Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ज्ञानकुञ्जको चौथो रोडरेस सम्पन्न

प्रभातफेरी अनलाइन ७०७ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ ३, आईतबार (१ साल अघि)
ज्ञानकुञ्जको चौथो रोडरेस सम्पन्न

काभ्रे । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको चौथो रोडरेस कार्यक्रम असार १ गते शनिवार सम्पन्न भएको छ । पहिलो चरणमा बनेपाको तीनदोबाटोमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्घाटन गरी छात्राहरुको रोडरेस सुरु भएको थियो । सो रेस बनेपा तिनदोबाटोबाट सुरु भई चण्डेश्वरी मन्दिर परिक्रममा गरी प्रतिष्ठानमा आएर अन्त्य भएको थियो । दोस्रो चरणको कार्यक्रम पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीद्धारा छात्रहरुको रोडरेस उद्घाटन गरी पनौती बसपार्कबाट सुरु भई प्रतिष्ठानसम्म भएको थियो ।


तेस्रो चरणको कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा भएको थियो । प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख बसुन्धरा खड्काले गर्नुभएको थियो ।
रोडरेस कार्यक्रममा बिजेश्वरी ज्ञान मन्दिर सैनिक मा.वि. बाट छात्रा आईस्मा आचार्य र छात्र तर्फ काभ्रे मा.वि. बाट आसिक थापा प्रथम, कलंकी मोडल नैकापबाट अनुज महत छात्र र पद्मकन्या मा.वि. कलंकीबाट अमृता बलामी द्धितीय र श्रीकृष्ण मा.वि. भक्तपुरबाट नवराज मैनाली छात्र र जेसिस मा.वि. भक्तपुरबाट क्याथ्रिन बासुकला तेस्रो भएका थिए ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार तथा मेडल, प्रमाणपत्र दोस्रो २० हजार र मेडल, प्रमाणपत्र र तेस्रोलाई १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सो कार्यक्रमको सभापतित्व ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप वैद्यले गर्नु भएको थियो । सहभागीलाई धन्यवाद ज्ञापन प्रतिष्ठानका सहायक क्याम्पस प्रमुख नवराज चौलागाईले गर्नु भएको थियो ।
समापन कार्यक्रममा राष्ट्रिय महिला भलिबल खेलाडी सरस्वती चौधरी, विद्यालय संचालक आत्माराम थापा, विद्यालयका सहायक प्रिन्सिपल रत्नराज खतिवडा, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदी, जिल्ला ट्राफिक कार्यालयका प्रमुख बिकास तामाङ, ए.पि.एफका खेल संयोजक बिजय कुमार के.सी. तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
एस.ई.ई दिएर बसेका विद्यार्थीलाई सही मार्गमा हिडाउन र खेलकुद मार्फत् अनुशासन कायम राख्न सो प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रममा २०० सय जना भन्दा बढी विद्यार्थीहरुले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । काभ्रेबाट मात्रै नभएर काठमाण्डौ,भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक तथा सुदुरपश्चिमका विद्यार्थीहरूले समेत प्रतियोगितामा सहभागिता जनाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0