रुपमा सम्मान गर्ने भनेकोले बनेपा पार्टी भेन्यूमा मित्र रघुनाथ कर्माचार्यसँग पुग्यौं । साहित्य क्षेत्रमा पाइराखेको सफलता र साहित्यिक क्षेत्रमा मबाट भइराखेको सकृयता र ‘जनमत मासिक’ को नियमित प्रकाशनले गर्दा शिक्षाक्षेत्रमा मबाट भइराखेका कार्यहरु जुन ऐतिहासिक छन् ओझेलमा परेकोजस्तो महसूस हुन्छ । मेरो शैक्षिक योगदानबारे ज्ञानकुञ्जले सम्झाई दियो, त्यस्को लागि ज्ञानकुञ्ज धन्यवादका पात्र छन् । मैले १) काभ्रे बहुमुखी क्याम्पसको स्वीकृति, संचालन, निर्माणदेखि हालसम्म पु¥याइरहेको योगदान पनि ४३ वर्ष नाघिसकेको छ । काभ्रे बहुमुखी क्याम्पस मध्यपूर्वमा नै पहिलोपल्ट स्थापना भएको पुरानो क्याम्पस हो । उक्त क्याम्पसमा हालसम्म सक्रिय छु र भोलिको विशिष्ट संरक्षक पनि हुँ । २) नेपाल राष्ट्रिय शिक्षक संगठनका संस्थापक अध्यक्ष तथा केन्द्रीय सङ्घर्ष समितिका सदस्य र केन्द्रीय प्रतिनिधि भई शिक्षकहरुको हक, हीतका लागि सङ्घर्षरत रहेको पनि ४४ वर्ष नाघ्यो । ३) महेन्द्र मा.वि., सांगामा निमावि प्रअ भएको पनि ४५ वर्ष भयो । उक्त विद्यालयमा मा.वि.स्वीकृति लिई माध्यमिक कक्षा सुरु गरेको, मावि प्रअ भई १२ वर्ष सेवा पु¥याएको र ४) दर्जनौं विद्यालयका शिक्षक भई करिव २७ वर्ष शिक्षणसेवा गरेको आफ्नो लामो शैक्षिक इतिहास बिर्सिपठाउन गा¥हो छ । ज्ञानकुञ्जले यो इतिहास र घटनालाई सम्झाइदियो । उक्त सम्मान कार्यक्रममा मसँगै अन्य सम्मानित शिक्षकहरुमा भोला के.सी., गोविन्दलाल प्रधानाङ्ग, ध्रुवराज कर्णजीत र रघु कर्माचार्यहरु छन् । मन्तव्य राख्न अनुरोध गरेअनुसार मैले पु¥याइएका शिक्षणसेवाका अनेकौं कार्यहरुमध्ये क्याम्पस स्थापना, शिक्षक संगठनबाट भएगरेका आन्दोलन र महेन्द्र मा.वि. स्थापना गरेका कुराहरु राख्दै मैले ‘मेरो बनेपा’ कविता वाचन गरेँ । आजको दिन पनि शिक्षालयमा बित्यो र शिक्षासेवीको प्रमाणपत्र ज्ञानकुञ्जबाट बुझिल्याएँ ।
फागुन ११ गते शुक्रबार ११ः१५ बजेतिर प्रगति प्रभात मा.वि.का एकजना शिक्षकले स्कुटरबाट मलाई कार्यक्रमका लागि लिन आए । उक्त विद्यालयको वार्षिकोत्सवका प्रमुख अतिथिमा निश्चित गर्न त्यस विद्यालयका प्रिन्सिपल चन्द्र ताजपुरियाजी केही दिन अगाडि आउनुभएको थियो; मैले समय दिएकोले डाक्न आउनुभएका शिक्षकसँग विद्यालय प्राङ्गणमा छि¥यौं । विद्यार्थी, शिक्षकहरु र प्रिन्सिपल ताजपुरियाले भावविह्वल हुनेढङ्गले विद्यालय प्राङ्गणमा फूलको बुके हातमा दिंदै माला लगाएर मित्र लगे । मलाई मनपरेर डाकेको र स्कुलका कार्यक्रममा रुचाएर बस्ने भएकैले त्यहाँ पनि सुरुदेखि अन्त्यसम्म बस्यौं । दिक्क लागेन; कार्यक्रमको सेटिङ मिलाइएको छ । विद्यालय संचालक समितिका अध्यक्ष तुयुलक्ष्मी शाक्यसँग परिचय भयो । प्रिन्सिपलले टोपी लगाइदियो । बोल्ने मित्र वक्ताहरुले कसैले बनेपाको तारा भने त कसैले काभ्रेकै ‘सूर्य’ पो भने । मेरो मूल्याङ्कन भइदिएको र मूल्याङ्कन गरिदिएको कारणले मेरो साहित्यिक यात्रामा मैले कहिले पनि मनलाई अमिलो पार्नु परेन । कार्यक्रममा अग्नि ज्ञवाली, मच्छेश्वर सापकोटा र रामहरि न्यौपानेसँग पनि भेट भयो । पूरा समय बसेँ । मैले विद्यालयले गरेको प्रगतिमा खुसी व्यक्त गर्दै यहाँ पनि ‘मेरो बनेपा’ कविता वाचन गरेँ । आजको दिनमा प्रगतिको खुसीसँग रमाएर मित्र लोकगायक मच्छेश्वरसँग भएर घर फर्कियौं ।
फागुन १२ गते शनिबार पनि बिहान ८ः३० बजे काभ्रे बहुमुखी क्याम्पसको वार्षिक सभामा सामेल हुन मित्रहरुसँग क्याम्पसमा पुथ्यौं । ८ः३० बजे कार्यक्रम सुरु भयो । मञ्चको अगाडिको पङ्क्तिमा प्रमुख अतिथिका रुपमा बागमती प्रदेशका सभासद् कञ्चनचन्द्र वादे, नगरप्रमुख शान्तिरत्न शाक्य, पूर्वसांसद शिला कटिला, वडाअध्यक्ष सच्चितानन्द के.सी. र म थियौं । भाषण अचेल कसैले सुन्न रुचाउँदैनन्, अझ नेताहरुको भाषण त झन सुन्न रुचाउँदैनन् तर पनि केही विद्यार्थीहरु मन नपरे पनि भाषण सुन्दैछन् । त्यति कौतुहलता त छैन । धन्यवाद ज्ञापनमा क्याम्पसतर्फबाट मैले बोल्नुपर्ने भयो, विद्यार्थीहरुलगायत सभासद्, नगरप्रमुख, वडाअध्यक्षलगायत सबैलाई धन्यवाद दिंदै ‘फोहरीहरु’ नामक एउटा मुक्तक सुनाई दिएँ । र क्याम्पसमै खाना खाई घर फक्र्यौं ।
फागुन १९ गते शनिबार पनि बिहानैदेखि व्यस्त हुनुप¥यो । बिहान ८ः०० बजे मम फ्याक्ट्री, चारदोबाटोमा जनमत वाङ्मय प्रतिष्ठान नेपालको बैठक डाकेको हुनाले ठीक समयमा भारती र म होटेलमा पुग्यौं । विस्तारै जनमतका मित्रहरु आइपुगे । आजको बैठकमा २२ जनामा १७ जना उपस्थित हुनुभयो । आजैको बैठकले राजु सरकार र सन्तोषभक्त श्रेष्ठलाई थप्ने निर्णय ग¥यो । म र भारती, अनिल श्रेष्ठ, डा. कृष्ण सुवेदी दम्पति, छविरमण सिलवाल, जितेन्द्रराज कायस्थ, दिलसुन्दर श्रेष्ठ, प्रेम श्रेष्ठ, रामसुन्दर देउजा, श्रीकृष्ण वादे, राजेन्द्र श्रेष्ठ, वीरेन्द्र फैजू, सिर्जना दुवाल श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, डा. पुष्करराज भट्ट, हरि खनाल, हरिप्रसाद चौलागाईंलगायतका मित्रहरु उपस्थित भएको देखियो । सबैको परिचय गरायौं । दिलसुन्दर श्रेष्ठलाई दिन बांकी ‘जनमत–राजभाई सहयात्री सम्मान’ को प्रमाणपत्र, दोसल्ला, पदक र रु.५०००।– को खाम दियौं । उहाँको प्रमाणपत्र मैले वाचन ग¥यौं र प्रदान ग¥यौं । सम्मान प्राप्त गरिसकेपछि दिलसुन्दरजीले — “जनमत र मोहन दुवालको गतिविधि नियालिरहेको छु । मोहनजीको प्रभाव देशभर नै व्याप्त छ । ‘वेदना’ प्रकाशनमा पनि मोहनजीको सुरुदेखि पछिसम्म सहयोग छ । जनमतको प्रगतिको कामना गर्दै रु.५०००।– खाम मलाई फिर्ता दिंदै रु.१५०,०००।– अरु सहयोग गर्छु’ भन्नुभयो र जनमतका वरिष्ठ मानार्थ संरक्षक राजभाई प्रधानले पनि रु.५००००।– सहयोग दिने वचन दिनुभयो । १०ः३० सम्ममा कार्यक्रम सकियो, यसै होटेलमा सबैले खाना खायौं । खानापछि सबै आ–आफ्ना गन्तव्यतर्फ लाग्नुभयो । आजै १२ः०० बजे काभ्रे बहुमुखी क्याम्पसमा पुग्नु थियो । जनमत वाङ्मय पुस्तकालय भवन बनाउन जग निर्माण भइसकेको र तत्कालीन मन्त्री गोकुल बाँस्कोटाबाट शिलान्याससमेत भइसकेकोमा वडाअध्यक्षले डोजरबाट पर्खाल भत्काइदिएको कारणले योजना स्थगित भएको र दाता राजभाई प्रधान पनि निष्कृयजस्तै भइसकेकोले राजभाईलाई चित्त बुझाउन र क्याम्पस परिवारसँग कुरा गर्न क्याम्पसमा जाने भयौं । क्याम्पसका साथीहरु र वडाअध्यक्ष सच्चितानन्द के.सी.लाई पनि १२ः०० बजे पुग्न भनेको थिएँ । राजभाईसँग आउनुभएका प्रेम श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ र विनया श्रेष्ठसँग भएर हामी क्याम्पसमा पुग्यौं । गल्ती त्रुटीका कुराहरु भए, आलोचना–प्रत्यालोचना पनि भए । अब विवाद नभएको क्याम्पसको कार्यमा सहयोग गर्ने तत्परता वडाअध्यक्षले देखाउनुभएको कारणले नक्सा बनाउने र सोको जिम्मा क्याम्पसले लियो । नक्सा बनाइसकेपछि निर्माण कार्य सुरु गर्ने कुरा भयो । कुराकानी सिध्याएर हामीहरु घर आयौं । खाजाको व्यवस्था गरिदिए भारतीले, खाजा खानुभयो र मित्रहरु काठमाडौंतर्फ लाग्नुभयो ।
त्यसैबेला मलाई भेट्न सक्रिय साहित्यकार लकाश पौडेल बुढानिलकण्ठका एकजना साहित्यिक मित्र साडुराम खड्कासँग मेरो घर खोज्दै आउनुभयो । लकाशजीले दुईटा आफ्नो महाकाव्य मलाई उपहारस्वरुप दिनुभयो र फोटो खिँच्यौं । जनमत मासिक र वाङ्मय प्रतिष्ठानका मानार्थ र विशिष्ट सदस्यताको दुईटा रसिद काट्यौं रकम रु.२००००।– अस्ति नै बैंकमार्फत् पठाइसक्नुभएको हो । साहित्यिक केही कुराहरु ग¥यौं; एउटा पुस्तक पनि रु.११११।– मा किनिदिनुभयो र उहाँहरु जानुभयो । आज पनि दिनभरजसो सिर्जनाका कुराहरुमा, रचनात्मक समाजसेवाका प्रसङ्गहरुमा र साहित्यिक सम्बन्ध जोड्ने कार्यमा दिन गयो र समय गएको थाहा नै भएन ।
फागुन २८ गते सोमबार १ः०० बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा सुभाष स्मृति प्रतिष्ठान ले साहित्यक्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै मेरो सम्मान गर्ने भनेर चन्द्रबहादुर खड्का (अध्यक्ष)ज्यूले मलाई चिठ्ठी बुझाएर जानुभएको पनि केही दिन भयो । मैले हुन्छ म आउँछु भनेको थिएँ । त्यसैले त्यस ठाउँमा पुग्न लोकगायक मच्छेश्वर सापकोटा र सरस्वती सापकोटालाई रोजेँ । १ः०० बजे गाडी आइपुग्यो । हामी तीनजना कार्यक्रमस्थलतर्फ लाग्यौं । शब्दयात्रा प्रकाशनको सभाकक्षमा केही साथीहरु पुगिसकेका थिए । डा. इन्दुल के.सी., हरि मञ्जुश्री, चन्द्रबहादुर खड्का, केशव थापा, प्रल्हाद के.सी. लगायतका अन्य थुप्रै मित्रहरुसँग हात मिलायौं । कार्यक्रम २ः०० बजेतिर सुरु गरे प्रदीप के.सी. ले । प्रा.डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा र चन्द्रबहादुर खड्काको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा सम्मानित प्रतिभा र संस्थाहरुबारे हरि मञ्जुश्रीले परिचय दिनुभएको थियो । जनमत मासिकको प्रकाशन ४० सौं वर्षदेखि भइरहेको र त्यसको प्रकाशन मात्र होइन मोहन दुवालले काभ्रेको माटोमा जन्मेर आफ्नै जिल्लालाई साहित्यिक कर्मस्थल बनाई नेपालीभाषा र साहित्यको विकास तथा विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरी आफ्नो जिल्लालाई देश विदशमा परिचित गराउनुभएकोमा हार्दिकता व्यक्त गर्दै मोहन दुवालको साहित्यिक यात्राबाट नै आफूले पनि साहित्यिक यात्रा थालेको कुरा सुनाउनु भयो । सम्मानित संस्थामा काभ्रे सेवा समाजका प्रल्हाद के.सी., अल्का हस्पिटलका अध्यक्ष पनि सम्मानित हुनुभएका थिए । गायनमा सक्रियता देखाउँदै आउनुभएकी सरस्वती सापकोटा पनि सम्मानित भएको उक्त कार्यक्रममा मैले पनि हरि मञ्जुश्रीले साहित्यिक जगत्मा सेवा पु¥याउँदै आउनुभएकोमा बधाई दिएँ र देशको अवस्था बिग्रिंदै गएकोमा चिन्ता व्यक्त गर्दै एउटा कविता वाचन गरेँ । ३ः३० तिर कार्यक्रम सम्पन्न भयो । शब्दयात्रा प्रकाशनका हरि मञ्जुश्रीको अनुरोधमा शब्दसाधकहरुको प्रतिमा अगाडि कुलप्रसाद कोइराला, हरि मञ्जुश्रीसँग म आफू पनि उभिएर–बसेर फोटाहरु खिँच्यौं । आजको दिन पनि ‘सुभाष’ को सम्झनामा भएको चन्द्रबहादुर खड्काकै परिश्रमबाट बनेको छहारीमा सम्मान थापेर, शब्दयात्रा प्रकाशनका सिर्जनाका छहारीहरु हेरेर र साहित्यिक मित्रहरुसँग गफ–गाफ गरेर बित्यो । कवि हरिप्रसाद चौलागाईं, मच्छेश्वर सापकोटा र सरस्वती सापकोटासँग भएर मित्र राजाराम महर्जनको गाडीबाट घरतर्फ फक्यौं ।
समयमा हिंड्ने समय दिएअनुसार पुग्ने भएर पनि कुनै–कुनै मित्रहरुको कार्यक्रममा पुग्छु भनेर पनि पुग्न नसकेका दुःखहरु मनभित्र गुम्सिएका छन् । फागनु १९ गते आभ्रपाली ब्याङ्क्वेटमा दिउँसो २ः०० बजे हुने नई प्रकाशनको कार्यक्रममा नरेन्द्रजीलाई आउँछु भनेर पनि जनमत वाङ्मय पुस्तकालयको कुराकानीमा अल्झिनुप¥यो — कार्यक्रममा पुग्न सकिएनँ; दुःख लाग्यो । पाँचथरमा छँदा नै प्रा.डा. रामप्रसाद दाहालजीको आफ्नो नयाँ पुस्तक विमोचन कार्यक्रममा विशिष्ट पाहुना भएर बानेश्वरको एउटा होटेलमा आउन भन्नुभएको थियो ‘हुन्छ’ भनेर समय दिएको थिएँ तर जान सकिनँ । हृदयचन्द्रसिंह प्रतिष्ठानको अध्यक्ष भएको नाताले हृदयचन्द्र स्मृति पुरस्कार प्रा.डा. माधवप्रसाद पोखरेललाई सम्मान दिने कार्यक्रम हुने भएकोले त्यहाँ पुग्नैपर्ने भएकोले पुगेँ । सावित्री श्रेष्ठले चितवन भएर पाल्पा पुग्ने र फर्किंदा लुम्बिनी भएर आउन चैत ७ देखि १० गतेसम्म घुम्ने भन्नुभयो; जनमतको कार्यक्रम चैत १७ गते हुने भएकोले धेरै लेख्नुपर्ने छ र धेरै कार्यहरु गर्नुपर्ने भएकोले आउन नसकिने कुराहरु गर्नुप¥यो — जान नपाएको कस्तो–कस्तो बिस्मात लाग्यो । यसरी फागुनमा बिताइएका रचनात्मक र सिर्जनात्मक क्षणहरु मेरा लागि सुखद् र उपलब्धिमूलक रह्यो । र म यात्रामा सक्रिय रहन पाएकोमा खुसी छु ।
०००
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |