Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

म जिम्मेवार पदमा रहे पनि नरहे पनि काभ्रे कांग्रेसको शिर झुक्न दिनेछैनः सांसद लामा

प्रभातफेरी अनलाइन २५८ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख ४, मंगलबार (१ साल अघि)
म जिम्मेवार पदमा रहे पनि नरहे पनि काभ्रे कांग्रेसको शिर झुक्न दिनेछैनः सांसद लामा

सन्दर्भः नेपाली कांग्रेस काभ्रेको घुम्ती बैठक

कटुञ्जे । नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमितिको नियमित बैठकलाई सम्बोधन गर्ने क्रममा भर्खरै मन्त्रीको जिम्मेवारीबाट हट्न पुगेका जिल्ला सभापति एवं सांसद तिर्थ लामाले मन्त्री पदप्रति इंकित गर्दै आफू जिम्मेवार पदमा रहे पनि नरहे पनि काभ्रे कांग्रेसको शिर झुक्ने काम हुन नदिने खुलासा गर्नुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसार काभ्रेले जिल्लाका १३ वटै स्थानीय तहका जनप्रतिनिधीसँग अन्तरक्रिया गर्ने क्रममा रोशी आइपुगेको कार्यसमितिमा सम्बोधन गर्दै सांसद लामाले यस किसिमको घुम्ती बैठकले स्थानीयस्तरमा कांग्रेसप्रति सकारात्मक सन्देश प्रवाह हुने ठोकुवा गर्नुभएको छ ।
नियमित बैठकअन्तर्गत रोशी पालिका पुगेको जिल्ला कार्यसमितिको घुम्ती (मोबाइल) बैठकले स्थानीयस्तरमा भए गरेका विकास निर्माण लगायत जननिर्वाचित प्रतिनिधिहरुको गतिविधिलाई समेत नजिकबाट नियाल्न सकिने साधनका रुपमा यस किसिमका बैठकलाई लिएको सांसद लामाको दाबी छ । जनप्रतिनिधीसँग विकास निर्माण, सेवा प्रवाह, सम्भावना, चुनौती र पार्टीसंगको अन्तरसम्बन्ध लगायतका बिषयमा अन्तरक्रिया थालेको हो । बैठकले प्रत्येक स्थानीय तहमा त्यहाँको वस्तुस्थिती, पार्टी सदस्यको मनस्थिती, सांगठनिक अवस्थाका बारेमा समिक्षा, रणनीति निर्माण हुनेछ । सबै स्थानीय तहमा पुगेर स्थानीय सरकार सञ्चालनको लागि सल्लाह, सुझाव समेत संकलन गर्ने कांग्रेसले जनाएको छ ।


रोशी गाउँपालिकाका जनप्रतिनिधी र पार्टीका नेता–कार्यकर्ताविच अन्तरक्रिया भएको हो । अन्तरक्रियामा सहभागी पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताले कृषकलाई रसायनिक मल अभाव भएको, योजनाको भुक्तानी हुन नसकेको, रोशी ८ मा अपायक स्थानमा वडा कार्यालय बनेको, अन्तरघातका कारण धेरै वडामा पराजित भएको लगायतका गुनासो राखिएको थियो । स्थानीयले पर्यटकीय गन्तव्यको प्रचार प्रसारका साथै रोशी खोलाको संरक्षण हुनुपर्ने धारणा राख्दै सांसद लामाले आफू बाग्मती प्रदेशको मन्त्री हुँदा रोशीमा धेरै बजेट विनियोजन गरेको भन्दै ती योजनाहरुको निरन्तरताको कामना समेत गर्नुभएको थियो । आफू कर्ममा विश्वास गर्ने भन्दै सांसद लामाले बाग्मती प्रदेश सरकारबाट मात्रै १ अर्व ६४ करोड बराबरका योजना रोशी पालिकाको लागि स्वीकृती गराएको बैठकमा जानकारी गराउनुभएको थियो ।
घुम्ती बैठकमा नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति समेत रहेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जिल्लामा कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङमार्फत उपलव्ध रासायनिक मल अपर्याप्त भएकोले थप्नको लागि पटक पटक पहल गरेको जानकारी दिँदै संघीय समानिकरणको बजेट उपलव्ध नभएकै कारण योजनाको भूक्तानी गर्न नसकिने बताए । वडाका वासिन्दाको लागि वडा कार्यालय अपायक भए आवश्यकताका आधारमा सम्पर्क कार्यालय सञ्चालन गर्न सकिने बताउँदै प्रदुषण नहुने गरी धुलो व्यवस्थापन गर्ने गरी क्रसर व्यवसायीसंग सहमति भएको पनि अध्यक्ष लामाले बैठक जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस बाग्मती प्रदेश कार्यसमितिका सदस्य विक्रम लामा, नेपाली कांग्रेस काभ्रेका उपसभापति ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद हुमागाई, सचिव गुणराज मोक्तान, माधव ढकाल, सहसचिव रविन्द्र सिग्देल, कोषाध्यक्ष जगन्नाथ गिरी, प्रवक्ता सन्तमान तामाङ, नेपाल तामाङ संघ काभ्रेका अध्यक्ष रिमबहादुर तामाङ लगायतले बैठकको सकारात्मक पक्षका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0