Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विवादरहित योजना सम्पन्न गर्न समन्वय समिति र स्थानीय सरकार कटिबद्ध छन्ः गौतम

प्रभातफेरी अनलाइन ३३८ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख १८, मंगलबार (१ साल अघि)
विवादरहित योजना सम्पन्न गर्न समन्वय समिति र स्थानीय सरकार कटिबद्ध छन्ः गौतम

बनेपा । स्थानीयले मुद्दा हालेपछि साँगा धुलिखेल सडक खण्ड अन्तर्गत बुडोलको कल्भर्टको विषयमा करिब डेढ महिनादेखि निर्माण कार्य रोकिएकोमा जिल्ला समन्वय समिति र बनेपा नगरपालिकाको समन्वयमा विवादरहित योजना सम्पन्न गर्न लागिपरेको जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले बताउनुभएको छ ।
स्थानीयवासीले सम्मानित अदालतमा दायर गरेको मुद्धाको कारण अवरुद्ध सडक निर्माण कार्यलाई सुचारु गर्नका लागि भएको छलफलमा जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख रिमबहादुर तामाङको अध्यक्षतामा सरोकारवालाहरु बीच बसेको बैठकले तीन बुँदे निर्णय गरेपछि रोकिएको कल्भर्ट निर्माणको कार्य अगाडि बढेको छ ।
बैठकले गरेको निर्णयअनुसार अरनिको राजमार्ग स्तरोन्नतिका क्रममा उक्त राजमार्गको साँगा धुलिखेल सडक खण्ड अन्तर्गत बनेपा नगरपालिका वडा नं. ६, बुडोल चोकस्थित चेनेज १२ +९६० मा भएको कलभर्टका सम्बन्धमा स्थानीय राधेश्याम के.सी. समेतले सम्मानित उच्च अदालत पाटनमा दर्ता गरेको रिट नं. ०८०–ध्इ–१५८६ को रिट निवेदनका कारण सडक निर्माण कार्यमा भईरहेको विलम्बका सम्बन्धमा छलफल गर्दा देहाय बमोजिम गर्ने निर्णय गरिएको छ ।
सहमति भएका निर्णय निम्नानुसार रहेका छन् ः
क) प्रस्तुत विषयमा मिति २०८१÷१÷२ मा सरोकारवालाहरु समेतको उपस्थितिमा भएको छलफल बैठकको निर्णय नं. १ बमोजिम तयार भएको नक्सा अनुसार अरनिको राजमार्गको साँगा धुलिखेल सडक खण्डको बनेपा नगरपालिका वडा नं. ६, बुडोल चोक स्थित चेनेज १२ +९६० मा भएको कल्भर्टको तल्लो भागमा ऋबतअज एष्त बनाई कल्भर्टबाट आएको पानी ह्युमपाईप राखी चण्डेश्वरी खोलातर्फ पठाउने र पहिलेदेखि कायम भए अनुसार ६०० मि.मि. को पाइप आवश्यकता अनुसार खोल्न र बन्द गर्न मिल्ने गरी सिंचाई खानेपानी प्रयोजनका लागि संरचना निर्माण गर्ने ।
ख) बुँदा नं (क) बमोजिम कल्भर्टको तल्लो भागमा नक्सा बमोजिम ऋबतअज एष्त बनाउँदा सडक सिमाना भन्दा बाहिर जानुपर्ने भई थप जग्गा आवश्यक परेमा सम्बन्धित जग्गाधनीले सो बमोजिमको संरचना निर्माण गर्न जग्गा उपयोग गराउन सहमति प्रदान गर्ने ।
ग) बुँदा नं. (क) र (ख) मा उल्लेखित विषय पूर्ण रुपमा कार्यान्वयन गर्न गराउन सम्मानित उच्च अदालत पाटनमा दर्ता गरेको रिट नं. ०८०–ध्इ–१५८६ को रिट निवेदन सम्बन्धित पक्षले कानून बमोजिम फिर्ता लिने निर्णय गरियो ।
अघिल्लो बैठकले हाल निर्माधिन कल्भर्टको पानीलाई ब्यक्तिगत जग्गा मार्फत निकास नगराई सडक सिमाभित्र छुट्टै ड्रेन मार्फत चण्डेश्वरी खोलामा निकासी गराउने गरी प्राविधिक विश्लेषण सहितको विकल्पमा सहमतिमा जाने निर्णय गरेको थियो ।
बनेपा नगरपालिका –६ का वडाध्यक्ष सचितानन्द के.सी. ले यो निर्णयमा आफ्नो सहमति रहेको बताउँदै यसअघि पटक पटक भएको छलफलमा स्थानीयले पर्याप्त चासो नदिँदा र बुझ्न नखोज्दा समस्या आएको कुरामा जोड दिनुभएको थियो । अहिले जे कुरामा सहमति भयो यो पहिला नै उल्लेख भएको र स्थानीयसँग पटक पटक छलफल गर्ने क्रममा सहमति समेत भएकोमा के कति कारणले असमझदारी बन्न पुग्यो र अदालत पुग्न बाध्य भयो आफुले बुझ्न नसकेको वडाध्यक्ष के.सी.को गुनासो थियो ।
यसअघि मुद्दा हाल्ने पक्षले जिसस प्रमुख गौतमलाई २०८० साल चैत २९ गते बुडोलमै बोलाएर सहजीकरण गरिदिन अनुरोध गरेका थिए । निर्माण पक्षले आफुहरुको कुरा नसुनेर जबरजस्ती कल्भर्ट निर्माण थालेपछि अदालतमा जानु परेको स्थानीय मुद्धा दायर गर्ने वादीहरुको धारणा थियो । हाम्रो योजना अलपत्र पार्ने भावना होइन, बाध्यात्मक अवस्था आएको कारणले मुद्धा हाल्न पुग्यौं, यो हाम्रो बाध्यता थियो । मुद्दा हाल्नेहरु मध्येका राधेश्याम के.सी.ले पेशी अगावै आफुहरुको माग सम्बोधन भएकोले मुद्दा फिर्ता लिने बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0