Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वार्षिक योजना सफल बनाउनका लागि पूर्व तयारी अति आवश्यक छः क्लष्टर चिफ लायन केसी

प्रभातफेरी अनलाइन ५६० पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ १९, मंगलबार (१ साल अघि)
वार्षिक योजना सफल बनाउनका लागि पूर्व तयारी अति आवश्यक छः क्लष्टर चिफ लायन केसी

बनेपा । लायनवादका बारेमा समाजको सिंगो आँखा विगतदेखि पर्दै आएको हुँदा लायन वर्ष २०२४/२५ लाई सफल पार्नका लागि वार्षिक योजना तयार गर्नु प्रिएडभाइजरी मिटिङको अर्थ रहने क्लष्टर चिफ लायन संगीता थापा केसीले बताउनुभएको छ ।
प्रिएडभाजरी मिटिङलाई आइतबार सम्बोधन गर्न काभ्रेको बनेपा आइपुग्नुभएका क्लष्टर चिफ केसीले लायनवादलाई भुईं मान्छेसम्म पु¥याउनु र यसको महत्व दर्शाउन सक्यौं भने लायन्सवादको महिमा अझ माथि उठ्नेछ । समाज परिवर्तनको महत्वपूर्ण पक्ष बोकेको सामाजिक संस्थाका रुपमा जसरी आज परिचित छ, त्यसैगरी यसको दायरालाई पनि फराकिलो बनाउनु प्रत्येक लायन सदस्यहरुको कर्तव्य हुन्छ । यो वर्ष गर्भनरले जुन उद्देश्य लिनुभएको छ, त्यो उद्देश्य परिपूर्तिका लागि दूतका रुपमा मेरो उपस्थिति रहेको छ । प्रत्येक क्लबका समस्यादेखि समाधानसम्म डिजी टिममा पु¥याउने दायित्व बहन गर्नेछु, जुन अवसर मैले मेरो जन्मथलोमा पाएको छु । यो पक्षलाई अगाडि बढाउन यहाँका क्लबहरुको महत्वपूर्ण भूमिका रहने अपेक्षा आफूले राखेको क्लष्टर चिफ लायन केसीले सम्बोधनका क्रममा व्यक्त गर्नुभएको छ ।
सम्बोधनकै क्रममा क्लष्टर चिफ लायन केसीले स्वास्थ्यसम्बन्धी चेतना अन्तर्गत क्यान्सर, मधुमेह, प्रोल्याप्स प्रिभेन्सन लगायतका पक्षमा साझा अभियान लिएर भुइँमान्छेसम्म पुग्न जरुरी छ । त्यसका लागि मुठिदानदेखि आफ्नो गक्षअनुसारका सहयोगहरुको अपेक्षा राख्नु नौलो होइन । हामीले लायनवादका बारेमा समाज र सदस्यबिचमा लग्ने विषयवस्तुका बारेमा संवेदनशीलता अपनाउनु जरुरी छ । आशा छ, यो वर्ष गर्भनरज्यूले लिनुभएको उद्देश्य नै प्रविधिमैत्री छ । हुन त तपाईं हामी सबै पछिल्लो प्रविधिसँग साक्षात्कार छौं तर पनि कति विषयवस्तुहरुमा पूर्णता छैन । त्यसका लागि विभिन्न किसिमका क्याम्पहरु सञ्चालन गरेर आफूलाई दक्ष बनाउनका लागि योजना अगाडि सार्न जरुरी छ । आशा छ, यो वर्ष स्थायी सदस्य बनेका क्लबहरु थपिनेछन्, त्यो सकिएन भने जिम्मेवार बहन गर्ने सदस्यहरु थप्नेछौं । जसले जिम्मेवार क्लबको रुपमा आफूलाई स्थापित गर्नेछ । जसको मूल्यांकन डिष्ट्रिकले विधिको आधारमा गर्नेछ । त्यसैले स्कूलिङ कार्यक्रममा आ–आफूले प्रतिबद्धता व्यक्त गरेका कार्यक्रमहरुलाई अक्षरसतः पालना गर्नुहुनेछ भन्ने अपेक्षा आफूले लिएको उद्घोष गर्दै प्रतिबद्धता कायम गर्न सक्यौं भने पनि समाज रुपान्तरणको सवालमा लायनवादको महत्वपूर्ण योगदान पुग्ने क्लष्टर चिफ लायन केसीले व्यक्त गर्नुभएको छ ।
प्रिएडभाइजरी मिटिङमा ग्लोबल कजेज् चियर पर्सन (भिजन) लायन प्रल्हाद शर्मा हुमागाईं, जोन ४५ अन्तर्गतका चार वटा क्लबमध्ये तीन वटा क्लबका प्रतिनिधिहरुले आफ्नो वार्षिक कार्यक्रमसम्बन्धी बैठकमा रिपोर्टिङ्ग गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तथा अध्यक्षता जोन लायन रामप्रसाद ढकालले गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0