Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनरमा मनकृष्ण श्रेष्ठको उम्मेदवारी

प्रभातफेरी अनलाइन ६४३ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख १८, मंगलबार (१ साल अघि)
सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनरमा मनकृष्ण श्रेष्ठको उम्मेदवारी

काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एल’ को लायन वर्ष २०२४–२५ का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा दोलखाका समाजसेवी एवं व्यवसायी मन कृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यहि बैशाख २२ गते पोखरामा आयोजना हुने डिष्ट्रिक्ट ३२५ ‘एल’ को दोस्रो महाधिवेशनबाट उहाँ निर्वाचित हुनुहुनेछ ।
श्रेष्ठलाई उहाँको मातृ क्लब लायन्स क्लब अफ काठमाडौं गौरीशंकरले उम्मेदवारमा चयन गरेको हो । डिष्ट्रिक्ट गर्भनर नोमिनेसन कमिटीका अध्यक्ष एवं लायन्सका पूर्व डिष्ट्रिक्ट गभर्नर गौतममान श्रेष्ठलाई विधिवत् रुपमा उहाँले उम्मेदवारी दरखास्त हस्तान्तरण गरेका हुन् ।
भीमेश्वर–३, दोलखाका स्थायी बासिन्दा श्रेष्ठ लायन्स अभियानमा एक दशकदेखि विभिन्न पदमा क्रियाशील रहँदै आएका हुन् । लायन्स इन्टरनेसनलको विधी र बिधान अनुसार श्रेष्ठले लायन्स क्लब अफ काठमाडौं गौरीशंकरमा क्लब प्रेसिडेन्ट र साविकको डिष्ट्रिक्ट ३२५ ‘बी वन’ मा जोन चेयरपर्सन, डिपार्टमेन्ट अफिसर, पिआरओ र क्लष्टर चीफको रुपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
साविकको डिष्ट्रिक्ट ३२५ ‘बी वन’ बाट ‘रिडिष्ट्रिक्टिङ’ पछिको डिष्ट्रिक्ट ३२५ ‘एल’ मा पि. आर. ओ. इन चीफ र डिपार्टमेन्ट चीफका रुपमा तोकिएको जिम्मेवारीहरु सफलतापूवर्क सम्पन्न गरेका श्रेष्ठसँग लायन्स र सामाजिक दायित्वको बारेमा महत्वपूर्ण ज्ञानका ज्ञाता मानिनुहुन्छ ।
लायन्स इन्टरनेसनलबाट विभिन्न पदकहरु, अन्तर्राष्ट्रियस्तरका तालिमहरुमा सहभागिता र वर्ष लायन सदस्यका रुपमा धेरै पटक पुरस्कृत हुनुभएका उहाँलाई लायन्सका सदस्यहरु क्लबलाई माया गर्ने र डिष्ट्रिक्टलाई उत्कृष्ट बनाउन अहोरात्र खट्ने कुशल लिडरका रुपमा चित्रण गर्छन् ।
मानवीय सेवा, सामुदायिक तथा सामाजिक सेवामा अभिरुची भएका श्रेष्ठ ई–कमर्शको क्षेत्रमा समेत दख्खल राख्छन् । ग्रीन बिजिनेस हाउस प्रा. लि, ग्रीन टेक्नोलोजी प्रा. लि र सुप्र आईटी प्रालिका प्रबन्ध निर्देशक समेत रहेका श्रेष्ठ सुकुटेमा रहेको ह्वाइट लीफ रिसोर्ट र इष्टकोष्ट होलिडे होटल प्रा. लिका निर्देशक रहेका छन् ।
यस्तै, सिन्धु विकास बैंक लि, ग्लोबल टेलिभिजन, ओमेगा इनर्जी डेभेलपमेन्ट प्रालि र हाम्रो संगोल बिजिनेस प्रालिका प्रबद्र्धक रहेका छन् ।
उम्मेदवारी दर्तासँगै श्रेष्ठले आफ्नो डिष्ट्रिक्टलाई नेपालमा रहेका १५ वटा डिष्ट्रिक्टमध्ये उत्कृष्ट बनाउने उद्घोष गरेका छन् भने क्लबहरुले गरेका मानवीय, सामुदायिक तथा सामाजिक कार्यहरुलाई आम जनसमुदायसम्म पुर्याउन र स्थानीय आवश्यकता अनुसारका कामहरु गर्दै जाने उहाँको भनाई थियो ।
डिष्ट्रिक्ट ३२५ ‘एल’ का पूर्व डिष्ट्रिक्ट गभर्नर मणिश्री रत्न बज्राचार्य, फस्र्ट डिष्ट्रिक्ट भाइस गर्भनर सुमन भट्टलगायत लायन लिडरहरुले विजयका निम्ति श्रेष्ठलाई शुभकामना दिएका थिए ।
नेपालमा लायन्स इन्टरनेसनलका ४ वटा डिष्ट्रिक्ट रहेकोमा दुई वर्ष अघि ‘रिडिष्ट्रिक्टिङ’ पछिको डिष्ट्रिक्ट ३२५ अन्तर्गत १५ वटा डिष्ट्रिक्टहरु रहेका छन् । यस्तै, यी सबै डिष्ट्रिक्टहरु समावेश भएको एउटा मल्टिपल डिष्ट्रिक्ट समेत नेपालमै रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0