Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नर्सिङ सेवालाई मर्यादित बनाउन नगद सहयोग प्रदान गर्दै कायस्थ

प्रभातफेरी अनलाइन ४४५ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख १८, मंगलबार (१ साल अघि)
नर्सिङ सेवालाई मर्यादित बनाउन नगद सहयोग प्रदान गर्दै कायस्थ

बनेपा । आमाको सप्त वार्षिक पुण्यतिथिको अवसरमा नर्सिङ सेवालाई मर्यादित बनाउन सामाजिक अभियान्ता अनिला कायस्थले नगद सहयोग गर्नुभएको छ । कायस्थले आफ्नी आमा स्व. चन्द्रदेवी कायस्थको सम्झनामा मे १२ का दिनलाई उर्जाशील रुपमा स्थापित होस् भन्ने कामना सहित नर्सिङ पेशाप्रतिको इमान्दारिता र लगनशीलतालाई मर्यादित ढंगबाट आत्मसात गर्नका लागि नगद ६० हजार ५ रुपैयाँ सहयोग गर्नुभएको छ ।
प्रत्येक वर्ष मे १२ तारिखलाई नर्स दिवसको रुपमा मनाइन्छ । आधुनिक नर्सिङ सेवाका अभियन्ता फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर नर्सिङ दिवस मनाउन थालिएको हो । विश्व नर्सेस काउन्सिलले सन १९६३ देखि विश्वका धेरै देशमा यो दिवस मनाउन थालेको हो । नेपालमा नर्सिङ दिवस दुईपटक मनाइन्छ । एकपटक प्रत्येक वर्षको माघ १५ गते र अर्काे मे १२ मा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ । नर्सिङ पेसाको विश्व इतिहासमा सन १८५४ को बेलायत र रुसबीच युद्ध हँुदा इटालीमा जन्मेकी फ्लोरेन्स नाइटिङ्गेलले टर्कीको मिलिटरी हस्पिटलमा उपचारमा रहेका घाइते सिपाहीहरुको सेवाबाट पहिलो नर्सको औपचारिक रुपमा जन्म भएको इतिहास छ ।
हाम्रो समाजमा कुनै बेला नर्स भन्ने बित्तिक्कै बिरामीको स्याहारसुसार गर्ने मानिस हो भन्ने धारणा थियो । तर हिजोआज हामीमा धेरै कुराको शिक्षा र चेतना बढेको छ । जसले गर्दा स्वास्थ्यको क्षेत्र र बुझाइमा धेरै नै फराकिलो हँुदै गएको छ । मानिस स्वस्थ्य रहनलाई शारीरिक रुपमा मात्र स्वस्थ्य भएर हुन्न मानसिक रुपमा पनि स्वस्थ रहनु पर्दछ भन्ने कुराको विकास भएको छ । चार दशक अगाडिसम्म नर्सिङ पेशालाई समाजले हेर्ने दृष्टि नै फरक थियो । तर आजभोलि यो पेशा सम्मानित भएको छ । जसले गर्दा आजभोलि नर्सिङ धेरैको लागि आकर्षणको पेशा बनेको छ ।उक्त नगद हस्तान्तरण कार्यक्रममा सामाजिक अभियान्ता कायस्थले मैले नर्सिङ पेशालाई मर्यादित र सम्मानित रुपमा समाजले ग्रहण गर्ने प्रेरणा लिओस् भन्नाका खातिर सेवामा समर्पित उत्कृष्ट नर्सहरुको सम्मानका लागि यो सानो रकम समर्पण गरेको छु । यसबाट पक्कै पनि यस पेशाप्रति आबद्ध नर्सहरुलाई सानो सहयोग पुग्ने विश्वास मैले लिएको छु । मेरी आमा, मेरा पिता र सासु ससुराको पुण्यतिथिका अवसरमा विगतमा पनि विभिन्न मानवीय संस्थाहरुमा पुगेर यस्तै किसिमका सहयोग प्रदान गर्दै आइरहेकोमा यो पटक मानवीय संस्थाको पनि उच्च स्थानमा रहेको स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुप्रति समर्पित गर्न पाउनु मेरा लागि सौभाग्य भएको बताउनुभएको छ ।


नगद ग्रहण गर्दै शीर मेमोरियल एडभेन्टिज अस्पतालका सिईओ डा. हेक्टर गाएरसले यस किसिमको मानवीय सेवाले अस्पतालमा कार्यरत नर्सहरुको सेवाप्रति लगनशीलता बढ्नुका साथै पेशाको सम्मान हुनेमा अस्पताल आशावादी रहेको बताउनुभएको छ ।
सो हस्तान्तरण कार्यक्रममा नर्सिङ डाइरेक्टर उमा थापाले समाजले नर्सिङ पेशालाई पछिल्लो समय स्वीकार गरेको बलियो प्रमाणका रुपमा यो सहयोगलाई लिन सकिन्छ । यस किसिमको सहयोगबाट पेशाप्रति हामी नर्सहरु अर्झ कटिबद्ध, दायित्व बहन, जिम्मेवार र कर्तव्यनिष्ट भएर समर्पित हुने प्रेरणा मिलेको बताउनुभएको छ ।
उक्त नगद हस्तान्तरण कार्यक्रममा अनिला कायस्थको परिवारका सदस्यहरु र सञ्चारकर्मीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0